काठमाडौं– एमाले सांसद यशोदा बरालले एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भन्दै भ्रम फैलाइएको विषय संसदमा उठाएकी छन् ।
बिहीबारको प्रतिनिधिसभामा उनले यसबारेमा सरकार र रास्वपाको ध्यानाकर्षण गराएकी छिन् ।
'फोटो दुरुपयोग गरेर रास्वपाको सदस्यता लिएको भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । यसमा सरकार र सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भनिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।