काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बालुवामा राखेको मुलको संज्ञा दिएका छन्। शनिबार निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘मुलाको सानोतिनो भए पनि जरा हुन्छ। यो जरा नभएको अदालतले बालुवा खोस्रेर राखेको मुला हो। जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौं।’
आफूले जनमत लिन दिन कुरिरहेको उनले बताए। अदालतले सारेका मुलालाई उखेल्ने वैधानिक विधि चाहिने बताउँदै जनताको मतबाट त्यसलाई उखेल्ने उनको दाबी छ।
उनले थपे, ‘यो सरकारले त्यस्तो मुला हो, टपक्क टिपिदिने हो गइहाल्छ। एकछिन हल्लाउनुपर्दैन। हामी तान्ने दिन खोजिरहेका छौं। भागेर कहाँ जान्छन्।’
उनले हिजो जस्तै परिणामको कल्पना नगर्न गठबन्धनलाई चेतावनी दिएका छन्। एमालेले स्वीपआउट गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।