• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एकीकृत समाजवादीको तत्कालीन कार्ययोजना : न्युजपोर्टल सञ्चालनदेखि आर्थिक संकलनसम्म

64x64
नेपाल लाइभ बुधबार, फागुन २५, २०७८  १६:२९
1140x725

काठमाडौं- नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय समितिको तेस्रो बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। बुधबार सुरु भइ बिहीबार सकिने भनिएको बैठकमा अध्यक्ष नेपालले विभिन्न ८ बुँदामा केन्द्रित भएर प्रतिवेदन प्रस्तुत गरेका हुन्।

'यतिबेला हाम्रा सामु आगामी निर्वाचनका दौरान आफ्ना विचार र योजनाहरू लिएर जनतामाझ जाने र उनीहरूको मत लिएर जनसमर्थन प्राप्त सुदृढ राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती खडा छ। आजको ठोस परिस्थिति यही हो', तात्कालिक कार्ययोजनामा भनिएको छ।

अध्यक्ष नेपालले तात्कालिक कार्ययोजना अन्तर्गत ९ वटा बुँदा पनि प्रस्तुत गरेका छन्।

७.१. पार्टी कमिटीको पूर्णता र विस्तार : स्थानीय तहको निर्वाचन गाउँ तथा नगरपालिका र तिनका वडाहरूमा हुन्छ। जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन। हामीले सबै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं। कतिपय कमिटीहरूलाई यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं। यस्तो स्थिति अब रहिरहनु हुँदैन। गठन भैसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानु पर्दछ।

७.२. जनसङ्गठनहरूको विस्तार : पार्टी कमिटी मात्र होइन पार्टी सम्बद्ध जन सङ्गठनका कमिटीहरू पनि स्थानीय तहसम्म पुर्‍याउनु पर्दछ। कमसे कम पनि किसान, महिला र युवा सङ्घलाई वडा तहसम्म पुर्‍याउनु पर्दछ, विद्यार्थी सङ्गठनलाई मा वि तहसम्म पुर्‍याउनु पर्दछ, ट्रेड युनियनलाई प्रतिष्ठान तहसम्म पुर्या उनु पर्दछ, पेशागत सङ्गठनलाई सम्बन्धित पेशाको तल्लो तहसम्म पुर्‍याउनु पर्दछ र सामुदायिक सङ्गठनलाई सम्बन्धित समुदायका आधारभूत जनताको तहसम्म पुऱ्याउनु पर्दछ। यो काम पनि अगामी चैत १५ भित्रमा नै गरिसक्नु पर्दछ।

७.३. पार्टी प्रवेश अभियान : विभिन्न पार्टी परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्ने लहर चलेकै छ। पार्टी प्रवेश गर्ने गराउने कार्यलाई अझै व्यवस्थित र प्रभावकारी ढङ्गले अभियानको रूपमा अगाडि बढाउनु पर्दछ। सबै कमिटीहरूले यसमा विशेष ध्यान दिएर पहल गर्नु पर्दछ।

७.४. जन परिचालन : सङ्गठन निर्माणका साथसाथै जन परिचालनका कामहरू पनि गर्न आवश्यक छ। स्थानीय तहमा जन चासो र सरोकारका विषयहरूलाई लिएर विभिन्न प्रकारका भेला, बैठक, गोष्ठी, अन्तरक्रिया, सेमिनार, सभा आदि गर्न सकिन्छ, गर्नु पर्दछ।

७.५. प्रशिक्षण अभियान : विचार पार्टी निर्माणको मूल आधार हो। त्यसैले विचार पार्टीको आत्मा हो। पार्टी विचार बिनाको भयो वा विचार शून्य भयो भने त्यसको चरित्र नै समाप्त हुन्छ। पार्टीले अँगालेको विचार आम पार्टी पंक्तिमा स्थापित गर्न सकिएन भने पार्टीमा वैचारिक एक रूपता नै हुँदैन। पार्टी पंक्तिमा विचार प्रवाह गर्ने विभिन्न प्रकारका प्रशिक्षणद्वारा नै हो। त्यसैले पार्टीका आम सिद्धान्त, नीति, विचार र समसामयिक विषयमा प्रकाश पार्ने गरी विभिन्न प्रकारका प्रशिक्षण अभियान चलाइरहनु पर्दछ।

