• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

व्यक्ति ‘पल’ दमौली, प्रवृत्ति ‘पल’ खुलेआम रमौली?

64x64
डिबी खड्का शुक्रबार, फागुन २०, २०७८  २१:२८
1140x725

२०७४ सालको हिउँदतिर हो। म मनोरञ्जन क्षेत्रमा झन्डै १० वर्ष रिपोर्टिङ अनुभूतिको संग्रह ‘नियतः रङ्गिन दुनियाँका रङ्गहीन दृष्टान्त’ लेखनको अन्तिम चरणमा थिएँ। त्यही बेला कलासम्बन्धी एउटा संस्थाले गरेको पिकनिकको निम्तो आइलाग्यो। गएँ। रमाइरहेको थिएँ। कला क्षेत्रमा कपाल फुलाएका एकजना ‘दाइ’ नजिक आए। हार्दिकता जनाउन दुई हात जोड्न खोज्दै थिएँ, उनले रातोपीरो मुख लगाउँदै भने, ‘तँ हाम्रो (मनोरञ्जन) क्षेत्रलाई बदनाम गर्दैछस् रे!’

पिकनिकमा उपलब्ध तरल पदार्थले उनलाई ‘मुड’मा पुर्‍याएको थियो। म मुड बिगार्ने पक्षमा थिइनँ। तर, उनले थप केही अप्रिय शब्द बोले। वरिपरि जम्मा भएका साथीभाइका लागि पनि जवाफ दिनैपर्ने भयो। 

त्यो दिन मैले दिएको जवाफको आशय यस्तो थियो– किताबमा बेनामे पात्रका रूपमा रहेका ती महिला कलाकारहरूले आफ्ना अनुभूति मसँग साटे। कथा भए। यदि, ती भोगाइ उनीहरुले अदालतमा ‘बयान’का रूपमा प्रस्तुत गर्न सकेका भए के हुन्थ्यो? 

ती दाइलाई तरल पदार्थको थप मात्रा आवश्यक पर्‍यो, मैले मुक्ति पाएँ। त्यसको एक वर्षपछि ती अनुभूति मैले ‘नियतः रङ्गिन दुनियाँका रङ्गहीन दृष्टान्त’ मार्फत् सार्वजनिक गरें। अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले किताब सार्वजनिक गर्दै यस विषयमाथि बहश गरे। 

‘कास्टिङ काउच’को त्यो विषय मनोरञ्जन क्षेत्रमा केही दिन ‘चियागफ’को शीर्षक बन्यो। तर, अपेक्षित व्यापक बहस भएन। ती दाइले अपेक्षा गरेझैं कला क्षेत्रलाई ‘बदनाम’ गर्न सकेन। गर्दो हो त आज ती कोकिलकन्ठी गायिकाको ‘न्याउली’ रूप देख्नु पर्दैनथ्यो, यी 'पल'हरु 'पूर्ण' रहन सक्थे। 

मनोरञ्जन क्षेत्रले उनीहरूका पीडालाई रमाइलोका रूपमा ग्रहण गर्‍यो, कतिपय त ती बेनामे पात्रको पहिचानमा सक्रिय भए। यसरी त्यो क्षेत्रको थोरै भए पनि फोहर बढार्ने मेरो अभियान तुहियो। हुन त मनोरञ्जन क्षेत्र अहिले बलात्कार नै पचाउने कोसिसमा छ, कास्टिङ काउच कुन ठूलो कुरा हो र?

त्यतिबेला मैले किताबको भूमिकामा लेखेको थिएँ– मनोरञ्जन क्षेत्रको फोहरमैला बढार्न केही जागरुक सफाइ कर्मचारीको आवश्यकता छ। मैले मनोरञ्जन क्षेत्रलाई नजिकबाट नियाल्न छाडेको यी चार वर्षमा त्यस्ता ‘जागरुक सफाइ कर्मचारी’को उपस्थिति भइसकेको रहेनछ। 

समयको हावा र उड्न खोजेका कसिङ्गर
समय आफैं पनि शक्तिशाली हुन्छ। समयले नै बरु एक झोक्का हावा फालेको छ। बढार्न कोही तयार नभएपछि त्यही हावाले केही कसिङ्गर उडाउने कोसिस गरेको होला! 

