• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

संसद्की पहिलो महिला उपाध्यक्षको अनुभव : राजा महेन्द्रलाई दशा लागेपछि 'कू'

64x64
पुष्पा केसी मंगलबार, फागुन २४, २०७८  १६:१२
1140x725

काठमाडौं- कपास झैं नरम केश। सुकिलो अनुहार। सेतै पावरदार चस्मा। 

उमेरले ९५ टेके पनि इतिहासका पाना कण्ठस्थै छन्, कमल राणालाई। जो आफै पनि एक जीवित इतिहास हुन्– पहिलो संसद् अर्थात् २०१५ सालको माथिल्लो सभाकी। महासभा भनिने उक्त सभाकी उपाध्यक्ष उनी नेपाली संसदीय इतिहासकै पहिलो महिला उपाध्यक्ष हुन्।

महासभाको उपाध्यक्ष पद पाउन राणालाई सहज भने थिएन। उनीविरुद्ध नेपाली कांग्रेसले अर्को उम्मेदवार खडा गरेको थियो। 

अध्यक्षमा डम्बरबहादुर सिंह कांग्रेसबाट निर्वाचित भएपछि उपाध्यक्षमा महिलालाई नै निर्विरोध गरौं भन्ने प्रधानमन्त्री बिपी कोइरालाले प्रस्ताव गरेका थिए। तर, अन्य सांसदहरुले उनको प्रस्ताव अस्विकार गरिदिएपछि राणा निर्वाचनमै होमिनुपर्‍यो।

त्यतिबेला बिपीका निकट सहपाठी विश्वबन्धु थापाले राणाको घरमै पुगेर कांग्रेसको सदस्यता लिन सुझाव दिएका थिए। कांग्रेसको सदस्यता लिए उपाध्यक्षमा निर्विरोध गराउने उनले आश्वासन पनि दिए। तर, 'सदस्यता लिन्न, निर्वाचन नै लड्छु' भनेर राणा उपाध्यक्ष पदका लागि निर्वाचनको मैदानमा पुगिन्।

अन्ततः विजय उनको पक्षमा आयो।

तर, पत्रिका पढेपछि मात्रै विश्वमै महासभाको पहिलो उपाध्यक्ष भएको थाहा पाएको उनी सम्झिन्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

राणाको स्मरणमा त्यो उल्लासमय विगत झल्को अझै ताजा छ। उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवारलाई पराजित गरेलगत्तै बिपी उनीतिर लमकलमक लम्किँदै आए। र, बधाई दिँदै भने, 'कांग्रेसको उम्मेदवार पराजित भए पनि मलाई निकै खुसी लागेको छ।'

‘उपाध्यक्ष महिला हुनुहुन्छ, उहाँलाई निर्विरोध गराउनु भन्दा साथीहरुले मानेनन्,’ जितपछि राणालाई बधाई दिँदै बिपीले भनेका थिए, ‘उनीहरुले मानेनन्। तर, संसद्ले नतिजा देखाइदियो।’ 

पहिलो संसद्को प्रतिनिधिसभामा १ सय ९ सांसद थिए। तिनमा महिला भने द्वारिकादेवी ठकुरानी मात्रै थिइन्। यता, महासभाका ३६ मध्ये १८ राजनीतिक पार्टीबाट र १८ जना राजा महेन्द्रबाट मनोनीत थिए। तिनै मनोनीतमध्ये एक थिइन्, राणा। 

'बिपी निकै खुल्ला हृदयको हुनुहुन्थ्यो,' उनी भन्छिन्, 'साँघुरो मानसिकता भन्ने उहाँमा थिएन।'

Xtrem

Xtrem

सांसद बन्दा उमेर विवाद

महासभामा मनोनीत हुदाँको रोचक अनुभव छ राणासँग। 

त्यतिबेला महासभामा सांसद हुन ३० वर्ष उमेर पुगेको हुनुपर्थ्यो। तर, एसएलसीको फाराम भर्दा गुरुले उनको उमेर २५ वर्ष लेखिदिएका रहेछन्। त्यही जन्ममिति पत्ता लगाएर कांग्रेसले बखेडा झिक्यो। कांग्रेसका केही सांसदले उनको उमेर ३० वर्ष नपुगेको भन्दै विरोध जनाउन थाले। 

'तर बिपीले यस्ता विषयलाई ठूलो बनाउन हुँदैन भन्दै अरुलाई सम्झाउनुभयो,' राणा बताउँछिन्। 

विवाद झन् बल्झिने भएपछि राणाका बुबा पाल्पा गएर असली जन्ममितिको कागजात ल्याएर महासभामा पेस गरेपछि मात्रै उमेर विवाद साम्य भएको थियो। 

पहिलो संसद्को हाइहाई

पहिलो संसद् भएकाले धेरैलाई यसबारे चासो र जिज्ञासा थियो। संसद् चलेको दिन हेर्न आउनेहरुको बाक्लो उपस्थितिले सिंहदरबारको ग्यालरी बैठक भरिभराउ हुने गरेको राणा सुनाउँछिन्। 

भवन अभावका कारण सिंहदरबार ग्यालरी बैठकमा बिहान-दिउँसो गरी प्रतिनिधिसभा र महासभाका बैठक सञ्चालन हुन्थे।

