• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'अर्ली इलेक्सन': सत्ता गठबन्धनकै दलका बुझाइ र उद्देश्य अनेक

64x64
डिबी खड्का आइतबार, फागुन २२, २०७८  २१:३३
1140x725

काठमाडौं– केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धनमा 'अर्ली इलेक्सन'को प्रस्ताव राखे। त्यसपछि सत्ता गठबन्धनका सबै दलका नेताहरुले क्रमश: त्यही पक्षमा माहोल बनाइरहेका छन्। प्रचण्डपछि कांग्रेस  नेता  रामचन्द्र पौडेल, महामन्त्री गगन थापा हुँदै आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले 'अर्ली इलेक्सन'का पक्षमा मत प्रकट गरे। 

संसद्‌ भवनबाहिर प्रतिक्रिया दिँदै नेपालले अर्ली इलेक्सनको कुरा मात्रै गरेनन्, तीनै तहको निर्वाचन प्याकेजमै गर्नुपर्ने  बताएका छन्। नेपालले बिहीबार गठबन्धनको बैठकमा पनि 'निर्वाचन प्याकेज'का पक्षमा आफ्नो रुचि जताएका थिए। उनको भनाइ थियो, 'मैले त पहिले पनि स्थानीय चुनाव  र यसलाई एकैचोटी गरौं भनेको हो।' 

हाल प्रमुख प्रतिपक्ष दल रहेको नेकपा एमालेले सरकारमा हुँदा संसद्‌ विघटन गरेर 'अर्ली इलेक्सन'को घोषणा गरिसकेको थियो। अदालतको आदेशले संसद्‌ पुन:स्थापना भएर प्रतिपक्षमा पुग्यो। त्यसैले एमाले यसको विपक्षमा जाने बाटो नै बन्द छ। 

अजेन्डा एक:  बुझाइ र उद्देश्य अनेक
शनिबार कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पनि आम निर्वाचन मंसिरअघि नै हुनसक्ने बताएका थिए। नेकपा एमालेले संसद्‌ अवरोध गर्दै गए त्यो सम्भावना रहेको थापाको भनाइ थियो। 

'आम चुनाव मंसिरमा हुन्छ वा त्यसभन्दा पहिला हुन्छ, मलाई थाहा छैन। संसद्‌ यसै गरी चल्दै गयो, संसद्‌ यसै गरी चल्न नदिने अवस्था बनिरह्यो। संसद्‌को उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो भने त्यसबेलामा संसद्‌ किन चलाइराख्ने भन्ने प्रश्न उठ्न सक्छ। त्यो बेलामा चुनाव अगाडि हुन पनि सक्छ,’ कांग्रेस महामन्त्री थापाले भनेका थिए।

त्यसअघि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि संसद्‌मा गतिरोध उत्पन्न भएकाले जनता र मुलुकका जल्दाबल्दा समस्यामा छलफल हुन नसकेको बताए। पौडेलले संसद्‌ सुचारु हुनुपर्नेमा जोड दिँदै भनेका थिए, 'संसद्‌ सुचारु नहुने हो भने जनताको काम गर्ने सांसद आउनुपर्छ।'

कांग्रेस नेताहरुले 'अर्ली इलेक्सन'मा जोड दिनुको पहिलो उद्देश्य प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि दबाब सिर्जना गर्नु देखिएको छ। एमालेका कारण संसद्‌ले काम गर्न नसकेको आमजनमा पुर्‍याउनका लागि कांग्रेस नेताहरुले यसलाई प्रयोग गरिरहेका छन्। समयक्रममा त्यही विकल्पमा पुग्दा हानी नहुने हिसाबकिताब कांग्रेस नेताहरुको छ। गठबन्धनका कारण संसद्‌देखि सरकार सञ्चालनमा आफू अनुकूल वातावरण कांग्रेसले बनाउन सकेको छैन। सत्ता लम्बिँदा आमजनमा वितृष्णा बढ्ने भएकाले अवधि छोट्याउन कांग्रेस अरुले बालेको 'अर्ली इलेक्सन'को आगोमा घ्यु थपिरहेको छ। 

