• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पाँच चित्रमा खोकना कथा : नेता बनेको बुख्याँचाको टाउकोमा कागको झुन्ड

64x64
युवराज भट्टराई बिहीबार, फागुन २६, २०७८  ०७:०२
1140x725
आफ्ना चित्रहरूसँग कृष्ण डंगोल।

काठमाडौं– चित्रकार कृष्णभक्त डंगोल आफ्नो कथा क्यानभासमा कोर्छन्। कहिले आफ्नो भूगोलको कथा भन्छन्, कहिले जातिका त कहिले उत्पीडनका कथा भन्छन्। 

गएको हप्ता सुरु भएको ‘काठमाडौं ट्रेनाले’ अन्तर्गत ‘टुलिका कला’ले पाटन ढोकास्थित ढोकैमा क्याफेमा गरिरहेको ‘खोलो–२’ प्रदर्शनीमा कृष्णका चित्रहरु राखिएका छन्। पाँच वटा ठूला चित्रमार्फत उनी यसपटक आफ्नै परिवेशको सामाजिक र राजनीतिक कथा भनिरहेछन्। यी चित्रले फरक आयाममा खोकनाको कथा भन्छन्।

‘गाउँ गाउँबाट उठ भन्ने गीतमा भनेजस्तै मसँग रङ र ब्रस छन्। मैले यिनैमार्फत न्यायको लागि लड्ने हो,’ कृष्ण भन्छन्। उनले ‘अफ ह्वाट मेक अस फाइट’, ‘बु ख्याँचा’, ‘भ्यानिसिङ’, ‘द ग्रेट वेभ एट खोकना’ र ‘बाघचाल’ शीर्षकका चित्र प्रदर्शनीमा राखेका छन्। 

खोकना कृष्णको जन्मस्थान हो। २०७७ असारमा त्यहाँ प्रहरी र स्थानीयबासीबीच झडप भयो। ‘फास्ट ट्रयाक’ निर्माणले आफ्नो खेती मासिने भएपछि खोकनाबासी आन्दोलनमा उत्रिनु परेको थियो। रोपाइँका लागि धिमे र भुस्या बजाउँदै खेतीमा सहभागी भएर उनीहरूले प्रतीकात्मक रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएका थिए। तर, उनीहरूविरुद्ध प्रहरी दमनमा ओर्लियो। सात राउन्ड अश्रु ग्याँससमेत प्रहार भयो।

यो घटनाबाट कृष्ण उद्वेलित भए। ‘त्यही घटनाबाट म प्रेरित भएको थिएँ,’ उनी भन्छन्, ‘आफ्नो ठाउँमा भएको सरकारको दमनले मलाई पनि पीडा भएको थियो।’

अफ ह्वाट मेक्स् अस फाइट

कृष्णले आफ्नो श्रृङ्खलात्मक चित्रकला प्रदर्शनीको सुरुवातमा ‘अफ ह्वाट मेक्स् अस फाइट’ नामक चित्र राखेका छन्। भुईंमा केही सग्ला र टुटेफुटेका इँटाहरू छ्न। यी इँटामा पनि परम्परागत नेवारी खेतीका साधन तथा भाँडाकुँडाका चित्र कोरिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चित्रमा उनले किसान र सरकारबीचको द्वन्द्वलाई प्रस्तुत गरेका छन्। कृष्ण भन्छन्, ‘किसान आफ्नो खेती छाडेर हलोसँगै सरकारसँग आफ्नो अधिकार माग्न आएका छन्। यहाँ डोजरलाई सरकार वा शक्ति संयन्त्रको रूपमा प्रस्तुत गरिएको छ।’ उक्त चित्रकला आफैंमा पूर्ण छ, तर यसको आधा भाग भुईंमा छाडिएका छन्। भुईंमा चित्रकलाकै अंश रहेका इँटा राखिएका छन्।

