फाइल तस्बिर
काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गर्ने हो भने बागमतीको आफूहरुलाई दिनुपर्ने बताएका छन्।
सुपमा हामीलाई नेतृत्व दिनुपर्ने भनेर एकीकृत समाजवादीले दाबी गरेको बताउँदै उनले केन्द्रमा भएको सहमतिअनुसार सुपमा दाबी गर्ने हो भने बागमती छाड्नुपर्ने बताए।
धनगढीको गेटा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले सबे चुनावमा गठबन्धन हुने बताए। यद्यपि, पहिलो जोड भने आफ्नो बलमै निर्वाचन लड्ने भन्ने तयारी रहेको उनको भनाइ थियो।
सहमति र समझदारीअनुसार नै गठबन्धन अगाडि बढेको उनले दाबी गरे। पार्टीभित्र केही असमभलदारी रहे पनि मूल नेतृत्व गठबन्धनकै पक्षमा रहेको उनले बताए।
सुपमा पनि हाम्रो प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरा अन्य दलबाट आएको बताउँदै उनले यहाँ धेरै संख्या बढाउन सक्ने अवस्था नरहेकाले कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए।
भएकालाई नै केही कम गरेर नेपाली कांगेसलाई सहभागी गराउने गरी मनत्रीपरिषद् पुनर्गठन गर्नसकिने समेत उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।