काठमाडौं– स्थानीयको आक्रमणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।
सोमबार प्रदेश १ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले श्रेष्ठको पाथिर्व शरिरमा नेपाल प्रहरी संगठनको झण्डा ओढाएर पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका हुन्। साथै, प्रहरीको बैण्डसहितको एक टुकडीले शोक सलामीसमेत अर्पण गरेको थियो।
फागू पूर्णिमाका दिन शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भीडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो।
उक्त अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन। उनको उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।