• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्ता गठबन्धनले तीन जिल्लामा गर्‍यो तालमेलको घोषणा, यस्तो छ गत निर्वाचनको अंकगणित

64x64
नेपाल लाइभ सोमबार, चैत ७, २०७८  २१:०५
1140x725

काठमाडौं- सत्ता गठबन्धन दलका शीर्ष नेताहरु चुनावी तालमेलका विषयमा निर्णय गर्न नसकिरहेका बेला जिल्लास्तरमा भने सहमति जुट्न थालेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमानेकपा (एमाले) बलियो भएका दुई र कांग्रेस बलियो भएको एक जिल्लागरी तीनमा तालमेल गरेर चुनाव लड्ने घोषणा गरिएको छ। 

यसअघि कास्की र अर्घाखाँचीमा मिलेर चुनाव लड्ने घोषणा गरेका सत्ता गठबन्धनका दलले सोमबार धनकुटामा सहकार्य गर्ने घोषणा गरेका छन्। धनकुटामा चुनावी सहकार्यकको घोषणा गर्दै चार दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उच्च राजनीतिक संस्कारसहित चुनावी सहकार्यमार्फत् सामूहिक मर्म, भावना र उदेश्यहरुलाई पूरा गर्न जसरी राष्ट्रिय र प्रदेशस्तरमा गठबन्धन अगाडि बढेको छ, सोही भावनालाई हृदयंगम् गरी स्थानीय तहहरुमा समेत आवश्यकताका आधारमा हामी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै हाम्रा सांगठानिक संरचनाहरुलाई समेत स्थानीयस्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र भावना अनुसार चुनावी अभियानमा लाग्न निर्देशन गर्दछौं।'

धनकुटा- एमाले गढ ढाल्न गठबन्धन 
गएको स्थानीय तहको निर्वाचनमा धनकुटामा एमालेले 'क्‍लिनस्विप' गरेको थियो। सदरमुकामस्थित धनकुटा नगरपालिकामा एमालेका चिन्तन तामाङ मेयरमा निर्वाचित भए भने उपमेयरमा सकुन्तला बस्नेत निर्वाचित भएकी थिइन्। 

यता, पाख्रिबास नगरपालिकामा एमालेकै वृषबहादुर राई निर्वाचित भए भने उपमेयरमा देवकला पौडेल तिमिल्सिना निर्वाचित भइन्। महालक्ष्मी नगरपालिकाको मेयर एमालेका पर्शुराम नेपाल र उपमेयरमा एमालेकै मञ्जु अधिकारी निर्वाचित भइन्।  

चार गाउँपालिकामा खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकाको अध्यक्षमा एमालेका मनोज राई, उपाध्यक्षमा एमालेकै रत्नश्वरी राई निर्वाचित भइन्। चौविसे गाँउपालिकामा एमालेका खजिन्द्र राई र उपाध्यक्षमा एमालेकै यज्ञकुमारी रुचाल गजमेर, छ थर जोरपाटी गाउँपालिकामा एमालेका शेरबहादुर लिम्बु र उपाध्यक्षमा एमालेकै भीमकला श्रेष्ठ र सागुरीगढीमा एमालेकै कुमारजंग याखा अध्यक्ष र  उपाध्यक्षमा पनि एमालेकै विन्द्रा राई निर्वाचित भइन्। 

नेपाली कांग्रेस भने सातवटा स्थानीय तहमा जम्मा ८ वडामा सीमित भएको थियो। १० वटा वडा रहेको धनकुटा नगरपालिकाका २ वटा वडामा मात्र कांग्रेसले जित्यो। संघीय समाजवादी फोरम र नयाँ शक्तिले भने एक/एक वडामा जितेका थिए।

गएको निर्वाचनमा भन्दा यसपल्ट धनकुटामा कांग्रेस बलियो बनेको छ। लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति गर्दै आएका सूर्यबहादुर थापाका छोरा सुनिल थापा कांग्रेसमा आएका छन्। राप्रपाको बलियो प्रभाव भएका कारण यसपल्ट त्यसको लाभ गठबन्धनलाई हुने अनुमान गरिएको छ। एमालेको गढमा धावा बोल्न चार पार्टीले गठबन्धन गरेका हुन्। 

कास्कीमा गठबन्धन गर्नैपर्ने बाध्यता
कास्कीको पाँचवटा स्थानीय तह मध्ये ४ वटामा एमालेले जितेको थियो। एक महानगर र तीन गाउँपालिका एमालेले जितेको थियो भने एउटामा कांग्रेसले जित हात पारेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

कास्कीको रुपा, माछापुच्छ्रे र मादी गाउँपालिकामा एमाले विजयी भएको थियो भने अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कास्कीको मादी गाउँपालिकाको प्रमुखमा एमाले उम्मेदवार बेदबहादुर गुरुङ र उपप्रमुखमा बिष्णुमाया आचार्य विजयी भएका थिए। गुरुङले ४ हजार ७ सय ८५ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका देवीजंग गुरुङले ३ हजार ७ सय ८७ मत ल्याएका थिए। 

माछापुच्छ्रे गाउँपालिकाको प्रमुखमा कर्णबहादुर गुरुङ ५ हजार ६०७ मतसहित निर्वाचित हुँदा प्रतिद्धन्दी नेपाली कांग्रेसका खुसीमान गुरुङले ४६ सय १ मत प्राप्त गरेका थिए। सो गाउँपालिकाको उपप्रमुखमा एमाले उम्मेदवार कृष्णकुमारी पौडेल ४ हजार ६०१ मतसहित निर्वाचित भइन्। 