Ncell 2
Ncell 2
nimb
nimb

मनोरञ्जन क्षेत्रको ठूलो तप्का वा अझ समाजको ठूलो हिस्साले पीडितको नजरियाबाट यसलाई नियाल्न इन्कार गरिरहेका छन्। उनीहरुको  पर्दामा कहिल्यै अन्याय नगर्ने हिरोलाई वास्तविक दुनियाँमा त्यही रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्। कतिसम्म दयालाग्दो दृष्टि छ– कतिपयले दोष हिरोको होइन, नाबालिग गायिकाको ‘उमेर’को ठानिरहेका छन्। कतिलाई लागेको छ– अपराध संहितामा रहेको १८ वर्षको उमेर हद १६ मा झार्नुपर्छ। 

उमेरहद घटाएर हेर्दा यस्तो घटनाहरू बलात्कार नठहरिएलान्, तर कुकर्म त हुन्। किनभने ‘शक्ति’ (स्टारडम)का आधारमा यस्तो सम्बन्धका लागि बाध्य पारिने घटनाको अर्को संस्करण हुन्थ्यो नै। 

मनोरञ्जन दुनियाँमा ‘स्टार’को प्रस्ताव संघर्षरतहरूले इन्कार गर्नुको मूल्य निकै महंगो पर्छ। ‘वरिष्ठ’हरुको यौन प्रस्ताव इन्कार गरेकै कारण यो क्षेत्रबाट पलायन भएका थुप्रै नाम अहिले मेरो दिमागमा सलबलाइरहेका छन्। 

‘नियत’मै समेटिएको ‘अनि... सांस्कृतिक कार्यक्रम’की पात्र, जसलाई हिरोइन बनाउन निर्देशकले ‘सांस्कृतिक कार्यक्रम’ (यौन)का लागि बाध्य पारेका थिए। ‘र्‍याल चुहाउने आँखाहरू’मा रहेको हिरोको फ्यान रहेकी एउटी युवतीले भोग्नु परेको यौन शोषणको कथा पनि सम्झिरहेको छु। यस्तै सम्झौता नगर्ने, तर यो क्षेत्रबाटै पलायन रोज्ने ‘बाख्रा चराइरहेकी ऐश्वर्या राय’ र ‘स्टारको ठेकेदार’का पात्रहरूले फेरि एकपटक भावुक बनाएका छन्।  

Xtrem

Xtrem

मनोरञ्जन बिटमा पत्रकारिता गरिरहँदा थुप्रैले मलाई आफ्ना भोगाइ सुनाएका थिए। तिनका मनका चोटपटक मैले अनुभूत गरेको छु। सबैको पीडा करिब समान थियो। हिरोइन/गायिका हुने सपना देखेवापत मूल्य चुकाएका ती महिलाहरूले अहिलेको माहोल नियालीरहेका होलान्! ती गायिकाले भोगेको बलात्कार र पूजा शर्माहरुको दृष्टिकोण तुलना गरिरहेका होलान्। आँखा बिझाउने यी दृष्यहरु ‘डलर माझी’ युट्युबेहरुका कथा प्लटमा हेरिरहेका होलान्। मनोरञ्जन क्षेत्र नामक ‘नरक’बाट बेलैमा टाढिएकोमा हर्ष मनाइरहेका होलान्।  

त्यो पूर्ण, यो पल
सबैले भन्ने गरेका छन्– मनोरञ्जन उद्योग रङ्गिन दुनियाँ हो। म आफ्नो पुरानै प्रश्न अहिले पनि दोहोर्‍याउँछु– कसका लागि रङ्गिन? यो उद्योग पुरुषका लागि रङ्गिन होला, महिलाका लागि छैन। यदि दुःखका दुई/चार रङ हुन्छन् भने मात्र मनोरञ्जन उद्योग महिलाका लागि पनि रङ्गिन छ।