मंसिर अगाडि नै संसद्‌को समेत निर्वाचन गर्ने सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादीको चाहना छ। गठबन्धनको बैठकमा यसका पक्षमा जोड दिँदै आएका समाजवादीका अध्यक्ष नेपालले आइतबार प्रतिनिधि सभाको बैठकअघि प्रतिक्रिया दिने क्रममा यसलाई दोहोर्‍याए।

nimb
nimb

'हाउस चल्न पनि नदिने, केही गतिविधि पनि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने। त्यस्तो हो भने, त्योभन्दा पहिल्यै संसद्‌ले पनि केपी ‌ओलीको वितण्डा पनि सामना गर्नलाई यसलाई भंग गरिदिने, न संसद्‌ रहन्छ, न हंगामा गर्ने ठाउँ नै रहन्छ। अब चुनावमा जाने। यो सब प्याकेजमा हुन्छ,' उनले भने।

नेपाल भनेजसरी यसलाई कांग्रेसले नबुझेको महामन्त्री गगन थापा बताउँछन्। उनी भन्छन्, 'सँगै चुनाव गर्ने कुरा न राजनीतिक हिसाबले मिल्छ, न कानुनी हिसाबले मिल्छ। स्थानीय चुनाव वैशाखमा हुन्छ। सकियो। संसद्‌ खुलेन भने के गर्ने भन्ने बारेमा विकल्पमा छलफल गर्छौं। एक ठाउँ मिसिएर कुरा हुँदैन।' यस विषयमा छलफल गरेर सम्भव नहुने लागेकै कारण स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय भएको थापाले प्रष्ट्याए।

यो विषयमा प्रवेश माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गराएका हुन्। तर, अर्ली इलेक्सनलाई लिएर माओवादीकै नेताहरु प्रष्ट देखिँदैनन्। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेपाल लाइभसँग छोटो प्रतिक्रिया दिँदै त्यसका लागि संवैधानिक व्यवस्था नरहेको बताए। 

माओवादी केन्द्रकै नेता वर्षमान पुनले अर्ली इलेक्सन गर्न नसकिने बताए। ‘संघीय संसद्‌को कार्यकाल ५ वर्ष नपुगेर अर्ली इलेक्सन गर्न सकिन्न। पाँच/छ महिनादेखि संसद्‌ चल्न नसक्ने अवस्थामा राजनीतिक रुपले त्यसरी सोच्नु ठिकै हो,’ आइतबार प्रतिनिधि सभा बैठक सकिएपछि संसद्‌ भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने। 

मौसमी र भौगोलिक हिसावले पनि अर्ली इलेक्सन सम्भव नभएको पुनको भनाइ छ।  ‘हाम्रो मौसमी र भौगोलिक हिसाबले पनि अहिले नै अर्ली इलेक्सन गर्न सकिने भन्ने तत्काल सोच्न सकिने देखिँदैन,’ पुनले थपे।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अर्ली इलेक्सनमा विषयमै अनभिज्ञता प्रकट गर्छन्। वर्तमान सरकार पूरा अवधिसम्म रहने र संसद्‌को अवधि समाप्त भएपछि मात्रै चुनाव हुने उनको भनाइ छ। 

कसरी आयो अर्ली इलेक्सनको अजेन्डा?
बिहीबार सत्ता गठबन्धनको बैठक थियो। त्यहाँ एमालेले निरन्तर गरिरहेको संसद्‌ अवरोध खोल्नुपर्ने विषयमा कुरा उठ्यो। प्रचण्डभन्दा अघि बोलेका कांग्रेसका एक नेताले संसद्‌ अवरोधलाई लिएर  भनेका थिए, 'संसद्‌ यसरी चलाउनु हुँदैन।  कि वार कि पार गर्नुपर्छ। यस्तै अवस्थामा पनि कानुन बनाउँदै जाने हो भने त्यो तय गर्नुपर्‍यो कि विकल्प खोज्नुपर्छ।'

उनले मंसिरसम्म संसद्‌ यसैगरी चलाइराख्न नसकिने बताउँदै सरकारले एमालेलाई कि पेलेर जाने कि माग पूरा गर्ने वा फकाउने, नभए अरु विकल्प खोज्नुपर्ने बताएका थिए। 

त्यसैगरी बैठकमा सहभागी नेताहरुले एमालेले संसद्‌ अवरोध गरिरहने यता धमाधम विधेयक अघि बढाउने कुरा पनि राम्रो नभएको भन्दै अदालतले 'यसरी नै संसद्‌ चलाऊ' भन्ने आदेश नदिएको उल्लेख गरेका थिए। 

