काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो र? भन्दै प्रश्न गरेका छन्। इलाममा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘मतपत्रमा हरियो रङ्ग राख्ने भनेर निर्वाचन आयोगले किन निर्णय गर्यो? कांग्रेसको अनुकूल हुनेगरी किन निर्णय गर्यो। दलहरुसँग छलफल गर्नु पर्दैन?’ उनले भने, ‘निर्वाचन आयोगले किन हरियो रङ्ग राख्यो? सधैं एक दिन समय तोकिन्थ्यो उम्मेदवारी दर्ता गर्नका लागि, अहिले दुई दिन किन राखियो?’
५ दलीय गठबन्धनमा खटपट पर्न सक्छ भनेर निर्वाचन आयोगले त्यसो गरेको ओलीको दाबी छ। ५ दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगले गरेको ओलीले बताए।
‘अदालतको बारेमा हामी केही भन्न चाहदैनौं। अदालत गरिमामय होस्, सम्मानित होस् भन्ने हो,’ उनले भने,‘जनताको आँखामा विश्वासको वातावरण बन्ने खालको होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।