• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चुनावी ‘सेटिङ’ मिलाउने ध्याउन्नमा १९ महिनासम्म पनि भएन प्रहरी इन्चार्जहरूको सरुवा

64x64
नारायण अधिकारी बुधबार, चैत २, २०७८  १३:५८
1140x725

काठमाडौं– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा दरबन्दी भएका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रमुखमा २०७७ भदौ ४ गते सरुवा भयो। उनीसँगै ४९ एसपीको सरुवा भएको थियो। अधिकारीसँगै सरुवा भएका अधिकांश एसपीहरुले दुई र केही एसपीले तीन ठाउँकोसमेत जिम्मेवारी सम्हालिसकेका छन्।

एसपी अधिकारी भने अहिलेसम्म सिन्धुपाचोककै प्रहरी प्रमुख छन्। सामान्यतया सिनियर प्रहरी अधिकृतहरुले जिम्मेवारी सम्हालेको एक वर्ष पुगेपछि सरुवा गर्ने चलन छ। अझ इन्चार्जको भूमिकामा एक वर्षे कार्यकाल सकिएपछि सरुवा अनिवार्य जस्तै छ प्रहरीमा। तर, एसपी अधिकारी यस्ता अपवाद हुन् जसले इन्चार्ज सम्हालेको १९ महिना बित्दासमेत सरुवा हुन सकेको छैन। उनको सरुवा तत्कालै हुने/नहुने पनि यकिन छैन। 

प्रहरी प्रधान कार्यालयले एसपीहरुको सरुवा तथा काज सरुवा ननिकालेकाले उनको सरुवा रोकिएको भने होइन। गत माघ २८ गते प्रहरी प्रधान कार्यालयले ६ एसपीको काज सरुवा गरेको थियो। त्यसबेला एक वर्षे कार्यकाल भर्खर सिध्याएकाहरुको समेत सरुवा हुँदा डेढ वर्ष बिताइसकेका एसपी अधिकारीको भने सरुवा निस्किएन। १९ महिनासम्म जिल्ला इन्चार्जको भूमिकामा रहिरहेपछि संगठनकै केही प्रहरी अधिकृतहरु आश्चर्यमा छन्। ‘एसपीको सरुवा त निस्किरहेकै छ। तर, कसैको १९ महिना हुँदासमेत सरुवा नहुँदा हामी आफैं छक्क छौं’, एक प्रहरी अधिकृत भन्छन्।

प्रहरी प्रधान कार्यालयले भने आवश्यकताअनुसार सरुवा तथा काज निकालिने हुँदा म्याद पुगिसकेकाहरुको सरुवा हुने बताउँदै आएको छ। नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु केसी आवश्यकता अनुसार सरुवा निकालिने बताउँछन्।

आउँदो वैशाख ३० गते स्थानीय निर्वाचन मिति घोषणा भइसकेको छ। त्यसपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने हुन्छ। अहिले सरुवा भएर गएका प्रहरी अधिकृतले नै चुनाव गराउनुपर्ने भएकाले सत्ता गठबन्धनका दलले सोहीअनुसार ‘तीन पुस्ते’ हेरेर सरुवा गर्न खोज्दा ढिलासुस्ती भएको प्रहरीको कर्मचारी प्रशासनमा लामो समय बसेर अवकास पाएका एसपी रवीन्द्र रेग्मी बताउँछन्। उनी भन्छन्, ‘सत्ता गठबन्धनलाई पनि मिलाएर सरुवा गर्नु पर्‍यो। त्यो मिलाउन समय लागेकाले सरुवाको प्रक्रिया पनि रोकिएको हो।’

पूर्वएसपी रेग्मीको कुरालाई पुष्टि गर्ने पात्र हुन् एसपी नवराज अधिकारी। उनको केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को गृहजिल्ला चितवन सरुवा भएको थियो। माओवादी केन्द्रनिकट मानिएका एसपी अधिकारी प्रचण्डको गृहजिल्लामा सरुवा हुनुलाई चुनावलक्षित सरुवाको रुपमा कतिपयले अर्थ्याउने गरेका छन्।

अझ सरुवाको पालो कुरेर बस्नेहरुमा एसपी भन्दा पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको संख्या ठूलो छ। २०७७ पुस २१ गते प्रहरी प्रधान कार्यालयले ६९ जना डीएसपीको सरुवा गरेको थियो। त्यसबेला सरुवा निस्किएकाहरुको १५ महिना पुग्न लाग्दासमेत नयाँ ठाउँमा सरुवा हुन सकेको छैन।

सोलुखुम्बुमा कवित कटवाल, ओखलढुंगामा गोबिन्दराज काफ्ले, म्याग्दीमा श्यामकुमार राई, रामेछापमा नवराज ढुंगाना, जाजरकोटमा मधुकुमार थापा, रुकुम पूर्वमा गणेशबहादुर श्रेष्ठ, रुकुम पश्चिममा धु्रबकुमार श्रेष्ठले जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालेको १५ महिना पुग्न लाग्दासमेत उनीहरुको सरुवा हुन सकेको छैन। 

Ncell 2
Ncell 2

इलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ, ईलाका प्रहरी कार्यालय लहान- सिरहामा डा तपनकुमार दाहाल, महानगरीय प्रहरी वृत्त जनसेवामा डिलबहादुर मल्ल, इलाका प्रहरी कार्यालय कोहलपुर- बाँकेमा रविन्द्र खनाल, इलाका प्रहरी कार्यालय पथरी- मोरङमा कृष्ण खड्का, इलाका प्रहरी कार्यालय बर्दिबासमा वीरेन्द्र थापा, दाङमा मुकुन्दप्रसाद रिजाल, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा लिलाराज लामिछाने, ललितपुर परिसरमा शरत थापा क्षेत्री, इलाका प्रहरी कार्यालय अनारमणिमा सन्तोष आचार्य, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुनिल दाहाललगायत थुप्रै डीएसपीहरुले इन्चार्जको जिम्मेवारी पाएको १५ महिना पुग्दासमेत सरुवा हुन नसकेको हो।

