काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन पनि जारी छ। बिहान साढे ११ बजेदेखि सुरु भएको बैठकमा समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत भइरहेका छन्।
समूहगत छलफलका लागि बुधबार नै सात वटा भूगोल प्रदेश, एउटा उपत्यका विशेष र सम्पर्क प्रदेश, अर्को विभाग र मोर्चाहरु भनेर ९ वटा समूह बनाइएको थियो।
हिजैदेखि सुरु भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइसकेपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिने कार्यक्रम छ। त्यस्तै, सम्मानित नेता झलनाथ खनालले पनि मन्तव्य राख्नेछन्। समसामयिक प्रस्ताव सहित आजै बैठक सम्पन्न गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।