• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पूर्वमन्त्री श्रेष्ठको ग्यासदेखि क्रसर उद्योगसम्म लगानी : सम्पत्तिदेखि बैंकको बचतसम्म जफत गर्न अख्तियारको मागदाबी

64x64
नारायण अधिकारी मंगलबार, चैत १, २०७८  १०:२५
1140x725

काठमाडौं– शिक्षकबाट निजामती कर्मचारी हुँदै मन्त्रीसम्म भएका रामकुमार श्रेष्ठको घरजग्गादेखि बैंक मौज्दातसमेत जफत गर्नुपर्ने जिकिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ। 

शिक्षक सेवामा प्रवेश गरेको मिति २०२६ चैत १८ गतेदेखि २०७२ पुस ८ गतेसम्मको सम्पत्ति विवरणको अनुसन्धान गर्दा श्रेष्ठले अकुत सम्पत्ति कमाएको देखिएपछि उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा समेत दायर गरिसकेको छ।

२०२६ देखि २०३५ सम्म शिक्षक र त्यसपछि निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ २०६४ माघमा स्थानीय विकास मन्त्रालयको सचिवबाट सेवानिवृत्त भएका थिए। त्यसपछि उनी खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष भएको बेला २०६९ चैत ६ गतेदेखि २०७० माघ २९ गतेसम्म पर्यटन, शान्ति र खेलकुदमन्त्री समेत भएका थिए। उनै श्रेष्ठले ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ बराबरको अकुत सम्पत्ति (स्रोत नखुलेको) कमाएको भन्दै उनीविरुद्ध गत फागुन १५ गते विशेष अदालतमा मुद्दा दायर भएको हो। 

पूर्वमन्त्री श्रेष्ठसहित उनकी श्रीमती सरस्वती र छोरा सरोजविरुद्ध समेत मुद्दा दायर भएको छ। श्रेष्ठले कमाएको सम्पत्ति उनीहरुको नाममा समेत राखेको पाइएकाले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

काठमाडौंका घरजग्गादेखि बैंक मौज्दातसमेत जफत गर्न माग 
स्रोत नखुलेको सम्पत्तिबाट घरजग्गा जोड्नुका साथैं बैंक मौज्दातसमेत राखेको भन्दै ती सम्पत्ति जफत गर्नुपर्ने राय अख्तियारले विशेष अदालतमा पेस गरेको छ। अख्तियारले पेस गरेको अभियोग-पत्रमा सरस्वती श्रेष्ठको नाममा काठमाडौं महानगरपालिका–२९ मा रहेको घर जफत गर्नुपर्ने उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, सरस्वतीकै नाममा रहेको काठमाडौं–२६ को जग्गा, छोरा सरोजको नाममा रहेको स्वयम्भूको जग्गा, सरस्वतीको नाममा रहेको मनमैजुको जग्गा, रामकुमार, सरस्वती, तारानाथ सुवेदी र कमला सुवेदीसमेतको नाममा रहेको चितवन, कबिलासको जग्गासमेत जफत गर्नुपर्ने राय अख्तियारले पेस गरेको छ।

त्यसैगरी, प्राइम कमर्सियल बैंक लिमिटेडमा सरस्वतीको खातामा मौज्दात रहेको १४ लाख ३४ हजार ९५१, नबिल बैंकमा रामकुमारको खातामा रहेको २ लाख ७९ हजार ७ सय १८ रुपैयाँ, कृषि विकास बैंकमा सरोजको नाममा रहेको १ लाख ४६ हजार ११३ रुपैयाँ, प्रबुद्द बचत तथा श्रण सहकारीमा रामकुमारको नाममा रहेको ५ लाख ९२ हजार ९२३ रुपैयाँ र फर्च्युन बचत तथा ऋण सहकारीमा संस्थामा सरस्वतीको नाममा रहेको ७ लाख ६० हजार ८०३ रुपैयाँ जफत गर्नुपर्ने जिकिर अख्तियारको छ। 