‘हामी घर सुरक्षित बनाउन इँटा प्रयोग गर्थ्यौं, तर अहिले त्यो हराउँदै गएको छ,’ कृष्ण भन्छ्न, ‘यी इँटामा हाम्रा औजारहरू राख्नुको अर्थ यिनलाई सुरक्षित गर्नुपर्छ भन्ने हो। तर, यी इँटा, यी औजारहरू लोप हुँदैछन्। खोकनामा फास्ट ट्रयाक आएमा फास्ट ट्रयाक मात्रै नआएर अरु धेरै थोक आउँछन्। खोकनाको उर्बर जमिन मासिन्छ। हलो, कुट्टो, कोदालोहरू हराउँछन्।’

कृष्णले ‘फाइन आर्ट’ मा ललितकला क्याम्पसबाट स्नातक पूरा गरेका छन्। साथै परम्परागत नेवारी चित्रकलाबारे पनि ज्ञान लिएका छन्। कक्षा १२ पूरा भएपछि उनले चित्रकार रामप्रकाश श्रेष्ठसँग परम्परागत चित्रकला सिकेका थिए। उनले स्नातक पढ्दा श्रीजन राजभण्डारीसँग पनि चित्रकला सिके। 

Xtrem

Xtrem

बु ख्याँचा

आफूलाई आधुनिक र परम्परागत चित्रकलाको ज्ञान भएकै कारण क्यानभासमा ती विषय झल्किने कृष्ण बताउँछन्। उनका चित्रकलाले काठमाडौंका रैथाने नेवारहरूको कथा मात्र नभएर आधुनिक समयको कथा पनि भन्छन्। ‘बु ख्याँचा’ चित्रकलामा उनले किसानले खेतमा बाली सुरक्षित गर्न राख्ने गरेको बुख्याँचालाई प्रयोग गरेर व्यंग्य गरेका छन्। उनी भन्छन्, ‘आफ्नो ठाउँ र जीवनको सुरक्षाका लागि नागरिकले नेताहरु चुनेर पठाएका हुन्। तर, खोकनामा हिंसा हुँदा उनीहरू चुपचाप थिए। त्यसैको व्यंग्यको रूपमा यो चित्र बनाएको हुँ।’

उनको चित्रमा बुख्याँचामाथि नै कागहरु उभिएका छन्। नेतहरू कसरी काममा नआउने बुख्याँचा भइरहेका छन् भन्ने कथा यो चित्रले बोलेको छ। चित्रमा कमिलाहरु बुख्याचातर्फ लम्किरहेका छन्। त्यसरी लम्किँदा कमिलाले फ्रेमभित्र फ्रेम तयार गर्छन्, जुन नेताको सीमारेखा हो। उनी कमिलालाई नेतापछाडि लाग्ने ‘झुण्ड’ वा कार्यकर्ताको रूपमा अथ्र्याउँछन्। चित्रको पृष्ठभूमिमा खेतका कान्लाहरू छन्। यी कान्ला विस्तारै ‘विकासका कारण’ हराउँदै गएको चित्रमा देखिन्छ। कृष्ण भन्छन्, ‘नेताहरू अर्थहीन भए। उनीहरुकै कारण नागरिक उत्पीडनमा परे भन्ने देखाउन खोजेको हुँ। चित्रको किनारमा भएका यी कमिला अवसरवादी कार्यकर्ताको बिम्ब हुन्।’

‘भ्यानिसिङ’ शीर्षकको चित्रमा उनले नेवारी समाजबाट हराउँदै गएको संस्कृतिको कथा भनेका छन्। यसमा दुई पुरुषहरु भित्तामा कुँदिएका चित्रहरू नियालिरहेका छन्। यो चित्र खोकनाको ‘सिखाली’ नामक जात्रासँग सम्बन्धीत छ। ‘को जः’ अर्थात छ्याङ पकाउने भाँडालाई पनि चित्रमा देखाइएको छ।

