काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता पारित गर्ने सन्दर्भमा पार्टीबाट भएको पूर्व निर्णय फेल भएमा राजीनामा दिने घोषणा गरेका छन्।
आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुने र छलफल पछिको निष्कर्षका क्रममा फेल भएमा राजीनामा दिने प्रचण्डको भनाइ छ।
पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘ आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ। फेल भयो भने राजीनामा दिन्छु। ढुक्क हुनुहोला।’
एमसीसीबारे पार्टीमा विवाद रहेको र हाललाई एउटा अपिलमार्फत् एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने प्रचण्डको भनाइ थियो।
व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने समेत प्रचण्डले चेतावनी दिए।
प्रचण्डले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि बताए। तर, गठबन्धनका दलहरुबीच स्थानीय तहको चुनावमा तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।