काठमाडौं – संसद अधिवेशन अन्त्य भएसँगै प्रमुख प्रतिपक्ष नेकपा एमालेले ससंदीय दलको बैठक बोलाएको छ।
बुधबार दिउँसो तीन बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मध्यरात १२ बजेदेखि संसद अधिवेशन अन्त्य गरे लगत्तै एमालेले बैठक बोलाएको हो। बैठकमा संसद अधिवेशन अन्त्य, पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न स्थानीय तहको चुनाव लगायका विषयमा छलफल हुने भट्टराईले बताए।
प्रतिनिधि सभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्तारुढ दलहरुले महाअभियोग प्रस्ताव पेस गरेका थिए। यसअघि बुधबारका लागि तय भएको बैठकमा उक्त प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो तर त्यसअघि नै सरकारले अधिवेशन अन्त्य भएको छ।
प्रतिनिधि सभाले महाभियोग छलफलका लागि समिति गठन गरिएको थियो तर प्रस्ताव समितिमा नपठाइएका कारण महाभियोगको प्रकृया अवरुद्ध भएको छ। त्यस्तै संसदमा ३ दर्जन बढी विधेयकहरु अलपत्र रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।