त्यसपछि आफ्ना धारणा राख्ने क्रममा प्रचण्डले 'अर्ली इलेक्सन'लाई विकल्पका रुपमा अघि सारेका हुन्। सहभागी एक नेता भन्छन्, 'उहाँको प्रस्ताव नभइ बोल्दै जाँदा उक्त प्रसंग आएको थियो। त्यसमा अलिअलि छलफल भएको हो।' एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रचण्डको यही भनाइमा थपेपछि त्यो विषय बाहिर आउनेगरी व्यापक बनेको बुझिन्‍छ।

एमाले आशंका : स्थानीय चुनाव सार्ने खेल
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने अर्ली इलेक्सनको बहसलाई स्थानीय निर्वाचन सार्ने सत्ता गठबन्धनको रणनीतिका रुपमा बुझेको छ।  नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले स्थानीय तहको निर्वाचनलाई अझै पनि पर धकेल्ने प्रयास हुन सक्ने बताएका छन्

आइतबार बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले अर्ली इलेक्सनको कुरा गरेर स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने प्रयास भइरहेको बताएका हुन्।   ‘अर्ली इलेक्सनको कुरा गरेर स्थानीय तहको निर्वाचन प्रभावित पार्ने रणनीति हो भन्ने हामीले बुझेका छौं,’ नेम्वाङले भने। 

हिजो चुनावमा जानुपर्छ भन्दा 'प्रतिगमन भयो' भन्नेहरुलाई अहिले अर्ली इलेक्सन किन चाहिएको रहेछ? भन्दै नेम्वाङले प्रश्न गरे। ‘स्थानीय तहको निर्वाचनलाई पर पुर्‍याउने, निर्वाचनलाई गडबड गर्ने लगायतका काम हुन सक्छ। सचेत हुनुपर्छ,’ उनले भने,‘अहिले नै ढुक्क हुने अवस्था छैन। यसमा चनाखो हुनुपर्छ।’

सत्ता गठबन्धनले अनेक नाममा कहिले अदालतमा मुद्दा हालेर त कहिले अनेक हिसाबले स्थानीय तहको निर्वाचन सार्न खोज्ने षडयन्त्र गरे पनि सबैको दबाबले मिति घोषणा गर्न बाध्य भएको नेम्वाङको भनाइ छ।  ‘हामीले विशेष कारणबस नै जनतामा जाउँ न भनेको नै हो। हामी अडिक नै छौं। अर्ली इलेक्सनका विषयमा उहाँहरु कसरी अगाडि आउनुहुन्छ त्यो हेरेर मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘साँच्चिकै चुनाव गर्न खोजेको हो कि अरु केही?’

कांग्रेस महामन्त्री थापा स्थानीय निर्वाचनलाई पर सार्ने उद्देश्यले अर्ली निर्वाचनको कुरा नगरेको प्रष्ट्याउँछन्। 'संसद्‌ यसरी चलाउनुहुँदैन।  कि वार कि पार गर्नुपर्छ। कि यस्तै अवस्थामा पनि कानुन बनाउँदै जाने हो भनेर तय गर्नुपर्‍यो कि विकल्प खोज्नुपर्छ भन्ने कोणबाट यो कुरा आएको हो,' उनले भने, 'स्थानीय  चुनाव एकदिन पनि तलमाथि हुँदैन। संसद्‌को चुनाव कहिले हुन्छ? यो धेरै कुरालाई हेरेर निर्धारण हुन्छ। तर जुनसुकै अवस्थामा पनि स्थानीय चुनाव वैशाख ३० मै हुन्छ।'

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  २१:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो महासचिव शंकर पोखरेलसहितको टोलीले नुवाकोट, रसुवालगायतका स्थानको स्थलगत अवलोकनपछि गरेको अध्ययन प्रतिवेदन ग्रहण गर्ने कार्यक्रममा ओलीले... आइतबार, भदौ १४, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै सभापति रवि लामिछानेको निर्देशनमा बस्ने बैठक भर्चुअल हुनेछ। आइतबार, भदौ १४, २०८३
उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन भएको संयन्त्रका नेताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले प्रभावित क्षे... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित) आइतबार, भदौ १४, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती आइतबार, भदौ १४, २०८३
शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार आइतबार, भदौ १४, २०८३
नेपाल लाइफको ‘लिडरसीप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीले ७ मिनेटमै २२ किलो दूरी पार गर्‍यो : चिनियाँ अध्ययन आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्