• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

साफ यू–१८ महिला च्याम्पियनसिप : अनुभवी खेलाडी र अभ्यासबेगर उपाधिको चाहना 

64x64
दीप सुवेदी शनिबार, फागुन २८, २०७८  ०७:००
1140x725

काठमाडौं- चार दिनपछि भारतमा साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ। र, नेपाली टोली उपाधि जित्ने एकमात्र लक्ष्यसहित शनिबार त्यसतर्फ प्रस्थान गर्दै छ। उपाधिकै लक्ष्य राखेको नेपाली टोलीको त्यो लक्ष्य भने यथार्थभन्दा टाढा देखिन्छ। त्यसको कारण हो, उपाधि लक्ष्य बोकेको टोलीमा अनुभवी खेलाडीसँगै अभ्यासको अभाव। 

यो प्रतियोगिता सुरु हुनुभन्दा ठीकअगाडिको यथार्थ हो। तर, यो अहिलेको यथार्थ मात्र पनि होइन। विगतले पनि यही भन्छ। सुरुमा विगतबाटै चर्चा गरौं।

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबललाई फर्केर हेर्ने हो भने यसको स्वरुप खुम्चिँदै गएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले सन् २०१८ मा प्रतियोगिता सुरु गर्दा सार्क राष्ट्रका श्रीलंकाबाहेक ६ टोलीले सहभागिता जनाएका थिए। 

तर, कोरोना महामारी, सार्कका सदस्य राष्ट्रभित्र जारी द्वन्द्व र महिला फुटबलमा घट्दो लगानीका कारण सन् २०२२ मा आइपुग्दा प्रतियोगितामा नेपाल, भारत र बंगलादेश तीन टोली मात्र बाँकी छन्। जति टोली छन्, साफ पनि त्यसमै चित्त बुझाउँदै छ। सहभागी हुने तीन टोलीलाई समेटेर साफ चाहिँ डबल राउण्ड रोविन प्रणालीअनुसार प्रतियोगिता भारतको जम्सेदपुरमा चैत १ देखि १० गतेसम्म सञ्चालन गर्न कस्सिएको छ।

प्रतियोगितामा सहभागिता जनाउने टोलीसँगै नेपाली महिला टोलीको उपलब्धि खुम्चिँदै छ। पहिलो संस्करणमा समूह विभाजन गरेर खेलाउँदा उपविजेता बनेको नेपाल दोस्रो संस्करणमा राउण्ड रोविन प्रणालीमा पाँच देशबीच प्रतिस्पर्धा हुँदा तेस्रो स्थानमा पुगेको थियो।

लगातार दुई संस्करणको उपाधि विजेता हो, बंगलादेश। यसपालि नेपालको लक्ष्य भने उपाधि उचाल्नु नै हो। तर, पछिल्लो संस्करणको विजेता बंगलादेश र उपविजेता तथा आयोजक भारतसँग खेल्ने नेपाली टोलीको तयारी भने विजेता बन्नेगरीको छैन। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीका लागि फागुन ११ गतेदेखि मात्र बन्द प्रशिक्षण थालेको थियो। दर्शन भक्तराज लवटलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेसँगै एन्फाको लागि अर्को चुनौती बन्यो, खेलाडी।

यसै पनि नेपालमा पछिल्लो समय महिला फुटबलका गतिविधि निकै सुस्ताएका छन्। त्यसमाथि कोरोना महामारी र पुरुष फुटबललाई महत्त्व दिएर अघि बढिरहेको एन्फाले उमेर समूहको प्रतियोगितमा पर्याप्त ध्यान दिनसकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

एन्फाको महिला फुटबलमा योगदान भनेको गत कात्तिकमा आयोजित उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता नै हो। उक्त प्रतियोगितामा गरेको प्रदर्शनलाई हेरेर ४० खेलाडीलाई एन्फाले प्रारम्भिक टोलीमा बोलाएको थियो।

सो प्रतियोगितामा सिनियर टोलीको सहभागिता रहे पनि त्यसमा खेलेका १८ वर्षमूनिका उत्कृष्ट खेलाडी खोज्नु र बन्द प्रशिक्षणमा बोलाउनु चुनौतीपूर्ण थियो नै।

त्यही प्रतियोगिताको आधार र बन्द प्रशिक्षणमा देखाएको क्षमताकै आधारमा जेनेतन टोली निर्माण गरेको बताउँछिन् यू–१८ महिला टोलीकी सहायक प्रशिक्षक भगवती थापा। ‘धेरैजसो खेलाडी उपमेयर कपबाट छानिएका छन्। त्यसबाहेक जिल्लासँग समन्वय गरेर जिल्लामा राम्रो खेलिरहेका केही खेलाडीलाई राख्यौं,’ उनी भन्छिन्, ‘जति बोलाइएका थिए, उनीहरुले सजिलै सिके। त्यसैले हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो।’

