पोखरा– स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित कास्की प्रहरीले १ जनालाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका–३० पावार हाउसस्थित सडकबाट प्रहरीले १ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम)को सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाल रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार कुमाललाई स्रोत नखुलेको २२ लाख रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका कुमालमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।