• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
प्रसारण नियमावली संशोधन 

युट्युबलाई नियमन कि अभिव्यक्ति स्वतन्त्रतामाथि डन्डा?

64x64
डिबी खड्का मंगलबार, फागुन २४, २०७८  २१:२३
1140x725

काठमाडौं– सरकारले इन्टरनेटको माध्यमबाट प्रसारण हुने 'अनलाइन टेलिभिजन'का लागि इजाजतपत्र अनिवार्य गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली २०४९ मा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रसारणलाई नियमन गर्न खोजेको दाबी गरेको छ।

अनलाइनबाट प्रसारण हुने श्रव्यदृष्य सामग्रीलाई 'अनलाइन टेलिभिजन'का रुपमा व्याख्या गर्दै सरकारले त्यसका लागि पाँच लाख रुपैयाँ दर्ता शुल्क तोकेको छ। अनलाइन टेलिभिजनबारे संशोधित नियमावलीमा भनिएको छ, 'अनलाइन टेलिभिजन भन्नाले इन्टरनेटमार्फत् आफैंले उत्पादन गरी नियमित रुपमा श्रव्यदृष्य कार्यक्रम प्रशारण गर्ने कार्य सम्झिनुपर्छ।'

आफूलाई अनलाइन टेलिभिजनका रुपमा परिचय दिएर नियमित समाचारजन्य गतिविधि उत्पादन र प्रसारण गरिरहेका युट्युब च्यानललाई लक्षित गरेर उक्त नियमावली संशोधन गरिएको देखिन्छ। अनलाइन टिभीका नाममा युट्युबरले गरिरहेका कतिपय गतिविधिलाई नियमन गर्न खोजिएको सरकारको दाबी छ। अनलाइन टेलिभजन संघका अध्यक्ष जीवन भण्डारी भने घाउ एकातिर, उपचार अर्कोतिर भएको बताउँछन्। उनको बुझाइ छ, 'जसले भ्रम बेचेको छ, उसले पाँच लाख तिरेर दर्ता गर्छ। तर, अनलाइन पत्रकारिताको वास्तविक अभ्यास गरिरहेकाहरु यसको मारमा पर्छन्।'

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमाल चाहिँ अनलाइन टिभी भनेर परिचय दिनेहरुलाई कानुनी रुपमै चिनाउन नियमावली संशोधन गरिएको बताउँछन्। उनको भनाइ छ, 'सूचना प्रवाह गर्ने तरिका फरक हुँदै गयो। अहिले डिजिटल प्लेटफर्मलाई माध्यम बनाएर समाचार प्रशारण गर्न थालियो। ‘अनलाइन टेलिभिजन’ भनेरै चलाउन थालियो। यसलाई कानुनले चिनेको थिएन, संशोधनबाट कानुनले चिन्यो।'

पत्रपत्रिका र अनलाइन न्यूजपोर्टल जस्तै अनलाइन टेलिभिजनका रुपमा दर्ता गरेर सूचना विभागको परिचय पत्र हासिल गर्न चाहनेहरुले यसका लागि सरकारलाई थप उत्प्रेरित गरेको देखिन्छ। हमाल थप्छन्, 'कतिपयले अनलाइन टिभीका नाममा सूचना विभागमा दर्ताको अपेक्षा गर्नुभयो। तर, हामीसँग त्यस्तो व्यवस्था थिएन। त्यसैले कानुन बनाएर नियमन र सहजीकरण गर्न खोजिएको हो।'

