काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन्।
पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न पोखरा पुगेका अध्यक्ष प्रचण्डले चुनावको तयारीमा जुट्नसमेत सबै नेता कार्यकर्तालाई आग्रह गरे। ‘कुनै दुविधा छैन तोकिएकै मिति वैशाख ३० गते चुनाव हुन्छ,’ उनले भने।
पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गठबन्धनमा भर परेर मात्रै नहुने बताए। आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुनेसमेत बताए। विभिन्न पार्टीभित्र फरक–फरक विचारधाराका नेताको भनाइ जेजस्तो आए पनि मूल नेतृत्वबीच निर्वाचनमा गठबन्धनलाई नै लिएर जाने निर्णय भएको प्रचण्डले जानकारी दिए। तर, पार्टीले गठबन्धनको भर नपरी आफ्नै बलमा चुनव लड्ने तयारी गर्नुपर्ने उनको भनाइ थियो।
सो अवसरमा उनले एमसीसी गहन अध्ययन र छलफलपछि मात्रै पास गरिएको दाबी गरे। अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुको सुझावपछि व्याख्यात्मक घोषणासहित पास गर्ने उपाय निकालेको उनको भनाइ थियो।
फरक प्रसंगमा कुरा गर्दे उनले एमसीसीको विषयलाई लिएर पार्टीभित्रका असन्तुष्ट नेताहरुसँग निर्वाचनपछि छलफल गउनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।