काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहान साढे ८ बजेदेखि बैठक बस्ने भनिएपनि ढिलागरी सुरु भएको एक नेताले बताए।
बैठकमा महासचिव चन्दले राजनीतिक दस्तावेज पेस गर्ने छन्। उनले पेस गरेको दस्तावेज सबै केन्द्रीय सदस्यले अध्ययन गरेपछि निर्णय हुने बताएको छ। बैठकमा आगामी स्थानीय निर्वाचनमा सहभागी हुने/नहुने विषयमा समेत निर्णय हुने एक नेताले बताए। नेकपाभित्र निर्वाचनमा भाग लिने/नलिने विषयमा दुई धार देखिएको छ।
चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा स्थानीय चुनावमा जाने पक्षमा छन्। सचिवालय सदस्य धमेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढा मगर यसको विपक्षमा छन्।
चुनावमा जाने/नजाने भन्ने विषयमा अहिले दुई धार देखिएपनि बैठकबाट एउटै धारणा बनाइने नेताहरूको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।