• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
पूर्वमन्त्री श्रेष्ठको ग्यासदेखि क्रसर उद्योगसम्म लगानी : सम्पत्तिदेखि बैंकको बचतसम्म जफत गर्न अख्तियारको मागदाबी
64x64
नारायण अधिकारी मंगलबार, चैत १, २०७८  १०:२५
1140x725

काठमाडौं– शिक्षकबाट निजामती कर्मचारी हुँदै मन्त्रीसम्म भएका रामकुमार श्रेष्ठको घरजग्गादेखि बैंक मौज्दातसमेत जफत गर्नुपर्ने जिकिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ। 

शिक्षक सेवामा प्रवेश गरेको मिति २०२६ चैत १८ गतेदेखि २०७२ पुस ८ गतेसम्मको सम्पत्ति विवरणको अनुसन्धान गर्दा श्रेष्ठले अकुत सम्पत्ति कमाएको देखिएपछि उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा समेत दायर गरिसकेको छ।

२०२६ देखि २०३५ सम्म शिक्षक र त्यसपछि निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ २०६४ माघमा स्थानीय विकास मन्त्रालयको सचिवबाट सेवानिवृत्त भएका थिए। त्यसपछि उनी खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष भएको बेला २०६९ चैत ६ गतेदेखि २०७० माघ २९ गतेसम्म पर्यटन, शान्ति र खेलकुदमन्त्री समेत भएका थिए। उनै श्रेष्ठले ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ बराबरको अकुत सम्पत्ति (स्रोत नखुलेको) कमाएको भन्दै उनीविरुद्ध गत फागुन १५ गते विशेष अदालतमा मुद्दा दायर भएको हो। 

पूर्वमन्त्री श्रेष्ठसहित उनकी श्रीमती सरस्वती र छोरा सरोजविरुद्ध समेत मुद्दा दायर भएको छ। श्रेष्ठले कमाएको सम्पत्ति उनीहरुको नाममा समेत राखेको पाइएकाले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

काठमाडौंका घरजग्गादेखि बैंक मौज्दातसमेत जफत गर्न माग 
स्रोत नखुलेको सम्पत्तिबाट घरजग्गा जोड्नुका साथैं बैंक मौज्दातसमेत राखेको भन्दै ती सम्पत्ति जफत गर्नुपर्ने राय अख्तियारले विशेष अदालतमा पेस गरेको छ। अख्तियारले पेस गरेको अभियोग-पत्रमा सरस्वती श्रेष्ठको नाममा काठमाडौं महानगरपालिका–२९ मा रहेको घर जफत गर्नुपर्ने उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2

त्यस्तै, सरस्वतीकै नाममा रहेको काठमाडौं–२६ को जग्गा, छोरा सरोजको नाममा रहेको स्वयम्भूको जग्गा, सरस्वतीको नाममा रहेको मनमैजुको जग्गा, रामकुमार, सरस्वती, तारानाथ सुवेदी र कमला सुवेदीसमेतको नाममा रहेको चितवन, कबिलासको जग्गासमेत जफत गर्नुपर्ने राय अख्तियारले पेस गरेको छ।

त्यसैगरी, प्राइम कमर्सियल बैंक लिमिटेडमा सरस्वतीको खातामा मौज्दात रहेको १४ लाख ३४ हजार ९५१, नबिल बैंकमा रामकुमारको खातामा रहेको २ लाख ७९ हजार ७ सय १८ रुपैयाँ, कृषि विकास बैंकमा सरोजको नाममा रहेको १ लाख ४६ हजार ११३ रुपैयाँ, प्रबुद्द बचत तथा श्रण सहकारीमा रामकुमारको नाममा रहेको ५ लाख ९२ हजार ९२३ रुपैयाँ र फर्च्युन बचत तथा ऋण सहकारीमा संस्थामा सरस्वतीको नाममा रहेको ७ लाख ६० हजार ८०३ रुपैयाँ जफत गर्नुपर्ने जिकिर अख्तियारको छ। 

