• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २७, २०८३ Sat, Jul 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुनुवाइ हुँदै अध्यादेशबाट भएका संवैधानिक नियुक्तिको मुद्दा, के होला ५२ पदाधिकारीको पद? 

64x64
नेपाल लाइभ बिहीबार, चैत ३, २०७८  २१:०७
1140x725

काठमाडौं– सर्वोच्च अदालतले बहुप्रतीक्षित एउटा मुद्दाको सुनुवाइ अघि बढाउने तयारी गरेको छ, जसमा आउने निर्णयले फेरि मुलुकको राजनीतिमा बेग्लै तरंग थपिदिन सक्छ। त्यो मुद्दा हो, विभिन्न संवैधानिक निकायहरुमा नियुक्त गरिएका ५२ जना पदाधिकारीहरुको नियुक्तिसम्बन्धी निर्णय र त्यसलाई टेक्ने आधार बनेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको। 

पूर्ववर्ती केपी शर्मा ओली सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर त्यसका आधारमा दुई पटक गरेका यी नियुक्ति माथिको सुनुवाइ संवैधानिक इजलासमा हुँदैछ। सर्वोच्चले यसको सुनुवाइ शुक्रबार गर्ने तयारी गरेको छ।

गत फागुन २५ गते कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश संलग्न हुनुपर्ने दाबी गरिएका दुई थान रिटलाई संवैधानिक इजलासमा पठाउन भएको आदेशको लगत कट्टा गर्ने आदेश गरेसँगै यो मुद्दा लामो समयपछि सुनुवाइ हुन लागेको हो। संसद्‌मा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यसअघि संवैधानिक इजलासमा पठाएको उक्त मुद्दाको लगत कायममुकायम प्रधानन्यायाधीश कार्कीको इजलासले कट्टा गरेपछि संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेर भएका नियुक्तीसम्बन्धी विवादमा सुनुवाइ गर्ने वाटो खुलेको हो। 

यसअघि ती दुई थान रिटमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गरेपछि सुनुवाइ प्रक्रिया नै अवरुद्ध भएको थियो। शुक्रबार संवैधानिक इजलासले यससम्बन्धी विवादका सवै मुद्दालाई एकै ठाउँमा राखेर पहिलो सुनुवाइ गर्ने तयारी गरेको छ। 

यसअघि २०७८ भदौ ११ गते यो मुद्दाको पेसी तोकिएको थियो। त्यस दिन कानुन व्यवसायीहरुले यो मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश राणाको संलग्नताबारे प्रश्न उठाएका थिए। मंसिर ३० र त्यसपछि भएका संवैधानिक नियुक्तिमा संवैधानिक परिषद् सदस्यको रुपमा राणा संलग्न भएको, संवैधानिक नियुक्तिमा आफ्नो ‘कोटाको भाग’ पनि लिएको र संवैधानिक इजलासमा त्यो निर्णयको बचाउ गरेर लिखित जवाफ पनि पेस गरेकाले उनी सुनुवाइमा संलग्न हुन नमिल्ने भन्दै कानुन व्यवसायीहरुले अलग हुनुपर्ने तर्क गरेका थिए। त्यसको कारण के हो भने यो मुद्दामा राणा स्वयंलाई पनि विपक्षी बनाइएको छ।

त्यसपछि राणाले सहकर्मीहरुसँग सल्लाह गर्दै मौखिक रुपमा मुद्दाको सुनुवाइ प्रक्रियाको दिन आफू बिदामा बस्ने सुनाएका थिए। तर, अर्को पेसी तोकिएको मिति २०७८ भदौ १७ गते दुई रिट दर्ता भएर एकल इजलासले अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा यसको सुनुवाइ नै अवरुद्ध गरेको थियो। 

