• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावको छेकमा दल-बदल : जता अवसर, नेताहरु त्यतै अग्रसर

64x64
वीरेन्द्र ओली बुधबार, चैत २, २०७८  २०:०२
1140x725

काठमाडौं- दलहरु स्थानीय तहको निर्वाचन केन्द्रित भएका छन्। निर्वाचनसँगै एक पार्टीको नेता-कार्यकर्ता अर्को पार्टीमा प्रवेश गर्ने परम्परागत प्रचलनको पुनरावृत्ति भइरहेको छ। वैशाख ३० गतेको स्थानीय तहका लागि मात्रै होइन, आगामी संसदीय निर्वाचनलाई समेत लक्षित गरेर नेताहरुले दल बदलिरहेका छन्। 

गएको दुई महिनाको तथ्य केलाउने हो भने दल बदल्नेहरुको एउटा उद्देश्य देखिन्छ- जता अवसर, त्यतै अग्रसर। उनीहरुले पार्टीको सिद्धान्त, त्यसले आमजनका लागि गरिरहेको काम र उक्त पार्टीप्रति आफ्नो अस्थालाई तपशिलमा राखेको देखिन्छ। यसपल्ट कम्युनिष्टबाट कम्युनिष्ट मात्रै होइन वा लोकतान्त्रिक पार्टीबाट त्यस्तै पार्टीमा मात्रै होइन, अन्यमा पनि पुगेका छन्। झण्डै ४० वर्ष कम्युनिष्ट पार्टीमा काम गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेस बनेका छन्। प्राय एमालेविरोधी मानिएका पार्टीमा काम गरेका मंगलप्रसाद गुप्ता एमाले भए। 

बसिरहेको पार्टीबाट अवसर प्राप्त हुने सुनिश्चितता नभएपछि उनीहरुले दल बदलेको उनीहरुकै भनाइबाट प्रष्ट हुन्छ। उदाहरणका रुपमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्जका मेयर बनेका विजय सरावगीको भनाइलाई लिन सकिन्छ। एमालेमा प्रवेश गर्ने क्रममा उनले भनेका छन्, 'मैले पर्सा जिल्लामा फोरमलाई पूरै जिताए। त्यसलाई पार्टीले मूल्यांकन नै गरेन। जुन ढंगले पार्टीले मलाई ट्रिटमेन्ट गर्नुपर्ने थियो त्यसो गरेन। उपेन्द्रजीले मेरो मानसम्मान नै गर्नु भएन।’

चुनाव जित्ने विकल्प खोज्दै एमालेमा गुप्ता

गुप्ताका राजनीतिक जीवनमा एमाले चौथो दल हो। यसअघि तीनवटा पार्टीबाट चुनाव लडिसकेका छन्। दलबदल उनको बानीजस्तै हुन थालिसकेको छ। जनता गएको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए। निर्वाचनमा उनी कांग्रेसका अभिषेकप्रताप साहसँग पराजित भए। साहको १९ हजार ९ सय ६६ मत आएको थियो भने गुप्ताको १५ हजार ८ सय ३ मत आएको थियो। 

जसपा भन्दा अघि उनी २०७० मा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट सांसद उठेका थिए। २०४८ र २०५६ मा भने उनी कांग्रेसबाट चुनावमा उठेका थिए। सवै निर्वाचनमा ‘उपविजेता’मै चित्त बुझाएका उनी आगामी निर्वाचन जित्नकै लागि एमाले प्रवेश गरेका हुन्।

मधेशी समुदायमा कमजोर रहेको एमालेको पहाडी समुदायमा भने राम्रै पकड छ। राजमार्गको उत्तर भागमा पहाडी समुदायको वर्चस्व भएका कारणले एमालेले विजयनगर गाउँपालिका प्रमुख र शिवराज नगरपालिकामा मेयर जितेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

