काठमाडौं- राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन्। शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा उनीहरुले पद तथा गोपनीयता शपथ लिएका हुन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उनीहरुलाई शपथ गराएका थिए। माघ १२ गते सम्पन्न निर्वाचनमा १९ जना नयाँ सदस्य निर्वाचित भएका थिए। निर्वाचित १९ मध्ये १८ जना सत्ता गठबन्धनका उम्मेदवार छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा मात्र विजयी भएका थिए।
राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सदस्य निर्वाचित भएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरुको पदावधि सकिएको हो। २०७४ सालमा गठन भएको राष्ट्रिय सभाका सदस्यहरुमध्ये चार वर्ष पदावधि कायम भएकाहरुको पदावधि सकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।