• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड सहभागी हुने कार्यक्रममा किन छुट्दैनन् नारायणकाजी?

64x64
नेपाल लाइभ आइतबार, चैत ६, २०७८  १४:०४
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ पछिल्लो समय अक्सर पार्टी कार्यक्रममा सँगै देखिन्छन्। यसअघि प्रचण्ड र श्रेष्ठबीच तिक्तता बढ्दै गएपछि श्रेष्ठ पार्टी विभाजन गर्ने अवस्थामा पुगेको चर्चा हुने गरेको थियो। 

श्रेष्ठको कदमबाट त्रसित बनेका प्रचण्ड हतारहतार उनलाई फकाउन हात्तिवन पुगे। दुई नेताबीचको छलफल र संवादपछि विश्वासको वातावरण बनेको हो। त्यसपछि पछिल्लो समय पार्टीका प्रायः कार्यक्रममा उनीहरु सँगै देखिन थालेका छन्।

प्रचण्ड र श्रेष्ठबीच व्याख्यात्मक रुपमा एमसीसी पारित भएपछि मतभेद सुरु भएको हो। एमसीसी पारित भएपछि गत फागुन १६ गते खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठको आलोचना गरे। उनले आलोचना मात्रै गरेनन्। आफ्नै पार्टीका शीर्ष नेतालाई घुमाउरो भाषामा पार्टी छोडेर गएपनि हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै दुई नेताबीच तिक्तता बढ्यो। प्रचण्डको अभिव्यक्तिलाई लिएर तत्कालीन एकता केन्द्र मसालमा तरंग पैदा भयो। श्रेष्ठ निकट नेताहरुले अपमान सहन नसक्ने भन्दै पार्टी विभाजन गरेर जान सुझावसमेत दिएका थिए।

अन्तमा प्रचण्डकै जोडवलमा दुई नेता तत्काल पार्टी एकतालाई बलियो बनाएर जाने निष्कर्षमा पुगे। श्रेष्ठसँग झस्किएका प्रचण्ड पछिल्लो समय पार्टीका धेरैजसो कार्यक्रममा उनलाई सँगै लिएर जान थालेका छन्। यसअघि प्रचण्ड र श्रेष्ठ कमैमात्र सँगै देखिने गरे पनि पछिल्लो समय त्यो क्रम बढ्दै गएको छ। गत फागुन २९ गते प्रदेश १ को विराटनगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्ड र श्रेष्ठसँगै पुगेका थिए। त्यसयता सुदूरपश्चिम प्रदेशको धनगढी, लुम्बिनी प्रदेशको बुटवल, उपत्यका विशेष प्रदेशको काठमाडौंमा भएको कार्यक्रममा दुबै नेता सँगै थिए। 

सिन्धुली पार्टी कार्यालय उद्घाटनमा भने श्रेष्ठ पुगेनन्। उनी आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेर फर्किए। आइतबार पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा पनि प्रचण्ड र श्रेष्ठ दुवै सहभागी छन्। श्रेष्ठ पार्टीबाट निक्कै टाढा गएको महसुस भएपछि प्रचण्डले प्रायः कार्यक्रममा साथै लाने गरेको नेताहरु बताउँछन्। यसले दुबै नेताबीच विग्रँदै गएको सम्बन्ध सुमधुर हुँदै जाने र बाहिर आफूहरु एक छौं भन्ने सन्देश दिन खोजेको आकलन गरिएको छ।

Ncell 2
Ncell 2

उता दुवै नेतासँगै हुँदा प्रचण्डको थप आलोचना नहुने श्रेष्ठको बुझाइ छ। अरु यसले पार्टी नेता कार्यकर्तामा समेत सरकारात्मक रक्तसञ्चार हुने विश्वास नेताहरुको छ।

देउवा सरकार गठनदेखि चिसियो सम्बन्ध 
प्रचण्ड र श्रेष्ठबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि नै सम्बन्धमा खटपट सुरु भएको थियो। देउवा सरकारमा श्रेष्ठले आफै नेतृत्व गरेर जान खोजेपछि समस्या भएको हो। अन्तमा उनलाई रोकेपछि पार्टीभित्र समस्या सुरु भएको माओवादी केन्द्रका एक नेताले बताए।

‘नारायणकाजी कमरेड सरकारमा जान खोज्नु भयो। प्रचण्डले रोक्न खोज्नुभयो। चुनाव हारेकालाई सरकारमा पठाउँदा राम्रो सन्देश जाँदैन भनेर रोकिएको हो,’ ती नेताले भने, ‘दोस्रो पटक माओवादीबाट मन्त्री हुँदा उहाँले अन्जना विसंख्येलाई पठाउन खोज्नुभयो। अध्यक्षले उहाँकै कोटाकी शशि श्रेष्ठलाई पठाउनुभयो। उहाँको गुटमा अध्यक्षले खेल्नुभयो भन्ने प¥यो त्यसपछि उहाँ चिढिनु भयो।’

पछिल्लो समय एमसीसी र अध्यक्षको अभिव्यक्तिलाई लिएर पार्टी विभाजन गर्ने मनस्थितिमा श्रेष्ठ पुगेका हुन्। श्रेष्ठले आफू निकट नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएपछि प्रचण्ड निक्कै झस्किएका थिए। पार्टी विभाजन रोक्न प्रचण्डले निक्कै मेहनत गर्नुप¥यो। दुई नेताबीचको बारम्बारको संवादपछि एउटै पार्टीमा बस्ने वातावरण बनेको हो। 

अहिले दुबै नेताबीच सौहार्दपूर्ण संवाद हुँदै जान थालेपछि सम्बन्ध पनि सुधार हुँदै गएको छ। तत्कालिन एकता केन्द्र मसाल र नेकपा माओवादीबीच २०६५ मा पार्टी एकता हुँदा दुई नेताबीच सुमधुर सम्बन्ध थियो। श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचित भएपछि सत्तामा जाने विषयलाई लिएर दुई नेताबीच सम्बन्धमा चिसोपन आएको हो।
 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो
तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग
राष्ट्रिय सभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान हुने
सम्बन्धित सामग्री
राष्ट्रिय सभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान हुने बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका आइतबार, माघ ११, २०८२
पुँजीबजारको भविष्य सुरक्षित गर्न दीपेन्द्र अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश आज (शनिबार)  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अग्रवालसहित शेयर बजारका लगानी कर्ताहरुलाई एमालेमा प्रवेश गराएका हुन् । आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युव... शनिबार, माघ १०, २०८२
ताजा समाचारसबै
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो आइतबार, माघ ११, २०८२
तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान हुने आइतबार, माघ ११, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
पुँजीबजारको भविष्य सुरक्षित गर्न दीपेन्द्र अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्