काठमाडौं– उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरिएको छ।
बिहीबार बसेको न्याय परिषद्को बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो।
परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबाबु कुँवरलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने गर्ने निर्णय समेत गरेको छ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठकले न्यायाधीशहरुको नियुक्ति तथा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
संविधानको धारा १२९ को उपधारा (२)मा न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।
यस्तै, न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने व्यवस्था संविधानको धारा १४० को उपधारा (१)मा व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।