• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
संसद्की पहिलो महिला उपाध्यक्षको अनुभव : राजा महेन्द्रलाई दशा लागेपछि 'कू'
64x64
पुष्पा केसी मंगलबार, फागुन २४, २०७८  १६:१२
1140x725

काठमाडौं- कपास झैं नरम केश। सुकिलो अनुहार। सेतै पावरदार चस्मा। 

उमेरले ९५ टेके पनि इतिहासका पाना कण्ठस्थै छन्, कमल राणालाई। जो आफै पनि एक जीवित इतिहास हुन्– पहिलो संसद् अर्थात् २०१५ सालको माथिल्लो सभाकी। महासभा भनिने उक्त सभाकी उपाध्यक्ष उनी नेपाली संसदीय इतिहासकै पहिलो महिला उपाध्यक्ष हुन्।

महासभाको उपाध्यक्ष पद पाउन राणालाई सहज भने थिएन। उनीविरुद्ध नेपाली कांग्रेसले अर्को उम्मेदवार खडा गरेको थियो। 

अध्यक्षमा डम्बरबहादुर सिंह कांग्रेसबाट निर्वाचित भएपछि उपाध्यक्षमा महिलालाई नै निर्विरोध गरौं भन्ने प्रधानमन्त्री बिपी कोइरालाले प्रस्ताव गरेका थिए। तर, अन्य सांसदहरुले उनको प्रस्ताव अस्विकार गरिदिएपछि राणा निर्वाचनमै होमिनुपर्‍यो।

त्यतिबेला बिपीका निकट सहपाठी विश्वबन्धु थापाले राणाको घरमै पुगेर कांग्रेसको सदस्यता लिन सुझाव दिएका थिए। कांग्रेसको सदस्यता लिए उपाध्यक्षमा निर्विरोध गराउने उनले आश्वासन पनि दिए। तर, 'सदस्यता लिन्न, निर्वाचन नै लड्छु' भनेर राणा उपाध्यक्ष पदका लागि निर्वाचनको मैदानमा पुगिन्।

अन्ततः विजय उनको पक्षमा आयो।

तर, पत्रिका पढेपछि मात्रै विश्वमै महासभाको पहिलो उपाध्यक्ष भएको थाहा पाएको उनी सम्झिन्छिन्।

Ncell 2
Ncell 2

राणाको स्मरणमा त्यो उल्लासमय विगत झल्को अझै ताजा छ। उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवारलाई पराजित गरेलगत्तै बिपी उनीतिर लमकलमक लम्किँदै आए। र, बधाई दिँदै भने, 'कांग्रेसको उम्मेदवार पराजित भए पनि मलाई निकै खुसी लागेको छ।'

‘उपाध्यक्ष महिला हुनुहुन्छ, उहाँलाई निर्विरोध गराउनु भन्दा साथीहरुले मानेनन्,’ जितपछि राणालाई बधाई दिँदै बिपीले भनेका थिए, ‘उनीहरुले मानेनन्। तर, संसद्ले नतिजा देखाइदियो।’ 

पहिलो संसद्को प्रतिनिधिसभामा १ सय ९ सांसद थिए। तिनमा महिला भने द्वारिकादेवी ठकुरानी मात्रै थिइन्। यता, महासभाका ३६ मध्ये १८ राजनीतिक पार्टीबाट र १८ जना राजा महेन्द्रबाट मनोनीत थिए। तिनै मनोनीतमध्ये एक थिइन्, राणा। 

'बिपी निकै खुल्ला हृदयको हुनुहुन्थ्यो,' उनी भन्छिन्, 'साँघुरो मानसिकता भन्ने उहाँमा थिएन।'

सांसद बन्दा उमेर विवाद

महासभामा मनोनीत हुदाँको रोचक अनुभव छ राणासँग। 

त्यतिबेला महासभामा सांसद हुन ३० वर्ष उमेर पुगेको हुनुपर्थ्यो। तर, एसएलसीको फाराम भर्दा गुरुले उनको उमेर २५ वर्ष लेखिदिएका रहेछन्। त्यही जन्ममिति पत्ता लगाएर कांग्रेसले बखेडा झिक्यो। कांग्रेसका केही सांसदले उनको उमेर ३० वर्ष नपुगेको भन्दै विरोध जनाउन थाले। 

'तर बिपीले यस्ता विषयलाई ठूलो बनाउन हुँदैन भन्दै अरुलाई सम्झाउनुभयो,' राणा बताउँछिन्। 

विवाद झन् बल्झिने भएपछि राणाका बुबा पाल्पा गएर असली जन्ममितिको कागजात ल्याएर महासभामा पेस गरेपछि मात्रै उमेर विवाद साम्य भएको थियो। 

पहिलो संसद्को हाइहाई

पहिलो संसद् भएकाले धेरैलाई यसबारे चासो र जिज्ञासा थियो। संसद् चलेको दिन हेर्न आउनेहरुको बाक्लो उपस्थितिले सिंहदरबारको ग्यालरी बैठक भरिभराउ हुने गरेको राणा सुनाउँछिन्। 

भवन अभावका कारण सिंहदरबार ग्यालरी बैठकमा बिहान-दिउँसो गरी प्रतिनिधिसभा र महासभाका बैठक सञ्चालन हुन्थे।

संसद सिकारु अवस्थामै थियो। पुस्तक र अन्य सामग्रीको अध्ययनबाटै संसदीय अभ्यास सञ्चालन गर्नुपरेको राणाको अनुभव छ। 'संसदलाई मात्र होइन नेपाली जनतालाई पनि ठूलो चाहना थियो, अब के होला भन्ने?' उनी सुनाउँछिन्, 'थोरै दिन चले पनि त्यसबेलाको संसद्‌को निकै हाइहाई थियो।'