राजमार्गको दक्षिणतर्फ मधेशवादी पार्टीको वर्चस्व भए पनि उत्तरतर्फको मत निर्णायक हुँदै आएको छ। त्यसैलाई मध्यनजर गर्दै संघीय समाजवादी फोरमबाट दुईपल्ट संविधानसभामा जितेका साह गएको निर्वाचनअघि कांग्रेस प्रवेश गरेर चुनाव लडेका थिए।

गुप्ता उक्त क्षेत्रमा लोकप्रिय रहे पनि फोरमबाट उठेका कारण पहाडी समुदायको मत पाएका थिएनन्। पहाडी समुदायको मत कांग्रेसका साह र एमालेले समर्थन गरेका मिश्रलाई गएको थियो। आफू यही मतले पराजित हुन पुगेको महशुस गरेर गुप्ताले एमाले रोजेका हुन्।

मेयर दोहोरिन एमालेमा सरावगी


वीरगञ्जका मेयर सरावगीलाई एमालेको नीति सिद्धान्तले डोर्‍याएको होइन। पहिलो रुचिको दल पनि थिएन। राजनीतिमा आउनुअघि बरु उनको भावनात्मक निकटता नेपाली कांग्रेससँग थियो। त्यही पार्टीमा गएर मेयर दोहोरिने चाहना असफल भएपछि उनी एमालेमा आइपुगेका हुन्। 

उनी आफैंले स्वीकारेका छन्, 'नयाँ पार्टी प्रवेश गर्दा दुईवटा विकल्प थिए एउटा कांग्रेस, अर्को एमाले। काँग्रेसमा जाउँ यति धेरै जनप्रतिनिधिहरु बन्न लाइन लागिरहेका छन्। त्यहाँ धेरै स्कोप नभएकाले गइनँ। एमालेका अध्यक्ष ओलीको राष्ट्रिय भावना र विकासप्रति एउटा भावना देखे। त्यसैले एमाले प्रवेश गरे। अब एमालेबाट राजनीतिक भविष्य अगाडि बढाउँछु।’ 

व्यापारिक एवं व्यfवसायिक घरानाका विजय सरावगी २०७४ को स्थानीय निर्वाचन हुनुभन्दा पाँच महिनाअघि मात्रै राजनीतिमा प्रवेश गरेका हुन्। राजनितिज्ञले विकास नगरेको भन्दै चुनाव लड्नका लागि उनी संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए। त्योबेला पनि टिकट फिक्स गरेर राजनीति प्रवेश गरेका हुन् उनी। 

त्यसअघि उनी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भइसकेका थिए। नेकपा एमाले एमालेका उम्मेदवार बसुरुद्दीन अन्सारी सरावगीसँगको चुनावमा पाँचौं नम्बरमा चित्त बुझाउन बाध्य भएका थिए। अन्सारीले मेयरमै दोहोर्‍याएर लड्ने चाहना राखेका छैनन्। त्यसकारण एमाले बलियो उम्मेदवारको खोजीमा थियो।

सरावगी भन्दा अघि सोही निर्वाचनमा तेस्रो नम्बरमा भोट ल्याएका तत्कालीन राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेशमान सिंहलाई एमालेले भित्र्याउने फिक्स गरेको थियो। केही दिनमा औपचारिक कार्यक्रम गरी एमालेमा प्रवेश गर्ने तयारी गरेका सिंहलाई सरावगीले उछिने। सरावगीको एमाले प्रवेशबाट सशंकित बनेका सिंहले फेसबुकमा लेखेका छन्- 'मेयर सरावगीलाई एमालेले पार्टीमा भित्र्याएको छ। अब मैले के गर्दा उपयुक्त हुन्छ?'

