काठमाडौं– नेपाली काँग्रेसले आज (आइतबार)देखि स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान सुरु गर्दैछ। चैत २९ गतेसम्म एक महिनाका लागि सञ्चालन हुने उक्त अभियानको आज एक समारोहबीच पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ नारासहित सञ्चालन हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ थालनी गर्ने कांग्रेसको तयारी छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी कांग्रेसले पहिलो चरणको अभियान सुरु गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए।
अभियानमार्फत घरघरमै पुगेर जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव संकलन गर्ने उनले बताए।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आठवटा मुद्दामा अभियान केन्द्रित गरिने बताए। उनका अनुसार स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य अभियानको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।