यी सम्पत्ति जफत गर्दा पनि उनीहरुविरुद्धको बिगो दाबी नउठ्ने हुँदा बाँकी बिगो ३ करोड ७६ लाख ७६ हजार ७ सय १३ रुपैयाँ अचल सम्पत्तिबाट उठाउनुपर्ने अख्तियारको राय छ।

shivam cement
shivam cement

ग्यासदेखि क्रसरसम्म लगानी
अख्तियारले अकूत सम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरेका श्रेष्ठ परिवारले ग्यास उद्योगदेखि क्रसरसम्म लगानी गरेको खुलेको छ। छोरा सरोजको नामबाट श्रेष्ठ सिन कन्सर्न प्रालिमा २०४७ सालदेखि नै लगानी गरेको खुलेको छ। सरोजकै नामबाट मनकामना चलचित्र प्रालिमा पनि लगानी गरेको रामकुमारको बयानबाट खुलेको अख्तियारले आरोप-पत्रमा उल्लेख गरेको छ।

श्रीमती सरस्वतीको नामबाट मनकामना क्रसर उद्योगमा २०५६ सालेदेखि लगानी गरेको अख्तियारको दाबी छ। त्यतिबेलै २० लाख रुपैयाँ लगानी भएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। सरस्वतीकै नामबाट पञ्चबुद्ध खनिज उद्योगमा २०६६ सालमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ। त्यसबेला ५ लाख लगानी गरिएको थियो। उक्त रकम जग्गा खरिदमा लगानी गरेको आरोप-पत्रमा उल्लेख गरिएको छ। दोस्रो पटक पुनः १२ लाख रुपैयाँ उक्त खनिज उद्योगमा लगानी गरेको देखिएको अख्तियारको भनाई छ। 

त्यसैगरी, सौजन्य ग्यास उद्योगमा पनि श्रेष्ठ परिवारले लगानी गरेको भेटिएको छ। गोरखकाली रबर उद्योग, अपि हाईड्रो पावर र विभिन्न जलबिद्युत कम्पनीहरुमा समेत श्रेष्ठ परिवारले लगानी गरेको छ। 

