काठमाडौं- नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा नबहकिन अनुरोध गरेका छन्। नुवाकोटको तादी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने क्रममा उनले यस्तो अनुरोध गरेका हुन्।
उनले भने,‘एमसीसी हितमा छ। देशको विकासमा मद्दत गर्नेछ। दाजुभाइहरुलाई एमसीसीमा नबहकिन अनुरोध छ।’
उनले ‘बाटो खन्नसमेत सेना आउँछ’ भनेर हल्ला मच्याइएको बताए। एमसीसी संसद्मा पेस गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उनकै पार्टीका नेता भीम रावलले विरोध नगरेर अहिले गरिरहेको भन्दै देउवाले असन्तुष्टि पोखे।
रावल आफैं उक्त कार्यमा संलग्न हुने र विरोध गर्ने कुरा नमिलेको देउवाको भनाइ थियो। उनले विदेशसँग ऋण र अनुदान लिँदा राष्ट्रको स्वभिमानमा आँच आउने काम नगर्नेसमेत प्रष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।