काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुनै पनि छिमेकी मुलुकले नेपाल र नेपालीको हितमा दिने सहयोग लिनुपर्ने बताएका छन्।
कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को 'घर घर जाऔं, कांग्रेस जिताऔं' अभियान अन्तर्गत आइतबार बुद्धनगरमा आयोजित कार्यक्रममा उनले देश र जनताको हित विपरीतका सहयोग कांग्रेसले अस्वीकार गर्ने बताए।
अहिले एमसीसीका विषयमा नकारात्मक हल्ला फैलिएको भन्दै यसका पछाडी नलाग्न कार्यकर्ताहरूलाई आग्रह गरे। सिंहले कम्युनिस्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएको टिप्पणी गरे।
कांग्रेस नेतृत्वमा आजसम्म गरिएका उपलब्धिहरू जनतालाई बुझाएर कांग्रेसको पक्षमा मत माग्न समेत सिंहले कार्यकर्ताहरूलाई निर्देशन दिए।
कांग्रेसले आफूले गरेका कामको सही प्रचार समेत गर्न पछि परेकाले अब प्रचारप्रसारमा लाग्न समेत सिंहको निर्देशन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।