रामकुमारको बयान– पुरानो भएकाले आय पुष्टि गर्ने प्रमाण छैनन् 
२०२६ सालदेखि सरकारी सेवामा प्रवेश गरेकोले २०२६ सालदेखि २०४४ सालसम्मको अवधिको गोरखा आरुघाटको हाम्रो एकासगोलको घर व्यवहारमा भएको खर्च रकमका विषयमा मलाई थाहा छैन। सम्पूर्ण कारोबार र सबै खर्च मेरो बुवा टेकबहादुर श्रेष्ठले पैतृक कृषि आय र दोकान व्यापारबाट हुने आय आर्जनले गोरखा आरुघाटको हाम्रो घर व्यवहारमा हुने घर खर्च, विवाह, ब्रतबन्ध, शैक्षिक खर्च, सामाजिक कार्यहरुसमेतको सम्पूर्ण खर्चहरु पुर्‍याउने गर्नु भएकोले मेरो कमाई, तलब भत्ता खर्च गर्नु परेन। सबै बचत भयो। 
मेरो धादिङ जिल्ला, सल्यानटारस्थित रहेको पैतृक खेतबाट प्रात हुन आएको एकासगोलको कृषि आयलाई अनुमानकै भरमा एकमुष्ट आय उल्लेख गरेको छु। अंशबण्डा हुनु पर्ने एकासगोलको कृषि आयलाई पुष्टि गर्ने कुनै सम्झौता वा आधार प्रमाणहरु केही छैनन्। विभिन्न व्यक्तिहरुलाई अधियामा कमाउन दिएको थियो। धेरै पुरानो भएकोले मसँग सो आय पुष्टि गर्ने कुनै आधार प्रमाणहरु छैनन्। यसैगरी, गोरखा, आरुघाट–१ स्थित एकासगोलको पैतृक घरहरुको घरभाडा पुष्टि गर्ने कुनै आधार प्रमाणहरु नभएतापनि घरभाडा मागदाबी लिई अनुमानित भाडा उल्लेख गरेको छु।  
हामीहरुको एकासगोलको पैतृक सम्पत्ति आमा कृष्णकुमारी श्रेष्ठको नाममा छ। हालसम्म अंशबण्डा भएको छैन। आमा समय समयमा बिरामी भइरहनु हुन्छ। आर्थिक वर्ष २०५८/५९ देखि हामी तीन दाजुभाइहरु मानो छुट्टिएर अलग अलग बसी आ–आफ्नो पेसा व्यवसाय गर्दै आएका छौं। 
म रामकुमार श्रेष्ठ, श्रीमती सरस्वती श्रेष्ठ, छोराहरु सरोज श्रेष्ठ, र रोशन श्रेष्ठको प्रिमियममा लगानी, मनकामना क्रसर उद्योग, पञ्चबुद्ध खनिज उद्योग, गोरखकाली रबर उद्योग, अपि हाइड्रो पावर, जलविद्युत कम्पनीहरुमा गरिएको लगानीसमेत रहेको छ। 
अमेरिकामा रहेका मेरा छोराहरु सरोज श्रेष्ठ र रोशन श्रेष्ठले आफैंले कमाएको आम्दानी (डलर) ले अमेरिकामा खरिद गरेका २ वटा घरहरु छन्। 
दैनिक भ्रमण भत्ता, निर्वाचनमा मतदान केन्द्रमा खटिँदाको भत्ता, नेपाल आयल निगमको मिटिङ भत्ता, लोकसेवा आयोगबाट प्राप्त उत्तर पुस्तिका जाँचेको भत्तासमेतको भत्ताहरुलाई अनुमानकै भरमा उल्लेख गरेको छु। धेरै पुरानो भएकोले मसँग सो आय पुष्टि गर्ने कुनै आधार प्रमाणहरु छैनन्। धेरै पुरानो कारोबार भएको, लेखा राख्ने व्यवस्था नभएको, सम्झनाको आधारमा बयान दिनुपर्दा केही सवालहरुको जवाफ फरक पर्न गएको छ। १३ पानेमा उल्लेखित विवरण सत्य तथ्यमा आधारित विवरणहरु हुन्। बयानको क्रममा बैंक स्टेटमेन्ट भिडाएर सवालजवाफ गर्दा फरक पर्न गएको हो। मैले माथि दफा दफामा मागदाबी लिएका पैतृक कृषि आय मेरो मात्र नभई एकासगोलका सबै अंशियारहरुको आय हो। बुबा २०४४ सालमा निधन भएपछि दोकानको सामान बिक्री गर्दा प्राप्त भएको रकम सगोलकै काममा खर्च भएको छ। हामी दाजुभाइहरु बुबाको निधनपछि स्वतन्त्र रुपमा आ–आफ्नो पेसा व्यवसाय गरी बसेका छौं।
मेरा छोराहरु सरोज श्रेष्ठ र रोशन श्रेष्ठ अमेरिकामा रहे बसेकोले उनीहरु बयान कार्यको लागि आउन सक्ने अवस्था नरहेको, नभएको र निजहरुको तर्फबाट सबै सवालहरुको जवाफ मैले माथि दफा दफामा लेखि लेखाई सकेकोले सोही ब्यहोरा जानकारी गराएको छु। म रामकुमार श्रेष्ठ र मेरो परिवारहरुका नाममा नेपाल सरहदभित्र भएका चल–अचल सम्पत्तिहरुको हकमा मेरो आयस्रोतले नखामेको अवस्थामा वा आयस्रोत पुष्टि हुन नसकेमा प्रचलित कानुन बमोजिम सम्पूर्ण कारोबारको जिम्मेवार म हुनेछु।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
उमागौरी सहकारीको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश नेकपा एमालेका सांसद तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि यो सहकारीको बचत अपचल... बिहीबार, जेठ १, २०८२
तीनकुनेको आपराधिक घटनामा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति काठमाडौँ जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताएका... बिहीबार, जेठ १, २०८२
किर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो। बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
कम्युनिष्ट पार्टी नयाँ धरातलबाट हिँड्नुपर्छ : झलनाथ खनाल बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्