यसमा अर्को रोचक के भयो भने न्यायिक इतिहासमा पहिलोपटक एकल इजलासको आदेशले संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्न सकेन। यो विवाद बढ्दै जादाँ प्रधानन्यायाधीश राणाविरुद्ध सहकर्मी न्यायाधीशहरु आन्दोलनमा उत्रिए। कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसियसन पनि आन्दोलनमा आयो। 

कात्तिक ८ गतेवाट सुरु भएको यो आन्दोलन अघि बढ्दै जाँदा सर्वोच्च अदालतमा मंसिर १५ गतेपछि गोलाप्रथाद्वारा पेसी तोकेर सुनुवाइ गर्न सुरु गरियो। सहकर्मी न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग इजलास शेयर नगर्ने घोषणा गरेपछि संवैधानिक इजलास नै अलपत्र पर्‍यो।

nimb
nimb
Ncell 2
Ncell 2

फागुन १ गते सत्तारुढ दलका ९८ जना सांसदले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि राणा निलम्वनमा परे। र, कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाए। यसपछि नै यो मुद्दा सुनुवाइको चरणमा प्रवेश गरेको हो।

अब शुक्रबार संवैधानिक इजलासले यसमा पहिलो सुनुवाइ गर्ने छ। गत साता पनि केही थान मुद्दा संवैधानिक इजलासले सुनुवाइ गर्दै आदेश गरेको थियो। हप्तामा दुई दिन बस्ने संवैधानिक इजलासले वुधबार विस्तृत सुनुवाई गर्छ भने शुक्रवार प्रारम्भिक सुनुवाइ गर्दै आएको छ। 

तत्कालीन प्रधानमन्त्री ओलीका पालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय मानव अधिकार आयोगसम्मका निकायमा ५२ पदाधिकारी नियुक्त गरिएको थियो। संविधानको व्यवस्था विपरीत हुनेगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको, एकै दिन अध्यादेश जारी गरेर सोही दिन नियुक्ति सिफारिस गरेको, प्रतिपक्ष दलको नेता र सभामुखजस्ता महत्वपूर्ण व्यक्ति संलग्न हुनुपर्ने संविधानको परिकल्पना भन्दा बाहिर गएर प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीश मात्र बैठक बसेर संवैधानिक परिषद्‌बाट सिफारिस गरेको गरेकाले उक्त कार्य गैरसंवैधानिक भएको जिकिर रिटमा गरिएको छ। 
यो विवादमा अधिवक्ता ओमप्रकाश अर्याल, समृत खरेललगायतका ८ थान रिट निवेदन संवैधानिक इजलासमा विचाराधीन छन्। सभामुख अग्निप्रसाद  सापकोटाले समेत यसबारे रिट दायर गरे पनि त्यो रिट नियमित इजलासमा छ। 

ओली सरकारका पालामा जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश साउन ४ गते खारेज भइसकेको छ। ओलीपछि नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अध्यादेश खारेज गरेकी थिइन्। अध्यादेश खारेज भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले त्यसरी नियुक्त पदाधिकारीहरु अहिले पदमै बहाल छन्। 

त्यसबेला जारी गरिएको परिषद्सम्बन्धी अध्यादेशमा तत्काल बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न सक्ने व्यवस्था गरिएको थियो। अध्यादेश जारी गरेकै दिन, २०७७ मंसीर ३० मा ओलीले आफू, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना सहभागी बैठक राखेर नियुक्तीको सिफारिस गरेका थिए। तर, त्यो सिफारिस पुस ५ गते प्रतिनिधि सभा विघटन नहुँदासम्म गोप्य राखिएको थियो। सिफारिसपछि (संसद्‌ नभएकाले) उनीहरुलाई संसदीय सुनुवाइ नै नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त दिएकी थिइन्।