अहिलेको जस्तै नेपाली महिला टोलीको लक्ष्य सन् २०१८ मा पनि फरक थिएन। उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली टोली त्यसबाट एक कदम मात्र टाढा थियो। त्यो लक्ष्य प्राप्त गर्न लागि नेपालले फाइनलमा अपराजित रहेको बंगलादेशसँग प्रतिस्पर्धा गर्नु थियो। 

Xtrem

Xtrem

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको सेमिफाइनलमा नेपालले चिरिपरिचित प्रतिद्वन्द्वी भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। जसमा गोलकिपर अन्जना मगरले दुई ‘स्पट किक’ रोकेकी थिइन्। यस्तै, बंगलादेशले भुटानलाई ४–० ले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो। 

भारतलाई सेमिफाइनलमा हराएपछि नेपाली टोलीको मनोबल उच्च थियो। पुरुष होस् या महिला, फुटबलमा नेपालमाथि हाबी थियो भारत। तर, पेनाल्टी सुटआउटर्मा भारत पाखा लागेपछि भारत बलियो छ भन्ने मनोवैज्ञानिक डर नेपाली खेलाडीमा हटेको थियो। तर, ‘अति गरे खति हुने’ नेपाली आहान त्यहीँ चरितार्थ भयो।

फाइनल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको भए पहिलो संस्करणको प्रतियोगिताको उपाधि मात्र होइन, समूह चरणमा ब्यहोरेको हारको बदलासमेत लिने थियो। 

समूह ‘बी’ मा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो। नेपाललाई त्यो हारको बदला लिने उपयुक्त अवसर थियो फाइनल खेल। तर, फाइनल खेलको दोस्रो हाफमा कमजोर खेल प्रदर्शन गर्दा डिफेन्डर बंगलादेशी मसुरा परभिनले गरेको एकमात्र गोलबाट नेपाल पराजित मात्र भएन, उपाधिबाट बञ्चित पनि भयो।

हुन त बंगलादेश बलियो प्रतिद्वन्द्वी थियो। पहिलो खेलमै पाकिस्तानलाई १७–० ले पराजित गरेको बंगलादेशले प्रतियोगितामा २३ गोल गर्दा १ गोल मात्र खाएको थियो।

तर, नेपालसँग अनुकुलता पनि थियो। त्यो थियो, बंगलादेशी खेलाडीले बोकेको चोट। चोटका कारण सेमिफाइनलमा आयोजक भुटानलाई ४–० ले पराजित गरेपछि फरवार्ड सिरात जहाँ शोपना टोलीमा फर्किए पनि पहिलो हाफमा बंगलादेशले आफ्नो प्राकृतिक खेल खेल्न सकेन। 

पासिङमा गल्ती गरिरहँदा र मिडफिल्डबाट आक्रमण बुन्न नसक्दा बंगलादेशमाथि नेपाल हाबी थियो। तर, कमजोर रणनीति र मनोवैज्ञानिक त्रास नेपाली खेलाडीमा हाबी भयो। 

यसपालि पनि त्यही नतिजा दोहोरिने आशंकामा छिन्, नेपालको कप्तानी सहाल्ने तयारी गरेकी प्रिती राई। तयारीको लागि पाएको समय र नेपाली टोलीमा अन्तर्राष्ट्रिय एक्स्पोजर पाएका खेलाडीको सहभागिता अत्यन्तै न्यून हुनुले अरु टोलीभन्दा कमजोर महसुस भएको उनी बताउँछिन्।

‘हाम्रो लागि यो प्रतियोगिता महत्त्वपूर्ण छ। तर, तयारी कम हुँदा ठूला प्रतिस्पर्धीसामू नेपाली टोलीलाई चुनौति धेरै छ,’ उनी भन्छिन्।

यू–१८ टोलीबीचको प्रतिस्पर्धालाई नै निरन्तरता दिइँदा नेपाली टोलीमा प्रितीबाहेक अघिल्ला दुई संस्करण खेलेका सिनियर राष्ट्रिय टोलीका खेलाडी अहिले कोही छैनन्।

यसअगाडि भने गत पुस पहिलो साता आयोजित यू–१९ साफ (कोरोना महामारीका कारण यू–१८ लाई नै यु–१९ बनाइएको थियो) को सेमिफाइनलमा पुग्ने नेपाली टोलीमा ६ जना राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी थिए। त्यतिबेला नेपालले बंगलादेशसँग बराबरी खेलको थियो भने भारतसँग पराजित हुँदै उपाधि उचाल्ने लक्ष्यबाट बञ्चित भएको थियो।

यसपल्ट कम अनुभवी र नयाँ खेलाडी भएपनि प्रीतिले बलियो साहस जुटाएकी छन्। उनी बिगतमा बलियो मानिएका टोलीलाई हराएर उपाधि जित्ने लक्ष्यमा रहेको बताउँछिन्। 