गेरुवस्त्रधारी कांग्रेस

त्यतिबेला गेरुवस्त्र धारण गर्ने एक जना नेपाली कांग्रेस सांसद थिए, महासभामा। ती व्यक्ति बालाजुमा बस्ने गरेको राणालाई राम्रैसँग थाहा थियो। सांसद हुनुअघि नै ती व्यक्तिबारे राणा संलग्न भएको महिला संगठनमा कारबाही गर्नु भन्दै विभिन्न उजुरी आउँथे। तिनै व्यक्ति महासभा सदस्य भएर आउँदा राणा चकित परिन्।

‘एक दिन मैले नै अध्यक्षको अनुपस्थितिमा महासभा सञ्चालन गर्दै थिएँ, उनी उभिएर खुट्टा ढ्याकढ्याक गरेर उभिइरहे। उताको रिस उनले यता पोख्न थाले,' राणा उत्साहित हुँदै स्मरण गर्छिन्, 'मैले तीन पटकसम्म ‘माननीय सदस्यज्यू बस्नुस्’ भनेँ। नमानेपछि अब पनि बस्नुभएन भने बाध्यतापूर्वक मार्सल प्रयोग गर्नुपर्नेछ भनेपछि त पुलिसले समात्न लाग्यो भन्ने सोचेर होला ड्यामड्याम खुट्टा बजार्दै उनी निस्किएर गए।'

संसद बैठकको नेतृत्व

त्यतिबेला राणाको घर बानेश्वरमा थियो। नजिकै आर्मी ब्यारेक। फोन थिएन उनीसँग। कतैबाट फोन आउँदा ब्यारेकमै आउँथ्यो।

महासभाको अध्यक्ष डम्बरबहादुर सिंह थिए। तर, धेरैजसो समय उनैलाई संसद् चलाउन प्रस्ताव आउन थाल्यो। ‘लौ न उपाध्यक्षज्यूलाई संसद् चलाउन पठाइदिनुपर्यो। अध्यक्षज्यूलाई दिसा लाग्यो रे’ भनेर फोन आउने गरेको उनी बताउँछिन्।

'संसदमा अलिकति खलबल पर्यो कि अध्यक्ष बिरामी भइहाल्ने,' उनी हाँस्दै भन्छिन्।

उसो त अध्यक्ष सिंहले कानुनका विज्ञ नै थिए। एकदमै लचिलो र कसैलाई हुन्न भन्न नसक्ने स्वभावको व्यक्ति भएको राणाको सम्झना छ।

छोरालाई हुर्काएर पढाइ

१५ वर्षकै उमेरमा उनले मीन शमशेर राणासँग विवाह गरिन्। विवाहपछि पढाइको क्रम रोकियो। छोरा अनुप हुर्किएर स्कुल जान थालेपछि मात्रै उनी पुनः शंकरदेव क्याम्पस भर्ना भइन्। 

महासभाको उपाध्यक्ष हुँदा उनी शंकरदेव क्याम्पसमै स्नातक तहमा रात्रिकालीन कक्षा लिन्थिन्। महासभामै हुँदा स्नातक तह पनि पास गरिन्। स्नातकोत्तर भने राणाले राजा महेन्द्रले संसद् भंग गरेपछि मात्र पूरा गर्न पाइन्।

पहिलो संसदका पदाधिकारीलाई सरकारी गाडी दिएको सम्झना छैन उनलाई। त्यसैले आफ्नै गाडी लिएर क्याम्पस जान्थिन्। तर सरकारले झन्डा र गार्ड भने दिएको थियो।

'राजा महेन्द्रलाई दशा लागेपछि…' 

पहिलो जननिर्वाचित सरकार अपदस्थ गरेर राजा महेन्द्रले २०१७ पुस १ गते शासनसत्ता आफ्नो हातमा लिए। जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतलाई जेल हालियो। राजनीतिक दलमाथि प्रतिबन्ध लगाइयो।

राणा भने 'दशा लागेपछि' महेन्द्रले पहिलो संसद् भंग गरेको बताउँछिन्। 'सबै काम एक्लै गर्न सक्छु भनेर  महेन्द्रले त्यस्तो कदम चाले,' उनको दाबी छ, 'राजसंस्थालाई मान्ने र बुद्धि पनि भएको बिपीजत्तिको प्रधानमन्त्री नेपालले पाउन सकेन। त्यतिका मान्छे जन्मिन धेरै समय लाग्छ।'

बिपीपछि वर्तमान समयसम्म आइपुग्दा देशले बेहोरेका प्रधानमन्त्रीप्रति राणाको असन्तुष्टि छ। राजा महेन्द्रले आफूलाई महासभामा मनोनीत गरे पनि बिपीप्रतिको आस्था भने उनीभित्र गढेर रहेको छ।

भिडियो-

*आर्काइभबाट

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने आइतबार, असार १५, २०८२
मन्त्री गुप्ताद्वारा सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा प्रस्तुत आइतबार, असार १५, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
काठमाडौं गुर्खाजले रिटेन गर्‍यो ६ खेलाडी शनिबार, असार १४, २०८२
पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा (पूर्णपाठ) शनिबार, असार १४, २०८२
इन्डोनेसियाविरुद्ध यू–१६ प्रसिद्ध जैसीले बनाए सानदार शतक आइतबार, असार १५, २०८२
आजको मौसमः देशभर बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्