यी सम्पत्ति जफत गर्दा पनि उनीहरुविरुद्धको बिगो दाबी नउठ्ने हुँदा बाँकी बिगो ३ करोड ७६ लाख ७६ हजार ७ सय १३ रुपैयाँ अचल सम्पत्तिबाट उठाउनुपर्ने अख्तियारको राय छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ग्यासदेखि क्रसरसम्म लगानी
अख्तियारले अकूत सम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरेका श्रेष्ठ परिवारले ग्यास उद्योगदेखि क्रसरसम्म लगानी गरेको खुलेको छ। छोरा सरोजको नामबाट श्रेष्ठ सिन कन्सर्न प्रालिमा २०४७ सालदेखि नै लगानी गरेको खुलेको छ। सरोजकै नामबाट मनकामना चलचित्र प्रालिमा पनि लगानी गरेको रामकुमारको बयानबाट खुलेको अख्तियारले आरोप-पत्रमा उल्लेख गरेको छ।

श्रीमती सरस्वतीको नामबाट मनकामना क्रसर उद्योगमा २०५६ सालेदेखि लगानी गरेको अख्तियारको दाबी छ। त्यतिबेलै २० लाख रुपैयाँ लगानी भएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। सरस्वतीकै नामबाट पञ्चबुद्ध खनिज उद्योगमा २०६६ सालमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ। त्यसबेला ५ लाख लगानी गरिएको थियो। उक्त रकम जग्गा खरिदमा लगानी गरेको आरोप-पत्रमा उल्लेख गरिएको छ। दोस्रो पटक पुनः १२ लाख रुपैयाँ उक्त खनिज उद्योगमा लगानी गरेको देखिएको अख्तियारको भनाई छ। 

त्यसैगरी, सौजन्य ग्यास उद्योगमा पनि श्रेष्ठ परिवारले लगानी गरेको भेटिएको छ। गोरखकाली रबर उद्योग, अपि हाईड्रो पावर र विभिन्न जलबिद्युत कम्पनीहरुमा समेत श्रेष्ठ परिवारले लगानी गरेको छ। 