त्यसैगरी, इन्स्पेक्टरमा अधिकांशको १९ महिना पुगिसेकेको छ। तर, पनि उनीहरुको सरुवा अहिलेसम्म निस्कन सकेको छैन। २०७७ भदौमा सरुवा भएका इन्स्पेक्टहरुको अहिलेसम्म प्रहरी हेडक्वार्टरले सरुवा निकाल्न सकेको छैन।

नियमित सरुवा बेलैमा ननिकाल्दा प्रहरी अधिकारीका व्यक्तिगत समस्यादेखि सिंगो प्रहरी संगठन र राज्यलेसमेत मूल्य चुकाउनुपर्ने पूर्वएसपी रेग्मी बताउँछन्। 

‘अवधि पुगेपछि प्रहरी अधिकृतहरु सरुवाको मनस्थितिमा हुन्छन्। नयाँ र ठूलो प्रोजेक्ट चलाउँ, अपराध रोकथामका विभिन्न कार्यक्रम गरौं, यो केस सल्भ गरौं भन्ने तत्परता उनीहरुमा हुँदैन। नियमित पुलिसिङमा मात्रै रमाउँछन्। कतिखेर सरुवा भएर जाने हो भन्ने भएकाले ठूला काममा हात हालिँदैन। त्यो स्वाभाविक पनि हो’, रेग्मीले भने, ‘काम गर्ने उत्साह नभए त्यसको असर प्रहरीमा मात्र नभई सिंगो राज्यलाई नै पर्छ।’

अर्कोतर्फ व्यक्तिगत आवश्यकतासँग पनि सरुवा जोडिने भएकाले नियमित सरुवा रोकिँदा व्यक्तिगत समस्यासमेत आइपर्ने उनको बुझाई छ। प्रहरीको सरुवा बेलैमा नहुनुमा शक्तिकेन्द्र हाबी हुनु मुख्य कारण रहेको उनले बताए। 

‘कुन नेताले कसलाई रुचाएर कहाँ तान्ने भन्ने हुन्छ। सम्पर्क नभएको मान्छे चाहिँ खाली ठाउँ भर्न जाने हो। अझ चुनावको मुखमा त्यो झनै लागू हुन्छ’, रेग्मी भन्छन्।

शक्तिकेन्द्रलाई नरिझाएर सरुवा गरेको अवस्थामा त्यसको परिणाम सिंगो प्रहरी संगठनले समेत भोग्नु परेको उदाहरण एक प्रहरी अधिकारीले नेपाल लाइभलाई सुनाए। हेमबहादुर गुरुङ आईजीपी भएको बेलामा गृहमन्त्री वामदेव गौतम थिए। आईजीपी गुरुङले त्यो बेला गौतमलाई जानकारी नै नदिई इन्स्पेक्टरहरुको सरुवा गरेका थिए। त्यसबेलाको सरुवामा ‘राइट पर्सन इन राइट प्लेस’ भएको भन्दै संगठनभित्रबाटै प्रशंसा समेत भएको थियो।

तर, गृहमन्त्री गौतम भने आफूलाई जानकारी नै नदिई आईजीपीले आफूखुसी सरुवा गरेको भनेर रुष्ट मात्रै भएनन्, उनले प्रहरीको बजेट रोकिदिएको ती अधिकारीले सुनाए। ती अधिकारीका अनुसार प्रहरीले पाउनुपर्ने नियमित तलबभत्ता, रासन, लत्ताकपडाबाहेक गाडी खरिददेखि भवन निर्माण लगायत अन्य सामान खरिदको बजेट गृहमन्त्री गौतमले रोकिदिएका थिए।

अघिपछि सामान्य अवस्थामा समेत प्रहरीको सरुवामा शक्तिकेन्द्रको रजगज हुने अवस्थामा अहिले हुने सरुवा चुनावलक्षित भएकाले शक्तिकेन्द्रको चासो झनै बढ्ने र आफू अनुकूल हेरेर सरुवा गर्नुपर्ने भएकाले सरुवा लम्बिएको जानकारहरु बताउँछन्।

यद्यपि, प्रहरी संगठन भने सरुवा नियमित होस् भन्नेमै हुने पूर्वएसपी रेग्मी बताउँछन्। ‘विभाग नियमित रुपमा सरुवा होस् भन्ने चाहन्छ। किनभने इन्स्पेक्टरको गुनासो मन्त्रीकोमा जाओस् भन्नेमा आईजीपी हुँदैनन्। त्यसकारण आईजीपी सरुवा गर्न चाहान्छन् तर, आईजीपीले चाहेर पनि पोलिटिकल सपोर्टबिना सरुवा गर्न सक्दैनन्’, रेग्मी भन्छन्, ‘सरुवा गर्‍यो भने द्वन्द्व पनि निम्तिन सक्छ। त्यो रिस्क आईजीपी लिन चाहँदैनन्। त्यो द्वन्द्व हटाउन खोज्दाखेरी पोलिटिसियन र ब्यूरोक्रेटस् गैरजिम्मेवार भए भने आफ्नो व्यक्तिगत लाभ र परिस्थिति हेरेर सरुवा गर्छन्।’

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्