विगरगञ्ज मेयर एमाले प्रवेश गरेको विषयलाई जसपा नेता राजकिशोर यादवले स्वभाविकै भएको बताए। ‘चुनावका बेला सबै पार्टीमा छिटफुट घटनाहरु हुन्छन्। हाम्रो पार्टीबाट विरगञ्जको मेयर यस्तो हुनुभयो,’ यादवले भने, ‘फेरि त्यहीँबाट रिपिट गर्न खोजेमा कार्यकर्ताबाट भोट पाउन गाह्रो हुन्छ। टिकट पनि पाइन्छ कि पाइँदैन भन्ने भयो । त्यसैले छोडेको हुन सक्छन्।’ चुनावको मुखमा यस्ता पार्टी प्रवेश भइरहने भएकाले अन्यथा लिन नहुने यादवले बताए। 

जिल्ला अध्यक्ष नपाएपछि क्षेत्रीले त्यागे एमाले

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री २०७४ सालको स्थानीयतह निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए। कार्यकाल सकिँनै लाग्दा गत फागुन २४ गते कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतकोको उपस्थितमा कांग्रेस प्रवेश गरे।

एमाले लगायत ४० वर्ष कम्युनिस्ट राजनीति गरेका क्षेत्री वैचारिक धरातल नमिल्ने कांग्रेस प्रवेश गरे। प्रतिस्पर्धाका हिसाबले पनि जुन पार्टीविरुद्ध यतिन्जेल काम गरे, त्यहीँ प्रवेश गरेर बाँकी राजनीतिक करिअर अघि बढाउन तयार भए।

जीवनको यो मोडमा आएर उनलाई कांग्रेसको लोकतान्त्रिक सिद्धान्तले वशीभूत पारेको होइन। न त एमाले नै मन नपरेर उनी त्यता हिँडेका हुन्। त्यसो हुँदो हो त तत्कालीन एमालेमा माधव नेपालनिकट मानिने उनी एकीकृत समाजवादी रोज्थे। 

एमाले विभाजनपछि मूल पार्टीमै बस्ने निधो गरेका उनको चाहना जिल्ला अध्यक्ष बन्ने थियो। प्राय: ठाउँमा सहमतिबाट नेतृत्व चयन गरेको एमालेले उनलाई जिल्ला अध्यक्षमा उम्मेदवारी नै दर्ता गर्न दिएन। एमालेमा आफूले अवसर प्राप्त गर्न सक्ने सम्भावना सकिएको महसुस भएपछि उनी कांग्रेस प्रवेश गरेका हुन्। उनको निर्वाचन क्षेत्रमा हल्ला छ- कांग्रेसबाट प्रदेश सभा सदस्यको टिकट फिक्स गरेका छन्। 

‘मैले कमरेड भन्न छोडिए। कमरेड नेपाली शब्द होइन। जय नेपाल नेपाली शब्द हो। जय नेपाल भन्छु,’ प्रवेश कार्यक्रममा क्षेत्रीले भने, ‘मैले ४० वर्ष एमालेमा बसेर काम गरे। बा र आमा एउटै मात्र हुन्छ। दाई, दिदी र काकाहरु धेरै हुन सक्छन्। एमालेमा बाको संस्कृति त्यागेर दाइको संस्कृति अंगाल्न काग्रेसमा आएँ,’ उनले पार्टी छाड्दै गर्दा भने। 

गाउँपालिका अध्यक्ष दल बदलेका उपाध्यक्ष 


अर्घखाचीको पाणीनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम तत्कालीन एमालेबाट स्थानीय निर्वाचनमा निर्वाचित भइन्। एमाले विभाजन भएपछि एकीकृत समाजवादी रोजिन्। त्यो पार्टीमा लामो समय बस्न नपाउँदै गत पुस १९ गते कांग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य पुष्पा भुसाल लगायत नेताहरुसहित पाणिनी पुगेर उनलाई पार्टी प्रवेश गराए।  उक्त गाउँपालिका वर्तमान अध्यक्ष कांग्रेसका छन्। 

एमालेबाट निर्वाचित लक्ष्मीको गाउँपालिका प्रमुख बन्ने रुचि छ। त्यही रुचिका कारण एकीकृत समाजवादीबाट अध्यक्षमा निर्वाचित हुने सम्भावना नदेखेपछि विचारै नमिल्ने कांग्रेस प्रवेश गरिन्। उनलाई विचार र राजनीति भन्दा गाउँपालिका अध्यक्षमा उक्लिन सजिलो एकीकृत समाजवादी भन्दा कांग्रेस सजिलो लागेपछि कम्युनिस्ट विचार त्यागिन्।

