काठमाडौं– एभरेष्ट बैंकले भक्तपुरको थिमी र काठमाडाैंको काँडाघारीमा नयाँ शाखा सञ्चालन गरेको छ।
थिमी शाखाको उद्घाटन बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका थिए।
त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका थिए।
थिमी र काँडाघारीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने उद्देश्यले शाखा सञ्चालन गरेको बैंकले जनाएको छ।
हाल बैंकले देशभर ११२ शाखा, प्रादेशिक कार्यालय र १४५एटीएममार्फत वित्तीय सेवा दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।