टोलीका हरेक खेलाडीले यही प्रतियोगितालाई ध्यानमा राख्दै एन्फाले प्रशिक्षणमा बोलाउनुअघि नै आ–आफ्नो हिसावबाट तयारी गर्दै आएका थिए। खेलाडीले गरेको मिहिनेत र विगत एक महिनादेखि बन्द प्रशिक्षणमा बस्दा भने केही सहज महसुस गरेको प्रीती बताउँछिन्।

‘एक महिना अभ्यास गर्दा टोलीमा देखिएको कमीकमजोरी सुधार भएको छ। त्यसअधि पनि अभ्यास गरिरहेकाले हामीलाई केही असहज छैन,’ उनी भन्छिन्।

हुन त एन्फाले सिनियर टोलीलाई प्राथमिकतामा राख्दै आएको छ। त्यस्तै प्राथमिकता एएफसी महिला एसियन कप छनोट–२०२२ तयारीमा पनि उसले दिएको थियो। त्यसबेला नेपाली महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलमध्ये एउटा २–१ ले जितेको थियो भने एउटा गोलरहित बराबरी खेलेको थियो। गत असोजमा मैत्रीपूर्ण यो खेल खेल्दा झण्डै चार दशकदेखि फुटबल खेल्दै आएको नेपाली महिला टोली पहिलोपटक दशरथ रंगशालामा उत्रिएको थियो। 

तर, नेपाली महिला टोली एएफसी महिला एसियन कप छनोट–२०२२ प्रतियोगिताको समूह चरणबाटै बाहिरिएपछि त्यसयता महिला फुटबल फुटबल सुस्ताएको छ।  त्यही सुस्ताएको फुटबलको मारमा यू– १८ महिला टोली परेको छ।

उनीहरुले मैत्रीपूर्ण खेल खेल्नु त परै जाओस्, सिनियर टोलीसँग पनि अभ्यास गर्न पाएनन्। सिनियर टोलीसँग अभ्यास मात्रै गर्न पाएको भए केही मात्रामा भएपनि फक्रँदै गरेको यू–१८ फुटबल टोलीका खेलाडीले सिक्ने मौका पाउँथे। तर, एन्फा त्यसमा अग्रसर भएन। नियमित अभ्यासमै सिमित रह्यो। 

सिक्दै गरेका खेलाडीलाई एक महिने अभ्यास आफैमा निकै हो। खेलाडीलाई एक अर्काको खेल्ने शैली बुझ्न नै एक महिनाभन्दा बढी समय लाग्छ। तर, एन्फाले देखाएको उदासीनताका बाबजुद आफूहरुले गर्नुपर्ने कसरत केही बाँकी नराखेको प्रीति बताउँछिन्।

‘हामीले प्रतिस्पर्धा गर्ने टोली हामीभन्दा निकै बलिया छन्। त्यहीअनुसार हामीले तयारी गरेका छौं। नियमित अभ्यास गरिरहेकै कारण फिटनेसमा पनि कुनै समस्या छैन,’ उनले भनिन्।

तर, नेपाली टोलीको समस्या भनेको फिटनेस मात्र होइन, खेल्ने शैली पनि हो। नेपाल टोलीले बिगतमा बलिया भनिएका टोलीविरुद्ध मैदानमा उत्रिँदा रक्षात्मक रणनीति अपनाउँदै आएको छ। जुन रणनीति केही हदसम्म सन्तोषजनक देखिन्छ। तर, फुटबलको विकाससँगै खेलाडी र टोलीको रणनीति पनि परिवर्तन हुँदै जान्छ, जानुपर्छ। 

अहिले अधिकांश टोली आक्रामक खेल खेल्न रुचाउँछन्। तर, नेपाली टोली भने पूरानो रक्षात्मक रणनीतिलाई नै अबलम्बन गरिरहेको छ। यसले खेल जितेपनि आफ्नो लक्ष्यमा भने पुग्न नसकिने प्रीतिको अनुभव छ।

‘बिगतमा को बलियो या को कमजोर थियो भन्ने कुरा बिर्सनुपर्छ। बिगतका विपक्षीको स्तर पनि बिर्सनुपर्छ। अहिले आक्रामक र आत्मविश्वासी प्रर्दशन गर्न सके सकारात्मक नतिजा निकाल्न सकिन्छ,’ उनी भन्छिन्। 

शनिबार भारत प्रस्थान गर्ने नेपाली टोलीले उद्घाटन खेलमा आयोजक भारतसँग चैत १ गते खेल्नेछ। नेपालले दोस्रो खेल चैत ३ मा बंगलादेशसँग खेल्नेछ। यस्तै चैत ७ मा फेरि भारतसँग र चैत ९ मा बंगलादेशसँग खेल्नेछ। एकापसमा दुई–दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ।

नेपाली टोली
प्रिती राई (कप्तान), सावित्री किशन, लिला जोशी, पूजा थापा, सबिना चौधरी, मन्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, शुनकला राई, अन्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई।

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्