त्यसबेला प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच भागबण्डा भइ नियुक्त गरिएका मानव अधिकार आयोगका पदाधिकारीको हकमा अन्तराष्ट्रिय समुदायले समेत प्रश्न उठाएका थिए। आयोगमा गरिएको नियुक्ति अपारदर्शी र पेरिस सिद्धान्तविपरीत भएको भन्दै संयुक्त राष्ट्रसंघका ‘स्पेसल र्‍यापोर्टर’हरुले समेत टिप्पणी गरेका थिए भने राष्ट्रसंघले आयोगलाई पत्र नै लेखेर नियुक्तिमाथि प्रश्न उठाएको थियो।

मंसिर ३० गते सिफारिसमा परेर नियुक्त हुनेमा प्रधानन्यायाधीश राणाको कोटाबाट अख्तियारका आयुक्त किशोर सिलवाल, मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र सदस्य सूर्य ढुङ्गेललगायत थिए। त्यस्तै, २०७८ वैशाख २६ मा पुनः अध्यादेश जारी गरेर दोस्रोपटक नियुक्त गरिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका भाइदेखि राष्ट्रपति कार्यालयका तत्कालीन सचिवसमेत संवैधानिक निकायका पदाधिकारी बनेका थिए। 

अन्तरिम आदेश जारी भए के हुन्छ ? 
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्धका रिटमाथि संवैधानिक इजलासमा शुक्रबार हुने पहिलो सुनुवाइका क्रममा अन्तरिम आदेश जारी भएमा दुई पटक गरेर नियुक्त भएका पदाधिकारीहरुको पद रिक्त हुने अवस्था आउनसक्छ।

संविधानको व्यवस्था मिचेर गरिएको नियुक्ती तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेमा त्यसले अख्तियारदेखि निर्वाचन आयोगसम्म प्रभावित हुनेछन्। अख्तियारका प्रमुख आयुक्तदेखि अन्य आयुक्त विदा हुनेछन् भने निर्वाचन आयोगका तीन आयुक्त पदमुक्त हुनेछन्। यो अवस्थामा निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेशकुमार थपलिया र अर्का आयुक्त इश्वरी पौडेल मात्र बाँकी रहने छन्। त्यसबाट स्थानीय निर्वाचनसमेत प्रभावित हुनसक्ने आशंका कतिपयले गरेका छन्। 

किनभने, त्यो अवस्थामा निर्वाचन आयुक्तहरु रामप्रसाद भण्डारी, डा.जानकी तुलाधर र सगुनशमशेर जबराले पद गुमाउने छन्। सर्वोच्चले अन्तरिम आदेश जारी नगरी अन्य आदेश गरेमा भने उनीहरुले फैसला नभएसम्मका लागि निरन्तर रुपमा काम गर्न पाउन सक्छन्। 
 
यी हुन सिफारिस भएका पदाधिकारी 

३० मंसीरमा सिफारिसमा परेकाहरु

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोगः
प्रमुख आयुक्तः प्रेमकुमार राई 
आयुक्तः जयबहादुर चन्द, किशोर सिलवाल

२. निर्वाचन आयोगः
आयुक्तः रामप्रसाद भण्डारी, डा.जानकी तुलाधर

३. राष्ट्रिय मानवअधिकार आयोगः
अध्यक्षः तपबहादुर मगर
सदस्यः मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा, मिहीर ठाकुर

४. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगः
सदस्यः जुद्धबहादुर गुरुङ, अम्मरराज मिश्र

५. राष्ट्रिय महिला आयोगः
अध्यक्षः कमला पराजुली
सदस्यः कृष्णकुमारी पौडेल, विद्याकुमारी सिन्हा

६. राष्ट्रिय दलित आयोगः
अध्यक्षः देवराज विक
सदस्यः मीना सोब, पर्शुराम रम्तेल, तुन्ज बराइली, मेहेले पार्की

७. समावेशी आयोगः
सदस्यः रामप्रसाद खत्री, रामचन्द्र जोशी, हरिदत्त जोशी

८. आदिवासी जनजाति आयोगः
अध्यक्षः रामबहादुर थापा
सदस्यः मिन श्रीस मगर, मेन्चुङ लामा, रिना राना, चरण राई