अन्योलग्रस्त प्रावधान र अस्पष्ट उद्देश्य
सरकारले 'इन्टरनेटमार्फत् आफैंले उत्पादन गरी नियमित रुपमा श्रव्यदृष्य कार्यक्रम प्रसारण गर्ने कार्य'लाई नियमावलीबाट नियमन गर्ने भनेको छ। तर, यो अस्पष्ट रहेको सरोकारवाला हरु बताउँछन्। डिजिटल राइट्स नेपालका अध्यक्ष सन्तोष सिग्देल 'अनलाइन टेलिभिजन'को परिभाषामै अष्पष्टता रहेको औंल्याउँछन्। फ्रिडम फोरम र डिजिटल राइट्स नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, 'नियमावलीमा आफैंले उत्पादन गरिएको सामग्री भनिएको छ तर, त्यो आफैं को हो? स्पष्ट छैन। लाइसेन्स लिएको व्यक्ति कि संस्था भनेर नै खुलाइएको छैन।'

कुन माध्यमबाट भिडियो सामग्री उत्पादन गर्नेलाई उक्त नियम आकर्षित हुन्छ भन्ने पनि नखुलाइएको उनले बताए। फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दासमेत लाइसेन्स लिनुपर्ने यसबाट देखिएको उनी बताउँछन्। उनले यसको उद्देश्य कर संकलन गर्ने मात्र हो वा सामाजिक सञ्जालमा प्रसारण हुने सामग्रीहरूको नियमन गर्ने हो भन्नेसमेत स्पष्ट नभएको बताए। 

फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले अहिले गर्न खोजिएको व्यवस्थामै प्रश्न उठाए। अहिलेको समस्या इन्टरेनटसँग सम्बन्धित भए इन्टरनेटसम्बन्धी ऐनमा यस्ता प्रावधान आउनुपर्ने दाहाल बताउँछन्। नभए प्रसारण ऐनमा टेकेर आउनुपर्ने उनको भनाइ छ। तर, ऐनमा नभएको कुरा नियमावलीमा ल्याइएकाले यसलाई कानुनी रुपमै चुनौती दिँदा खारेज भागी रहेको उनले उल्लेख गरे। उनले थपे, 'यसको वैधता नै छैन भने यसलाई हामीले किन स्वीकार्ने? भोलि अदालतले कुन ऐन समाएर यो नियमावली बनायौ भन्यो भने सरकारले के जवाफ दिन्छ?'

Ncell 2
Ncell 2
nimb
nimb

युट्युब सामाजिक सञ्जाल भएपनि त्यसलाई प्रयोग गरेर व्यावसायिक कार्यक्रम निर्माण भइरहेकाले नियमन आवश्यक भएको सूचना तथा प्रसारण विभागका महानिर्देशक हमालको दाबी छ। उनको भनाइ छ, 'सामान्यतया युट्युब जस्ता संस्था नेपालमा दर्ता हुनुपर्छ। किनभने गैरकानुनी रुपमा डलर गइरहेको छ। राज्यलाई एक रुपैयाँ पनि आएको छैन।'

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्ने आशंका
सरकारले युट्युबका 'व्यावसायिक कार्यक्रम'लाई नियमन गर्ने उद्देश्यले नियमावली संशोधन गरेर दर्ता गर्नुपर्ने प्रावधान राखेको जनाएको छ। तर, प्रयोजन नै स्पष्ट रुपमा नखुलाएकाले सामाजिक सञ्जालहरु फेसबुक, टिकटक, ट्विटर आदिमा राखिने भिडियोलाई पनि यही नियमले नियन्त्रण गर्न सक्ने आशंका सरोकारवालाहरुको छ। 

डिजिटल राइट्स नेपालका अध्यक्ष सिग्देल 'कुन माध्यम' भनेर स्पष्ट नहुँदा सबैलाई समेट्न सक्ने आशंका गर्छन्। त्यस्तै, 'नियमित कार्यक्रमको' स्पष्ट परिभाषा नहुँदा पनि यी प्रावधानको दुरुपयोग हुने र त्यसबाट अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्न सक्ने आशंका गरिएको छ। 