संसद सिकारु अवस्थामै थियो। पुस्तक र अन्य सामग्रीको अध्ययनबाटै संसदीय अभ्यास सञ्चालन गर्नुपरेको राणाको अनुभव छ। 'संसदलाई मात्र होइन नेपाली जनतालाई पनि ठूलो चाहना थियो, अब के होला भन्ने?' उनी सुनाउँछिन्, 'थोरै दिन चले पनि त्यसबेलाको संसद्‌को निकै हाइहाई थियो।'

गेरुवस्त्रधारी कांग्रेस

त्यतिबेला गेरुवस्त्र धारण गर्ने एक जना नेपाली कांग्रेस सांसद थिए, महासभामा। ती व्यक्ति बालाजुमा बस्ने गरेको राणालाई राम्रैसँग थाहा थियो। सांसद हुनुअघि नै ती व्यक्तिबारे राणा संलग्न भएको महिला संगठनमा कारबाही गर्नु भन्दै विभिन्न उजुरी आउँथे। तिनै व्यक्ति महासभा सदस्य भएर आउँदा राणा चकित परिन्।

‘एक दिन मैले नै अध्यक्षको अनुपस्थितिमा महासभा सञ्चालन गर्दै थिएँ, उनी उभिएर खुट्टा ढ्याकढ्याक गरेर उभिइरहे। उताको रिस उनले यता पोख्न थाले,' राणा उत्साहित हुँदै स्मरण गर्छिन्, 'मैले तीन पटकसम्म ‘माननीय सदस्यज्यू बस्नुस्’ भनेँ। नमानेपछि अब पनि बस्नुभएन भने बाध्यतापूर्वक मार्सल प्रयोग गर्नुपर्नेछ भनेपछि त पुलिसले समात्न लाग्यो भन्ने सोचेर होला ड्यामड्याम खुट्टा बजार्दै उनी निस्किएर गए।'

संसद बैठकको नेतृत्व

त्यतिबेला राणाको घर बानेश्वरमा थियो। नजिकै आर्मी ब्यारेक। फोन थिएन उनीसँग। कतैबाट फोन आउँदा ब्यारेकमै आउँथ्यो।

महासभाको अध्यक्ष डम्बरबहादुर सिंह थिए। तर, धेरैजसो समय उनैलाई संसद् चलाउन प्रस्ताव आउन थाल्यो। ‘लौ न उपाध्यक्षज्यूलाई संसद् चलाउन पठाइदिनुपर्यो। अध्यक्षज्यूलाई दिसा लाग्यो रे’ भनेर फोन आउने गरेको उनी बताउँछिन्।

'संसदमा अलिकति खलबल पर्यो कि अध्यक्ष बिरामी भइहाल्ने,' उनी हाँस्दै भन्छिन्।

उसो त अध्यक्ष सिंहले कानुनका विज्ञ नै थिए। एकदमै लचिलो र कसैलाई हुन्न भन्न नसक्ने स्वभावको व्यक्ति भएको राणाको सम्झना छ।

छोरालाई हुर्काएर पढाइ

१५ वर्षकै उमेरमा उनले मीन शमशेर राणासँग विवाह गरिन्। विवाहपछि पढाइको क्रम रोकियो। छोरा अनुप हुर्किएर स्कुल जान थालेपछि मात्रै उनी पुनः शंकरदेव क्याम्पस भर्ना भइन्। 

महासभाको उपाध्यक्ष हुँदा उनी शंकरदेव क्याम्पसमै स्नातक तहमा रात्रिकालीन कक्षा लिन्थिन्। महासभामै हुँदा स्नातक तह पनि पास गरिन्। स्नातकोत्तर भने राणाले राजा महेन्द्रले संसद् भंग गरेपछि मात्र पूरा गर्न पाइन्।

पहिलो संसदका पदाधिकारीलाई सरकारी गाडी दिएको सम्झना छैन उनलाई। त्यसैले आफ्नै गाडी लिएर क्याम्पस जान्थिन्। तर सरकारले झन्डा र गार्ड भने दिएको थियो।

'राजा महेन्द्रलाई दशा लागेपछि…' 

पहिलो जननिर्वाचित सरकार अपदस्थ गरेर राजा महेन्द्रले २०१७ पुस १ गते शासनसत्ता आफ्नो हातमा लिए। जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतलाई जेल हालियो। राजनीतिक दलमाथि प्रतिबन्ध लगाइयो।

राणा भने 'दशा लागेपछि' महेन्द्रले पहिलो संसद् भंग गरेको बताउँछिन्। 'सबै काम एक्लै गर्न सक्छु भनेर  महेन्द्रले त्यस्तो कदम चाले,' उनको दाबी छ, 'राजसंस्थालाई मान्ने र बुद्धि पनि भएको बिपीजत्तिको प्रधानमन्त्री नेपालले पाउन सकेन। त्यतिका मान्छे जन्मिन धेरै समय लाग्छ।'

बिपीपछि वर्तमान समयसम्म आइपुग्दा देशले बेहोरेका प्रधानमन्त्रीप्रति राणाको असन्तुष्टि छ। राजा महेन्द्रले आफूलाई महासभामा मनोनीत गरे पनि बिपीप्रतिको आस्था भने उनीभित्र गढेर रहेको छ।

भिडियो-

*आर्काइभबाट

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई मंगलबार, असोज १३, २०८३
नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्