काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर एक महिने निर्वाचन अभियानका लागि उद्देश्य तय गरेको छ। बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा फागुन २९ देखि चैत २९ सम्म गरिने अभियानका उदेश्य सार्वजनिक गरिएको छ।
यो अभियानले कांग्रेसका पक्षमा निर्वाचनको माहोल तयार गर्ने लक्ष्य लिइएको प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन्। उनले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भनेर सवैलाई चुनावमा केन्द्रीत गर्ने बताए।
महामन्त्री विश्वप्रकाश शर्माले सवैलाई निर्वाचनमा सहभागी हुन अपिल गर्ने उद्देश्यले अभियान थालिएको बताए।आचारसंहिता अनुसार मर्यादित ढंगले चुनावमा सहभागी हुने सुनिश्चित गराउन आफूहरुले अभियान थालेको बताए।
उनले भने, ‘विभाजित कम्युनिष्ट पार्टी हरियो देखेपछि तर्सिन्छ भन्ने नयाँ उखान बनेको छ। कांग्रेस चुनाव मर्यादित ढंगले गराउँछ र सहभागी हुन्छ भन्ने सुनिश्चित गर्न हामी अभियानमा जाँदैछौं।’
कांग्रेसले तय गरेका उद्देश्य यस्ता छन्ः
वडादेखि टोलसम्म पार्टीका कार्यकर्तालाई परिचालन गर्ने, सवैलाई एकताबद्ध बनाएर उम्मेदवारलाई निर्वाचित गराउने
हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी भन्ने नाराअनुरुप प्रदेशदेखि टोलसम्मको संरचनालाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँड गर्ने
कांग्रेसले सरकारमा रहँदा अनेकन राजनीति तथा आर्थिक उपलब्धि हासिल गरेको छ। त्यसलाई शशक्त ढंगले पुनःस्मरण गराउने
कुन परिवेशमा नेपाली कांग्रेस सत्तामा आयो। प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदम जुन थियो, त्यसलाई सुसुचित गर्ने।
नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि कोभिड १९ को संक्रमण फैलिएको थियो। त्यसलाई समाप्त पारेर ७० प्रतिशत नागरिकलाई खोप दिलाइसकेको र तेस्रो चरणको कोभिड महामारीलाई पनि प्रभावकारी ह्यान्डिल गरेको विषयमा सचेत गराउने
एमसीसीका सम्बन्धनमा व्यापक दुष्प्रचार गरियो, भ्रम फैलायो। सोझा र सरल नागरिकामा भ्रमको खेति गरेर जनमत बनाइयो, त्यसलाई चिर्ने काम गर्ने।
टोली समिति बनाउने व्यापक अभियान सुरु गर्नुभएको छ। एक महिनामा पूर्णता दिने। टोलकमिटीमार्फत् पार्टीसँग जोड्ने ।
चुनावका लागि स्थानीय अवस्था सुहाउँदो रणनीति बनाउने।
घोषणापत्र बनाउन सामाजिक संवाद गर्ने, नागरिकको सुझाव लिएर घोषणात्रको मस्यौदा तयार गर्ने।
ठूलो संख्यामा युवाहरु पहिलोपटक भोटर छन्। उनीहरुलाई भोट हाल्न सिकाउने र अभिप्रेरित गर्ने।
जनअपेक्षाका, कुरा ज्येष्ठ नागरिक सम्मानका कुरा उच्च महत्वका साथ कार्यान्वयन गर्ने। जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्छन् भन्ने कुरालाई जोड दिने।
कृषि उद्यमी, शिक्षक र साहित्यकार, व्यवसायीलाई अभियानमार्फत् जोड्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।