काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न जिल्लामा आफूहरु शक्तिशाली भएपनि अन्य पार्टीहरुले सहकार्य गर्न चाहिरहेको बताएका छन्। सहार्य गर्न चाहनेलाई स्वागत गर्ने उनको भनाइ छ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘पार्टी प्रवेश कार्यक्रम’ उनले भने, ' विभिन्न जिल्लाले भनिरहेको छ हामी एक्लै पनि बलियो शक्ति हौं, तर विभिन्न पार्टीहरुले भनिरहेका छन् हामी सँगै सहकार्य गरेर जाऔं।'
उनले सहकार्य गर्न चाहनेलाई स्वागत गर्ने बताए।
कार्यकर्तालाई चुनाव जित्नेगरी सक्रिय हुन पनि नेपालले निर्देशन दिए। चुनावका बेला चुक्दा जतिसुकै कुरा गरेपनि अर्थ नहुने उनको भनाइ छ। 'सवैथोक गरेपनि जनताको विश्वास लिने बेला चुक्यौं भने अर्थ हुँदैन,' नेपालले भने।
अध्यक्ष नेपालले अहिले एकीकृत समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेको लहर चलेको दाबी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।