राष्ट्रपति भण्डारी, फाइल तस्बिर
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद्ले गरेको सिफारिसानुसार राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गरेकी हुन्।
राष्ट्रपति भण्डारीले चैत १ गते (मंगलबार) राति १२ बजेदेखि 'लागू हुने गरी' संसद्का दुवै अधिवेशन अन्त्य गरेकी हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
मंसिर २८ गते चालु अधिवेशन शुरु भएको थियो। यो अधिवेशन अवधिभर प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गरिरह्यो।
एमालेकै अवरोधका बीच संसद्को यही अधिवेशनबाट अमेरिकी अनुदान सम्झौता (एमसीसी) व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।