काठमाडौं- जनता समाजवादी पार्टीका सांसद् प्रदीप यादवमाथि गरिएको अनुशासनको कारबाही फिर्ता भएको छ। उनलाई मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनसम्बन्धी कारबाही गरेको थियो।
'यही फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो कारबाही फिर्ता लिने निर्णय गरिएको व्यवहोरा अवगत गराइन्छ', गत १८ गते जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा यादवलाई पठाइएको पत्रमा भनिएको छ।
प्रदीप यादवले आफूलाई मन्त्री नबनाएपछि कतिपय ठाउँमा कार्यकर्तालाई प्रयोग गरेर अध्यक्षको आलोचना गरेका थिए। कतिपय ठाउँमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि जलाइएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।