एउटा ‘पल’ दमौली (जिल्ला प्रहरी कार्यालय तनहुँ)को हिरासतमा छन्। थुप्रै पलहरू यहीँ–कहीँ छन्। ‘पल’ पात्र मात्रै हुँदो हो त यसमा थप बहस जरुरी थिएन। तर, ‘पल’ प्रवृत्ति हो। त्यो प्रवृत्तिलाई स्वभाव बनाएका प्रशस्त ‘पलहरू’ यत्रतत्र छन्। कति पलहरु अहिले ती ‘पल’कै पक्षमा माहोल बनाउन दमौली पुगेका छन्। कति यतैकतै ती हिम्मतिली गायिकाका पूर्वकथा बनाएर/सुनाएर चरित्र उधिन्न व्यस्त छन्। 

व्यक्ति पलबारे धेरै केही भन्नु छैन। किनभने कानुनले ‘भन्ने प्रक्रिया’ सुरु गरेको छ। त्यसैले भनोस्। व्यक्तिगत रुपमा भने झन्डै १६ वर्षअघि सरस्वति क्याम्पसमा आइकम पढ्दा भेटिएको पूर्णविक्रम शाह भेट्न चाहन्छु। तर, त्यो सहपाठी पूर्ण, यो ‘पल’मा खोजेर पाउन मुस्किल छ। मनोरञ्जन दुनियाँको खराब माहोलबाट आफूलाई टाढा राख्न नसकेर प्रहरीको कठघरामा पुगेका पललाई कानुनले जुन रूपमा प्रस्तुत गर्छ, त्यही रुपमा स्वीकार्नुपर्छ। 

निर्देशक अभिनेता दीपकराज गिरिले यो प्रकरणमा नाबालिग गायिकाका विषय अनुभूति लेख्दै प्रश्न गरेका छन्, ‘उनी आज जे बनिन्, त्यसमा हाम्रो सहयोग थियो भने उनले आज जे भोगिरहेकि छिन्, त्यसमा पनि हाम्रो क्षेत्र, हाम्रै संगत, हाम्रै वातावरणको दोष छ कि छैन?’ उनले नाबालिग गायिकाका तर्फबाट लेखे। उनले ‘नाबालिग’का ठाउँमा ‘पल’ पेस्ट गरेर समेत हेर्नुपर्ने हुन्छ। मनोरञ्जन क्षेत्रको वातावरण स्वच्छ बनाउनै पर्ने छ। 

र, हल्ला गर्नुपर्छ
केही दिनअघि अभिनेत्री सञ्चिता लुइँटेलले लेखिन्– ‘दोषी र निर्दाेष छुट्याउने काम कानुन र अदालतको हो। त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन। सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्याय सम्पादनको प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ।’

न्यायका प्रक्रियामा हुनुपर्ने यही हो। नितान्त एउटा घटना हुँदो हो त अभिनेत्री लुइँटेलले भनेझैं ‘हो–हल्ला’ नगर्न जायज हुन्थ्यो। यो प्रवृत्ति हो। यो प्रकरण मनोरञ्जन क्षेत्रका लागि उपयुक्त ‘अवसर’ हो। यही विन्दुबाट धेरै पुरुषको मानसिकतामा रहेको फोहरमैलो बढार्ने अवसर आएको छ। फौदजारी अपराध संहितामाथि टेकेर अदालतमा हुने बहसले एउटालाई ‘न्याय’ दिन्छ। हाँस्य कलाकार मनोज गजुरेलको जस्तै हामी सबै ‘न्याय’का पक्षमा उभिनुपर्छ।

अदालतको आँखाले कसलाई ‘पीडित’ र कसलाई ‘दोषी’ ठहर्‍याउला त्यो त्यहीभित्र हुने बहस र प्रमाणले निर्धारण गर्छ। अदालतभन्दा बाहिर भइरहेको बहसलाई झन् धारिलो र फराकिलो बनाउनुपर्ने आवश्यकता छ। किनभने, यसले सम्भावित ‘अन्याय’ नै रोक्न मद्दत गर्छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्