रुपा गाउँपालिकामा नवराज ओझा ४२ सय १२ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका प्रकाश मोहन खनालले २५ सय ७५ मत मात्रै प्राप्त गरेका थिए। कास्कीको अर्को अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा भने कांग्रेसका उम्मेदवार युवराज कुँवर विजयी भएका हुन्।

विजयी कुँवरले ४ हजार ६ सय ७२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर केसीले ४ हजार ४ सय ८ मत पाएका थिए। उक्त गाउँपालिकाको उपप्रमुखमा भने एमालेकी सगुन गुरुङ ४ हजार ५ सय ८६ मत प्राप्त गर्दै विजयी भएकी थिइन्। 

पोखरा लेखनाथ महानगरको मेयरमा एमालेका मानबहादुर जिसी विजयी भएका छन्। यस्तै उपमेयरमा एमालेकै मञ्जु गुरुङ विजयी भएकी छन्।जिसी ६० हजार ११८ मतसहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए।  यस्तै, उपमेयरमा गुरुङले ५६ हजार ४४८ मत पाएकी थिइन्। मञ्जुले पनि कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार ११० मतान्तरले पराजित गरेकी हुन्।

महानगरका ३३ वटा वडामध्ये एमालेले २२ वडामा जितेको थियो भने  ११ वडामा नेपाली कांग्रेस विजयी भएको थियो। महानगरमा एमालेको मतअन्तर ठूलो भएका कारण यसपल्ट जित्नका लागि कुनै न कुनै दलसँग कांग्रेसले सहकार्य गर्नैपर्ने बाध्यता थियो। त्यही परिणामलाई ख्याल गरेर गठबन्धन गर्ने निर्णयमा दलहरु पुगेका हुन्। 

अर्घाखाँचीमा कांग्रेसले गर्दैछ घाटाको सौदाबाजी
अर्घाखाँचीमा सबैभन्दा पहिले तालमेलको निर्णय भएको हो। २०७४ सालको निर्वाचनको नतिज हेर्ने हो भने कांग्रेस बलियो छ। जिल्लाको छ स्थानीय तहमध्ये चारमा कांग्रेस र एक/एक स्थानीय तहमा एमाले र नेकपा (माओवादी केन्द्र) विजयी भएका थिए। 

सन्धिखर्क नगरपालिका, शीतगङ्गा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा नेपालीकांग्रेस विजय भएको छ भने मालारानी गाउँपालिकामा एमाले र भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्र विजयी भएका छन् ।

सन्धिखर्क नगरपालिकाको प्रमुखमा कांग्रेसका कमलप्रसाद भुसालले आठ हजार ३०३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले सात हजार १२७ मत प्राप्त गरेका थिए। त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विकले सात हजार १२७ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरा पोख्रेलले छ हजार ४०४ मत मात्रै प्राप्त गरिन्।

शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेसकै सूर्य अधिकारीले आठ हजार ६७७ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वसन्त श्रेष्ठले छ हजार ९९० मत प्राप्त गरेका थिए। त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका टीका रेस्मीले सात हजार १२८ मत प्राप्त गरी विजयी भइन्। 

यसैगरी, छत्रदेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै लेखनाथ पोख्रेलले छ हजार १६७ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषि अधिकारीले पाँच हजार ६५ मत प्राप्त गरेका थिए। त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै तुलसादेवी श्रेष्ठले छ हजार १९० मत प्राप्त गरी विजयी भइन्।

पाणिनी गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै अच्युत गौतमले पाँच हजार ९७७ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जीवनारायण कोइरालाले पाँच हजार ४८५ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी लक्ष्मी गौतमले पाँच हजार ५४७ मत प्राप्त गरी विजयी भइन्।

मालारानी गाउँपालिकाको अध्यक्षमा एमालेका बालकृष्ण आचार्यले छ हजार ५०३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पदम क्षेत्रीले पाँच हजार ५०४ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा एमालेकी प्रमिला क्षेत्री छ हजार ५२२ मत प्राप्त गरी विजयी भइन्। भूमिकास्थान नगरपालिकाको प्रमुख माओवादी केन्द्रका रेशम थापा पाँच हजार ३२० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनालले चार हजार ५४२ मत प्राप्त गरेका थिए।

उपप्रमुखमा कांग्रेसका खडानन्द बेल्बासेले पाँच हजार २३० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनिता बेल्बासेले चार हजार ७०१ मत प्राप्त गरेकी थिइन्। यसपल्ट अर्घाखाँचीका तीन गाउँ र तीन नगरसहित ६१ वडामा नै एमाले एमालेलाई ‘क्लिनस्विप’ पार्ने भन्दै पाँच दलीय गठबन्धनले तालमेल घोषणा गरेको हो। तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेर बामगठबन्धनबाट जितेका टोपबहादुर रायमाझी एमाले प्रवेश गरेका छन्। 

उनले माओवादी केन्द्रका केही नेता-कार्यकर्ता एमालेमा लगेका कारण एक्लै लड्न गठबन्धनका दलहरुले आँट नगरेका हुन्। तर, गठबन्धन गर्दा गएको निर्वाचनमा प्राप्त भन्दा केही कम कांग्रेसको भागमा पर्नेछ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्