खोकनाबाट सुरु हुने ‘फास्ट ट्रयाक’ खोकानाबासीले सिखाली जात्रा गर्ने ‘सिखाली चौर’ क्षेत्रमै पर्छ। कृष्णले सिखाली चौर खोकानाबासीको नाममा पनि नभएको सुनेका छन्। उनी भन्छन्, ‘सिखाली चौर खोकनाबासीको नाममा नहुँदा यसलाई सरकारले ठेक्कामा दिनसक्छ। हामीले हाम्रो संस्कृतिलाई भोलि पनि निरन्तरता दिन कठिन हुनसक्छ। हाम्रो जात्रा गर्ने ठाउँमा हामी नै जान नपाउने अवस्था आउँछ। हाम्रो सभ्यता हराइरहेको दृश्य यो चित्रले बोकेको छ।’

भ्यानिसिङ

‘द ग्रेट वेभ एट खोकना’ शीर्षकको चित्रमा कृष्णले खोकनाको कृषि संस्कृतिलाई समेटेका छन्। सरकार वा अरु कसैले पनि उनीहरुमाथि दमन गरिरहँदा चुपचाप आफ्नो कृषि कर्ममा व्यस्त किसानको कथा यो चित्रमा छ। ‘प्रख्यात जापानी चित्र द ग्रेट वेभ एट कानागाभाबाट प्रेरित भएर मैले यो चित्र बनाएको हुँ,’ उनी भन्छन्, ‘त्यो चित्र र मेरो चित्रको पृष्ठभूमि उस्तै छ।’

चित्रमा खोकनाबासी महिलाहरु धान गोडिरहेका देखिन्छन्। उनीहरु काम गरिरहेको ठाउँमा सुनामी आएको छ। ‘नेपालमा समुन्द्र छैन, यहाँ सुनामी आउँदैन्,’ उनी भन्छन्, ‘तर, खोकनामा अप्राकृतिक सुनामी आएको छ। यहाँको सुनामी भनेको आवश्यक नभएको विकास थोपर्नु हो। त्यो विकास नामको सुनामीले खोकनाको खेतीलाई नास गरिरहेको छ। तर, खोकनाबासीहरूले मिहिनेत गर्न छाडेका छैनन्।’

चित्रको पृष्ठभूमिमा माहुरीको घारजस्तै आकारहरू बनाइएका छन्। कृषकको मिहिनेतलाई माहुरीको बिम्बमा देखाएको उनी बताउँछन्। 

श्रृङखलाको अन्तिम चित्र ‘बाघ चाल’ हो। ‘सामूहिकतामा जित छ, एक्लै भए हारिन्छ’ भन्ने सन्देश चित्रले बोकेको उनी बताउँछन्। त्यसैले खोकनाका मानिसलाई एकताबद्ध हुनुपर्ने सन्देश यो चित्रले दिएको उनको भनाइ छ। नेवारी पोशाक, लाखेले लगाउने मुकुट र पृष्ठभूमिमा किसानका औजार, नेवारी समुदायलाई राखिएको यो चित्रले पनि राजनीतिक सन्देश बोकेको छ।

द ग्रेट वेभ एट खोकना

‘म आफू जुन ठाउँमा बसेको छु, त्यो ठाउँको कथा कोर्छु,’ उनी भन्छन्, ‘म आफैं भूकम्पपीडित हुँ। नेवारी समुदाय र खोकनाबासीहरूको समस्या मैले देखेको छु। तीनै समस्या देखेपछि सहन नसकेर आफू जुन माध्यमबाट सक्छु त्योमार्फत मेरो जाति र भूगोलको लागि चित्रमार्फत काम गरेको हुँ।’

आफूसँग आन्दोलनमा गएर ढुंगा हान्ने क्षमता वा आँट नभएको उनी बताउँछन्। ‘मेरो विद्रोहको माध्यम चित्रकला हो। मैले यीनै चित्रमार्फत आफ्नो असन्तुष्टि पोखिरहेको छु,’ उनी भन्छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्