अध्यक्षमै उक्लिने रुचिअनुरुप कैलालीको मोहन्याल गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढा मगर माओवादी केन्द्रमा प्रवेश गरेकी छिन्। उनले सोमबार धनगढीमा आयोजित माओवादीको प्रदेशस्तरीय भेलामा अध्यक्ष प्रचण्डको हातबाट अबीर लगाएर पार्टी प्रवेश गरिन्। एमालेबाट निर्वाचित उनले विभाजनपछि एकीकृत समाजवादी रोजेकी थिइन्। 

गाउँपालिकाका अध्यक्ष नवलसिँह रावलको निधनपछि उनी कार्यबाहक अध्यक्ष छिन्।  माओवादीबाट अध्यक्षका रुपमा उनले टिकट निश्चित गरेको स्थानीय नेताहरु बताउँछन्। 

मन्त्री नपाएपछि एमाले बने विष्ट


नेकपा माओवादी केन्द्रबाट सुर्खेत क्षेत्र नम्बर १ को ‘क’बाट २०७४ सालमा कर्णाली प्रदेश सांसदमा ठम्मरबहादुर विष्ट निर्वाचित भए। तत्कालीन माओवादी जयनुद्धमा सैन्य विभागमा काम गरेका विष्ट सांसद भएपछि मन्त्री हुने आकांक्षा पालेका थिए। तर अवसर पाएनन्। 

मन्त्री पद नपाएपछि उनी दुई वर्षअघि नै नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा बनाएको एमाले केन्द्रीय कमिटीमा पुगे। केन्द्रीय सदस्यको शपथ लिए। दुई बैठकमा समेत सहभागिता जनाएको उनी निकट एक माओवादीले नेताको दाबी छ।

अन्तमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्री र पार्टी केन्द्रीय सदस्य दुबै बनाउने फकाएपछि एमाले छाडेका थिए। एमाले छोडेपछि उनी ओलीका 'कट्टर आलोचक' जस्ता देखिएका उनीनिकट अन्य नेताहरु बताउँछन्। प्रचण्डसँग निकटता बढाउँदै लगेका विष्टले मन्त्री र केन्द्रीय सदस्य दुवै पाएनन्। प्रचण्डको बाचा पूरा नभएपछि गत फागुन २५ गते सांसदबाट राजीनामा दिँदै एमाले प्रवेश गरे। उनले माओवादी छोड्दा एमसीसीमा पार्टीले धोका दिएको आरोप लगाए। 

अध्यक्ष प्रचण्डले उनको भनाइमा प्रतिक्रियासमेत दिएका छन्। ‘केही-केही साथीहरुको वक्तव्य सुनेर अचम्म लाग्छ। एमसीसीमा पार्टीले यस्तो सम्झौता गरेको हुनाले यो पार्टीमा बस्दैनौं भनेर वक्तव्य जारी गरेको देखें,’ प्रचण्डले भने, ‘अनि पार्टी प्रवेश कहाँ गरे भन्दा एमालेमा। के विचित्रको कुरा हो? यो भन्दा अनौठो र लाजमर्दो कुरा के हुन्छ? जानु नि किरण कहाँ, विप्लव कहाँ, नभए नारायणमान विजुक्छे, मोहनविक्रम सिंह कहाँ जानु।'

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  २०:०२
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? प्रधानमन्त्री शाह मुस्ताङ जाने कार्यक्रम रहेको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्माको पनि पोखरा बाग्लुङ हुँदै मुस्ताङ जाने कार्यक्रम... बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले रिट जारी हुने फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै उनी पदमुक्त भएका... बिहीबार, भदौ ४, २०८३
१० भदौमा संसद्‌मा जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाह, दोस्रोपटक जवाफ दिन लागेका प्रधानमन्त्रीको उपस्थिति विवादरहित होला त? प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार शाहले संसदलाई उक्त दिन जवाफ दिने तयारी गरेका हुन् । सभामुख डिपी अर्याललाई पनि आफू १० गते... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्