काठमाडौं- नेपाल एसबीआई बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। ऋणपत्र निष्कासन गर्नको लागि बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख ऋणपत्र बिक्री गर्न लागेको हो।
यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ। बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ-संस्थालाई बिक्री गर्नेछ।
यस ऋणपत्रमा वार्षिक ९.२५ प्रतिशत ब्याजदर पाइनेछ। बैंकले ५ वर्ष अवधिको ‘एसबीआई बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यपिटलले गर्नेछ। अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।