९. राष्ट्रिय मधेसी आयोगः
सदस्यः जिवत्स साह, रेणुदेवी साह, विजय गुप्ता

१०. राष्ट्रिय थारु आयोगः
सदस्यः विकास चौधरी, वविता चौधरी, सुवोध सिंह, भोलाराम चौधरी

११. राष्ट्रिय मुस्लिम आयोगः
सदस्यः महमुद्दिन अली, मिर्जा अरसद बेग

२६ वैशाखमा सिफारिसमा परेकाहरु
२०७८ जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्नुअघि तत्कालीन प्रधानमन्त्री ओलीले पुनः अध्यादेश जारी गर्दै नियुक्तिको सिफारिस गरेका थिए। २७ वैशाखमा विश्वासको मत लिन संसद्‌ बैठक बोलाइएको थियो। ओलीले त्यसको अघिल्लो दिन नै परिषद्को बैठक राखेर ११ वटा संवैधानिक निकायका २० पदमा नियुक्तिका लागि सिफारिस गरेका थिए। उनीहरुलाई पनि संसदीय सुनुवाइ नै नगरी राष्ट्रपति भण्डारीले नियुक्ति दिएकी थिइन्। त्यसबेला नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीहरु यसप्रकार छन्ः 

१. लोक सेवा आयोगः
अध्यक्षः माधवप्रसाद रेग्मी 
सदस्यः माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मन्जु कुमारी 

२. अख्तियार दुरुपयोग अनुसन्धान आयोगः
सदस्यः डा.हरिप्रसाद पौडेल 
सदस्यः सुमित्रा श्रेष्ठ 

३. निर्वाचन आयोगः 
सदस्यः सगुनशमशेर जबरा 

४. प्राकृतिक स्रोत तथा वित्त आयोगः
सदस्यः विपिनराज निरौला, सुधाकुमारी झा 

५. राष्ट्रिय महिला आयोगः
सदस्यः जया घिमिरे, सावित्रीकुमारी शर्मा तिवारी 

६. राष्ट्रिय दलित आयोगः
सदस्यः सुन्दर पुर्कोटी 

७. समावेशी आयोगः
अध्यक्षः रामकृष्ण तिमिल्सिना
सदस्यः पुष्पराज तिमिल्सिना  र मानप्रसाद खत्री 

८. आदिवासी जनजाति आयोगः
सदस्यः सूर्यबहादुर गुरुङ

९. राष्ट्रिय मधेशी आयोगः
सदस्यः आभा कुमारी 

१०. राष्ट्रिय थारू आयोगः
सदस्यः उमाशंकर चौधरी 

११. राष्ट्रिय मुस्लिम आयोगः
सदस्यकः मोहम्मद समसुल हक


सम्बन्धित समाचारहरु:

संवैधानिक परिषद् अध्यादेश खारेजीपछि त्यसकै आधारमा नियुक्त पदाधिकारी के हुन्छन्?

संवैधानिक परिषद् अध्यादेशबाट निम्तिएको लफडा : झन् ‘जटिलतामा फस्दै’ सर्वोच्च

सर्वोच्चको संवैधानिक इजलासलाई एकल इजलासले अँठ्याएपछि...

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
सम्बन्धित सामग्री
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो। प्रदर्शनकारीलाई अघि बढ्न नदिन प्रहरीले रोक्ने प्रयास गरेपछि... शुक्रबार, असार २६, २०८३
संसद्‌मा भावुक हुँदै गृहमन्त्रीको प्रष्टीकरण– गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । शुक्रबार, असार २६, २०८३
ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा उत्पादनको विस्तार... शुक्रबार, असार २६, २०८३
ताजा समाचारसबै
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज शनिबार, असार २७, २०८३
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध शनिबार, असार २७, २०८३
काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम, ३१ जिल्लामा मध्यम खतरा शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन शनिबार, असार २७, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ? शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्