काठमाडौं– राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा माओवादी नै रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। देश माओवादीकै एजेन्डामा चलिरहेको बताउँदे उनले  राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन्।
शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सबै निर्वाचनसम्म गठबन्धन सुरक्षित रहने बताए। माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका उनले एमसीसीको विषयलाई लिएर गठबन्धनमा कुनै खटपन नभएको बताए।
प्रचण्डले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको दाबी गरे। अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताए।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।