फाइल तस्बिर।
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा भर नपरेर आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गर्नुपर्ने बताएका छन्।
बुधबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यो चुनावलाई जीवन मरणको अवस्थाको रुपमा लिन आग्रह गरे।
‘हामी अहिले जीवन मरणको लडाईंमा छौं। स्थानीय चुनाव र पछि हुने प्रदेश र संघको चुनाव जित्नै पर्ने छ। त्यो हिजोको जस्तो हातहतियार र बम बारुदद्वारा होइन। जनताको मन जितेर चुनाव जित्नु पर्ने छ’, प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘यस्तो अवस्थामा आफूले चुनाव जित्न सक्ने क्षेत्रमा गठबन्धनको भर नपरौं। यदि चुनावै जित्न सक्ने छैन भने मात्रै गठबन्धनमा भर परौं।’
अहिलेको चुनावमा गठबन्धनबाट जितौंला र खाउँला भन्ने सोच दिमागबाट हटाउन प्रचण्डले आग्रह गरे। माओवादी सशक्त पार्टीको रुपमा उदाउनु पर्ने अवस्था आएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।