रामकुमारको बयान– पुरानो भएकाले आय पुष्टि गर्ने प्रमाण छैनन् 
२०२६ सालदेखि सरकारी सेवामा प्रवेश गरेकोले २०२६ सालदेखि २०४४ सालसम्मको अवधिको गोरखा आरुघाटको हाम्रो एकासगोलको घर व्यवहारमा भएको खर्च रकमका विषयमा मलाई थाहा छैन। सम्पूर्ण कारोबार र सबै खर्च मेरो बुवा टेकबहादुर श्रेष्ठले पैतृक कृषि आय र दोकान व्यापारबाट हुने आय आर्जनले गोरखा आरुघाटको हाम्रो घर व्यवहारमा हुने घर खर्च, विवाह, ब्रतबन्ध, शैक्षिक खर्च, सामाजिक कार्यहरुसमेतको सम्पूर्ण खर्चहरु पुर्‍याउने गर्नु भएकोले मेरो कमाई, तलब भत्ता खर्च गर्नु परेन। सबै बचत भयो। 
मेरो धादिङ जिल्ला, सल्यानटारस्थित रहेको पैतृक खेतबाट प्रात हुन आएको एकासगोलको कृषि आयलाई अनुमानकै भरमा एकमुष्ट आय उल्लेख गरेको छु। अंशबण्डा हुनु पर्ने एकासगोलको कृषि आयलाई पुष्टि गर्ने कुनै सम्झौता वा आधार प्रमाणहरु केही छैनन्। विभिन्न व्यक्तिहरुलाई अधियामा कमाउन दिएको थियो। धेरै पुरानो भएकोले मसँग सो आय पुष्टि गर्ने कुनै आधार प्रमाणहरु छैनन्। यसैगरी, गोरखा, आरुघाट–१ स्थित एकासगोलको पैतृक घरहरुको घरभाडा पुष्टि गर्ने कुनै आधार प्रमाणहरु नभएतापनि घरभाडा मागदाबी लिई अनुमानित भाडा उल्लेख गरेको छु।  
हामीहरुको एकासगोलको पैतृक सम्पत्ति आमा कृष्णकुमारी श्रेष्ठको नाममा छ। हालसम्म अंशबण्डा भएको छैन। आमा समय समयमा बिरामी भइरहनु हुन्छ। आर्थिक वर्ष २०५८/५९ देखि हामी तीन दाजुभाइहरु मानो छुट्टिएर अलग अलग बसी आ–आफ्नो पेसा व्यवसाय गर्दै आएका छौं। 
म रामकुमार श्रेष्ठ, श्रीमती सरस्वती श्रेष्ठ, छोराहरु सरोज श्रेष्ठ, र रोशन श्रेष्ठको प्रिमियममा लगानी, मनकामना क्रसर उद्योग, पञ्चबुद्ध खनिज उद्योग, गोरखकाली रबर उद्योग, अपि हाइड्रो पावर, जलविद्युत कम्पनीहरुमा गरिएको लगानीसमेत रहेको छ। 
अमेरिकामा रहेका मेरा छोराहरु सरोज श्रेष्ठ र रोशन श्रेष्ठले आफैंले कमाएको आम्दानी (डलर) ले अमेरिकामा खरिद गरेका २ वटा घरहरु छन्। 
दैनिक भ्रमण भत्ता, निर्वाचनमा मतदान केन्द्रमा खटिँदाको भत्ता, नेपाल आयल निगमको मिटिङ भत्ता, लोकसेवा आयोगबाट प्राप्त उत्तर पुस्तिका जाँचेको भत्तासमेतको भत्ताहरुलाई अनुमानकै भरमा उल्लेख गरेको छु। धेरै पुरानो भएकोले मसँग सो आय पुष्टि गर्ने कुनै आधार प्रमाणहरु छैनन्। धेरै पुरानो कारोबार भएको, लेखा राख्ने व्यवस्था नभएको, सम्झनाको आधारमा बयान दिनुपर्दा केही सवालहरुको जवाफ फरक पर्न गएको छ। १३ पानेमा उल्लेखित विवरण सत्य तथ्यमा आधारित विवरणहरु हुन्। बयानको क्रममा बैंक स्टेटमेन्ट भिडाएर सवालजवाफ गर्दा फरक पर्न गएको हो। मैले माथि दफा दफामा मागदाबी लिएका पैतृक कृषि आय मेरो मात्र नभई एकासगोलका सबै अंशियारहरुको आय हो। बुबा २०४४ सालमा निधन भएपछि दोकानको सामान बिक्री गर्दा प्राप्त भएको रकम सगोलकै काममा खर्च भएको छ। हामी दाजुभाइहरु बुबाको निधनपछि स्वतन्त्र रुपमा आ–आफ्नो पेसा व्यवसाय गरी बसेका छौं।
मेरा छोराहरु सरोज श्रेष्ठ र रोशन श्रेष्ठ अमेरिकामा रहे बसेकोले उनीहरु बयान कार्यको लागि आउन सक्ने अवस्था नरहेको, नभएको र निजहरुको तर्फबाट सबै सवालहरुको जवाफ मैले माथि दफा दफामा लेखि लेखाई सकेकोले सोही ब्यहोरा जानकारी गराएको छु। म रामकुमार श्रेष्ठ र मेरो परिवारहरुका नाममा नेपाल सरहदभित्र भएका चल–अचल सम्पत्तिहरुको हकमा मेरो आयस्रोतले नखामेको अवस्थामा वा आयस्रोत पुष्टि हुन नसकेमा प्रचलित कानुन बमोजिम सम्पूर्ण कारोबारको जिम्मेवार म हुनेछु।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्