काठमाडौं– आफूलाई सामाजिक अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै हिँड्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ।
वाइबालाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले चैत ४ गते चितवनको खैरहनीबाट पक्राउ गरेको हो। बलात्कार पीडित भनिएकी एक नाबालिग गायिकाको चरित्र हत्या हुने गरी विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
कलाकार पल शाहलाई आरोपित बनाइएको उक्त बलात्कार घटनामा नायिक रेखा थापाले अभिव्यक्ति दिएपछि त्यसविरुद्ध समेत वाइबा खनिएकी थिइन्।
पक्राउ परेकी वाइबाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाइएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।