काठमाडौं- एमसीसी अन्तर्गतको परियोजना निर्माणका लागि हुने अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभामा सम्बोधन गर्दै उनले एमसीसीमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुने भएकाले त्यसमा हिम्मत गर्न र सफल हुन आग्रह गरेका हुन्।
नेपाली निर्माण व्यवसायी सफल भएमा आफू सबैभन्दा बढी खुसी हुने उनको भनाइ छ
। 'अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुनुपर्छ। अमेरिकाको कानुनले नै अन्तर्राष्ट्रिय बोलपत्र गराउनुपर्ने भनेको छ। त्यसमा संसारका जुनसुकै मुलुकका पनि यसमा आउन सक्दछन्। चीनका होस्, भारतका होस्। नेपालकै किन नहोस्। त्यसैले यसमा ध्यान दिनुहोला', उनले भने।
एमसीसी परियोजना अन्तर्गत नेपालमा प्रसारण लाइन र रणनीतिक सडक निर्माण हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।