अस्पष्ट व्याख्याले इन्टरनेटको प्ल्याटफर्ममा आफ्नो अभिव्यक्ति दिन चाहनेहरूलाई निरुत्साहित र नियन्त्रण गर्ने खतरा देखापरेको नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघको धारणा छ- 'इन्टरनेट प्लेटफर्मको सदुपयोग गर्न नागरिकलाई प्रोत्साहन गर्ने, त्यसरी उपयोग गर्दा स्वनियमनका लागि प्रेरित गर्ने र इन्टरनेटमार्फत ज्ञान र जानकारी हासिल गर्न सहजीकरण गर्ने दायित्व राज्यको हुनुपर्दछ। सामाजिक सञ्जालमार्फत व्यक्त विकृत सामग्रीलाई निरुत्साहित गर्दै स्वनियमन र आवश्यक परे सकारात्मक ढंगको नियमनका व्यवस्था गर्ने चाहना राख्नु स्वाभाविक र सकारात्मक हुँदाहुँदै पनि संशोधनमा उल्लेखित सो अस्पष्ट व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई सशंकित गराएको छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संशोधनमा भएको अर्को व्यवस्थाले विदेशमा उत्पादित सामग्री प्रसारण गर्दा पूर्वस्वीकृति लिनुपर्ने अवस्था सिर्जना गरेकोमा पनि महासंघले आपत्ति जनाएको छ। नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरिसकेको अवस्थामा सञ्चारमाध्यममा सामग्री प्रकाशन, प्रसारणलाई संकुचन गर्ने कुरा महासंघले असंवैधानिक र अव्यावहारिक ठहर्‍याएको छ। 

‘निर्देशिकाबाट स्पष्ट पार्छौं’ 
नियमावलीमा संशोधन गरेर थपिएका प्रावधानले सिर्जना गरेका विवाद र अन्योललाई निर्देशिकाबाट स्पष्ट पार्ने तयारी सरकारले गरेको छ। इन्टरनेटमार्फत् भइरहेको कार्यलाई नियमन गर्न जरुरी रहेको भन्दै सरकारले अहिले भइरहेको बहसले यसलाई सही ठाउँमा पुर्‍याउने आशासमेत गरेको छ। सूचना तथा प्रसारण विभागका महानिर्देशक हमाल अहिले देखापरेका प्राविधिक अन्योल निर्देशिकामार्फत् स्पष्ट गर्ने तयारी भइरहेको बताउँछन्। 

हमाल भन्छन्, 'व्यावसायिक प्रयोजनका लागि हो कि व्यक्तिगत भन्ने कुरा निर्देशिकामा विस्तृतमा आउला। हामीले व्यावसायिक प्रयोजनका लागि इन्टरनेटमार्फत् हुने कामलाई नियमनको दायरामा ल्याउन र तिनीहरुलाई सहजीकरण गर्न खोजेका हौं।'

संविधानले प्रत्याभूत गरेको स्वतन्त्रतालाई संकुचन गर्न खोजेको नभइ नयाँ प्रविधिमार्फत् भइरहेको व्यवसायलाई नियमन गर्न खोजेको रुपमा यसलाई बुझ्नुपर्ने उनको तर्क छ। 'कस्ता युट्युब च्यानल दर्ता हुने, कस्ता नहुने भन्ने चाहिँ क्लिएर पार्नुपर्छ,' उनले थपे,  'प्राविधिक रुपमा हामी अझै क्लिएर गर्छौं।'

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिट वृद्धि भएसँगै दुवै संस्थामा एमबीबीएस अध्य... शुक्रबार, असोज ३०, २०८३
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना: चालकको मृत्यु, दुई जना घाइते जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार दिउँसो पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा दुर्घटना भएको हो। महोत्तरीबाट सदरमुकाम म... शुक्रबार, असोज ३०, २०८३
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बस दुर्घटनामा परेको हो। बाप्र ०३–००१ ख २७७४ नम... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना: चालकको मृत्यु, दुई जना घाइते शुक्रबार, असोज ३०, २०८३
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्