काठमाडौं– ललितपुर प्रहरीले ७ लाख ४८ हजार रुपैयाँसहित ११ जना 'जुवाडे'लाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–८ यल्मुलस्थित ज्ञानी महर्जनको घरमा जुवा खेलीरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–९ बस्ने ४८ वर्षीय किशोर महर्जन, ४७ वर्षीय ईन्द्र महर्जन, ४० वर्षीय काजी शेर्पा, ललितपुर–७ बस्ने ३५ वर्षीय गणेश महर्जन, ललितपुर ६ बस्ने २९ वर्षीय रोशन महर्जन, ललितपुर–८ बस्ने २५ वर्षीय गणेश महर्जन छन्।
यस्तै, ललितपुर–२० बस्ने ३९ वर्षीय रजित महर्जन, ललितपुर १२ बस्ने ३५ वर्षीय एनिश महर्जन, ललितपुर– २१ बस्ने ३० वर्षीय निकेन महर्जन, काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने ४२ वर्षीय अजय श्रेष्ठ र भक्तपुरको ठिमी बस्ने २९ वर्षीय रविन बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरुबाट प्रहरीले ७ लाख ४८ हजार ८४५ रुपैयाँ नगद बरामद गरेको छ। पक्राउ परेका ११ जनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।