• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड सहभागी हुने कार्यक्रममा किन छुट्दैनन् नारायणकाजी?

64x64
नेपाल लाइभ आइतबार, चैत ६, २०७८  १४:०४
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ पछिल्लो समय अक्सर पार्टी कार्यक्रममा सँगै देखिन्छन्। यसअघि प्रचण्ड र श्रेष्ठबीच तिक्तता बढ्दै गएपछि श्रेष्ठ पार्टी विभाजन गर्ने अवस्थामा पुगेको चर्चा हुने गरेको थियो। 

श्रेष्ठको कदमबाट त्रसित बनेका प्रचण्ड हतारहतार उनलाई फकाउन हात्तिवन पुगे। दुई नेताबीचको छलफल र संवादपछि विश्वासको वातावरण बनेको हो। त्यसपछि पछिल्लो समय पार्टीका प्रायः कार्यक्रममा उनीहरु सँगै देखिन थालेका छन्।

प्रचण्ड र श्रेष्ठबीच व्याख्यात्मक रुपमा एमसीसी पारित भएपछि मतभेद सुरु भएको हो। एमसीसी पारित भएपछि गत फागुन १६ गते खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठको आलोचना गरे। उनले आलोचना मात्रै गरेनन्। आफ्नै पार्टीका शीर्ष नेतालाई घुमाउरो भाषामा पार्टी छोडेर गएपनि हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै दुई नेताबीच तिक्तता बढ्यो। प्रचण्डको अभिव्यक्तिलाई लिएर तत्कालीन एकता केन्द्र मसालमा तरंग पैदा भयो। श्रेष्ठ निकट नेताहरुले अपमान सहन नसक्ने भन्दै पार्टी विभाजन गरेर जान सुझावसमेत दिएका थिए।

अन्तमा प्रचण्डकै जोडवलमा दुई नेता तत्काल पार्टी एकतालाई बलियो बनाएर जाने निष्कर्षमा पुगे। श्रेष्ठसँग झस्किएका प्रचण्ड पछिल्लो समय पार्टीका धेरैजसो कार्यक्रममा उनलाई सँगै लिएर जान थालेका छन्। यसअघि प्रचण्ड र श्रेष्ठ कमैमात्र सँगै देखिने गरे पनि पछिल्लो समय त्यो क्रम बढ्दै गएको छ। गत फागुन २९ गते प्रदेश १ को विराटनगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्ड र श्रेष्ठसँगै पुगेका थिए। त्यसयता सुदूरपश्चिम प्रदेशको धनगढी, लुम्बिनी प्रदेशको बुटवल, उपत्यका विशेष प्रदेशको काठमाडौंमा भएको कार्यक्रममा दुबै नेता सँगै थिए। 

सिन्धुली पार्टी कार्यालय उद्घाटनमा भने श्रेष्ठ पुगेनन्। उनी आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेर फर्किए। आइतबार पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा पनि प्रचण्ड र श्रेष्ठ दुवै सहभागी छन्। श्रेष्ठ पार्टीबाट निक्कै टाढा गएको महसुस भएपछि प्रचण्डले प्रायः कार्यक्रममा साथै लाने गरेको नेताहरु बताउँछन्। यसले दुबै नेताबीच विग्रँदै गएको सम्बन्ध सुमधुर हुँदै जाने र बाहिर आफूहरु एक छौं भन्ने सन्देश दिन खोजेको आकलन गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उता दुवै नेतासँगै हुँदा प्रचण्डको थप आलोचना नहुने श्रेष्ठको बुझाइ छ। अरु यसले पार्टी नेता कार्यकर्तामा समेत सरकारात्मक रक्तसञ्चार हुने विश्वास नेताहरुको छ।

देउवा सरकार गठनदेखि चिसियो सम्बन्ध 
प्रचण्ड र श्रेष्ठबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि नै सम्बन्धमा खटपट सुरु भएको थियो। देउवा सरकारमा श्रेष्ठले आफै नेतृत्व गरेर जान खोजेपछि समस्या भएको हो। अन्तमा उनलाई रोकेपछि पार्टीभित्र समस्या सुरु भएको माओवादी केन्द्रका एक नेताले बताए।

‘नारायणकाजी कमरेड सरकारमा जान खोज्नु भयो। प्रचण्डले रोक्न खोज्नुभयो। चुनाव हारेकालाई सरकारमा पठाउँदा राम्रो सन्देश जाँदैन भनेर रोकिएको हो,’ ती नेताले भने, ‘दोस्रो पटक माओवादीबाट मन्त्री हुँदा उहाँले अन्जना विसंख्येलाई पठाउन खोज्नुभयो। अध्यक्षले उहाँकै कोटाकी शशि श्रेष्ठलाई पठाउनुभयो। उहाँको गुटमा अध्यक्षले खेल्नुभयो भन्ने प¥यो त्यसपछि उहाँ चिढिनु भयो।’

पछिल्लो समय एमसीसी र अध्यक्षको अभिव्यक्तिलाई लिएर पार्टी विभाजन गर्ने मनस्थितिमा श्रेष्ठ पुगेका हुन्। श्रेष्ठले आफू निकट नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएपछि प्रचण्ड निक्कै झस्किएका थिए। पार्टी विभाजन रोक्न प्रचण्डले निक्कै मेहनत गर्नुप¥यो। दुई नेताबीचको बारम्बारको संवादपछि एउटै पार्टीमा बस्ने वातावरण बनेको हो। 

अहिले दुबै नेताबीच सौहार्दपूर्ण संवाद हुँदै जान थालेपछि सम्बन्ध पनि सुधार हुँदै गएको छ। तत्कालिन एकता केन्द्र मसाल र नेकपा माओवादीबीच २०६५ मा पार्टी एकता हुँदा दुई नेताबीच सुमधुर सम्बन्ध थियो। श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचित भएपछि सत्तामा जाने विषयलाई लिएर दुई नेताबीच सम्बन्धमा चिसोपन आएको हो।
 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्