nimb
nimb

७.६. प्रचारात्मक काम : प्रचार बिना राजनीतिक र साङ्गठनिक काम कहिल्यै पनि अगाडि जादैन। त्यसैले प्रचारको ठूलो महत्त्व छ। तर, यस महत्त्वपूर्ण कामलाई हामीले व्यवस्थित रूपमा अगाडि बढाउन सकेकै छैनौं। अब यस्तो स्थितिको तुरुन्तै अन्त्य हुनु पर्दछ। केन्द्रीय तहमा पार्टीको वेबसाइट एवं न्युज पोटल तुरुन्तै चाल गर्नु पर्दछ र प्रचारका अन्य प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नु पर्दछ। प्रदेश तथा स्थानीय कमिटीहरूले पनि प्रचारको ठोस योजना बनाएर कार्यान्वयन गर्नु पर्दछ। सबै पार्टी कमिटीले पार्टीको चुनाव चिह्नको प्रचार व्यापक रूपमा गर्ने कुरामा जोडका साथ लाग्नु पर्दछ।

आर्थिक सङ्कलन : आर्थिक श्रोत पार्टी निर्माणको एक महत्त्वपूर्ण आधार भएकाले आर्थिक सङ्कलन कार्य पनि पार्टी कामको एउटा मुख्य पक्ष हो। यस काममा ध्यान दिएन भने पार्टी निर्माण र विस्तार अभियान अगाडि बढ्न नै सक्तैन। त्यसैले पार्टी र जन सहगठनका हरेक कमिटीले आर्थिक सङ्कलन योजना बनाएर कार्यान्वयन गर्नु पर्दछ। निर्वाचनको बेला निर्वाचन परिचालनका लागि विशेष आर्थिक कोष निर्माण गर्ने योजना बनाएर कार्यान्वयन गर्न पर्दछ।

७.८. अभिलेख व्यवस्थापन : अभिलेख व्यवस्थित गर्ने कार्य पार्टी निर्माण र परिचालनको अर्को एक महत्त्वपूर्ण पक्ष हो। पार्टी निर्माण र परिचालन त गर्ने तर अभिलेख व्यवस्थित नगर्ने हो भने गरिएका कामको कुनै लेखाजोखा नै हुँदैन। अभिलेख व्यवस्थित भएन भने आफ्नो शक्तिको आकलन नै गर्न सकिँदैन। शक्ति आकलन बिना कुनै पनि प्रभावकारी अभियान सञ्चालन गर्न सकिँदैन। हाम्रो अभिलेख प्रणाली व्यवस्थित हुन सकेको छैन। प्रदेश तथा स्थानीय कमिटीहरूबाट केन्द्रमा आउनुपर्ने कार्य प्रगति प्रतिवेदनहरू नियमित रूपमा नआएकाले केन्द्रीय अभिलेख नै पनि व्यवस्थित गर्न सकिएको छैन। यस्तो अवस्थाको तुरुन्तै अन्त्य गर्नु पर्दछ। हरेक कमिटीले आफ्नो तहको अभिलेख व्यवस्थित गर्ने र माथिल्लो तहमा पठाउने काम नियमित रूपमा गर्नु पर्दछ । त्यसैगरी पार्टी कार्यालयहरूलाई व्यवस्थित गर्ने कार्य पनि गर्नु जरुरी छ।

७.९. निर्वाचनको तयारीः आगामी निर्वाचनको तयारी यतिबेलाको हाम्रो मुख्य काम हो। निर्वाचन तयारीका सन्दर्भमा गर्नपर्ने प्रमुख काम हुन्: निर्वाचन घोषणा पत्रको लेखन, निर्वाचन निर्देशिकाको निर्माण, उम्मेदवारका मापदण्डको निर्धारण र उम्मेदवार छनोट प्रक्रियाको निर्धारण तथा निर्वाचन परिचालन तथा सहयोग समितिको गठन। यी सब काम सम्पन्न गर्न सिंगो पार्टी पंक्ति केन्द्रित भएर लाग्नु पर्दछ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी
सम्बन्धित सामग्री
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय यी केन्द्रबाट आइतबार मात्रै ३, ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीको सचिलायले जनाएको छ । सचिवालयका अनुसार न... आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जान... आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्