• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

व्यक्ति ‘पल’ दमौली, प्रवृत्ति ‘पल’ खुलेआम रमौली?

64x64
डिबी खड्का शुक्रबार, फागुन २०, २०७८  २१:२८
1140x725

२०७४ सालको हिउँदतिर हो। म मनोरञ्जन क्षेत्रमा झन्डै १० वर्ष रिपोर्टिङ अनुभूतिको संग्रह ‘नियतः रङ्गिन दुनियाँका रङ्गहीन दृष्टान्त’ लेखनको अन्तिम चरणमा थिएँ। त्यही बेला कलासम्बन्धी एउटा संस्थाले गरेको पिकनिकको निम्तो आइलाग्यो। गएँ। रमाइरहेको थिएँ। कला क्षेत्रमा कपाल फुलाएका एकजना ‘दाइ’ नजिक आए। हार्दिकता जनाउन दुई हात जोड्न खोज्दै थिएँ, उनले रातोपीरो मुख लगाउँदै भने, ‘तँ हाम्रो (मनोरञ्जन) क्षेत्रलाई बदनाम गर्दैछस् रे!’

पिकनिकमा उपलब्ध तरल पदार्थले उनलाई ‘मुड’मा पुर्‍याएको थियो। म मुड बिगार्ने पक्षमा थिइनँ। तर, उनले थप केही अप्रिय शब्द बोले। वरिपरि जम्मा भएका साथीभाइका लागि पनि जवाफ दिनैपर्ने भयो। 

त्यो दिन मैले दिएको जवाफको आशय यस्तो थियो– किताबमा बेनामे पात्रका रूपमा रहेका ती महिला कलाकारहरूले आफ्ना अनुभूति मसँग साटे। कथा भए। यदि, ती भोगाइ उनीहरुले अदालतमा ‘बयान’का रूपमा प्रस्तुत गर्न सकेका भए के हुन्थ्यो? 

ती दाइलाई तरल पदार्थको थप मात्रा आवश्यक पर्‍यो, मैले मुक्ति पाएँ। त्यसको एक वर्षपछि ती अनुभूति मैले ‘नियतः रङ्गिन दुनियाँका रङ्गहीन दृष्टान्त’ मार्फत् सार्वजनिक गरें। अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले किताब सार्वजनिक गर्दै यस विषयमाथि बहश गरे। 

‘कास्टिङ काउच’को त्यो विषय मनोरञ्जन क्षेत्रमा केही दिन ‘चियागफ’को शीर्षक बन्यो। तर, अपेक्षित व्यापक बहस भएन। ती दाइले अपेक्षा गरेझैं कला क्षेत्रलाई ‘बदनाम’ गर्न सकेन। गर्दो हो त आज ती कोकिलकन्ठी गायिकाको ‘न्याउली’ रूप देख्नु पर्दैनथ्यो, यी 'पल'हरु 'पूर्ण' रहन सक्थे। 

मनोरञ्जन क्षेत्रले उनीहरूका पीडालाई रमाइलोका रूपमा ग्रहण गर्‍यो, कतिपय त ती बेनामे पात्रको पहिचानमा सक्रिय भए। यसरी त्यो क्षेत्रको थोरै भए पनि फोहर बढार्ने मेरो अभियान तुहियो। हुन त मनोरञ्जन क्षेत्र अहिले बलात्कार नै पचाउने कोसिसमा छ, कास्टिङ काउच कुन ठूलो कुरा हो र?

त्यतिबेला मैले किताबको भूमिकामा लेखेको थिएँ– मनोरञ्जन क्षेत्रको फोहरमैला बढार्न केही जागरुक सफाइ कर्मचारीको आवश्यकता छ। मैले मनोरञ्जन क्षेत्रलाई नजिकबाट नियाल्न छाडेको यी चार वर्षमा त्यस्ता ‘जागरुक सफाइ कर्मचारी’को उपस्थिति भइसकेको रहेनछ। 

समयको हावा र उड्न खोजेका कसिङ्गर
समय आफैं पनि शक्तिशाली हुन्छ। समयले नै बरु एक झोक्का हावा फालेको छ। बढार्न कोही तयार नभएपछि त्यही हावाले केही कसिङ्गर उडाउने कोसिस गरेको होला! 

Ncell 2
Ncell 2

मनोरञ्जन क्षेत्रको ठूलो तप्का वा अझ समाजको ठूलो हिस्साले पीडितको नजरियाबाट यसलाई नियाल्न इन्कार गरिरहेका छन्। उनीहरुको  पर्दामा कहिल्यै अन्याय नगर्ने हिरोलाई वास्तविक दुनियाँमा त्यही रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्। कतिसम्म दयालाग्दो दृष्टि छ– कतिपयले दोष हिरोको होइन, नाबालिग गायिकाको ‘उमेर’को ठानिरहेका छन्। कतिलाई लागेको छ– अपराध संहितामा रहेको १८ वर्षको उमेर हद १६ मा झार्नुपर्छ। 

उमेरहद घटाएर हेर्दा यस्तो घटनाहरू बलात्कार नठहरिएलान्, तर कुकर्म त हुन्। किनभने ‘शक्ति’ (स्टारडम)का आधारमा यस्तो सम्बन्धका लागि बाध्य पारिने घटनाको अर्को संस्करण हुन्थ्यो नै। 

मनोरञ्जन दुनियाँमा ‘स्टार’को प्रस्ताव संघर्षरतहरूले इन्कार गर्नुको मूल्य निकै महंगो पर्छ। ‘वरिष्ठ’हरुको यौन प्रस्ताव इन्कार गरेकै कारण यो क्षेत्रबाट पलायन भएका थुप्रै नाम अहिले मेरो दिमागमा सलबलाइरहेका छन्। 

‘नियत’मै समेटिएको ‘अनि... सांस्कृतिक कार्यक्रम’की पात्र, जसलाई हिरोइन बनाउन निर्देशकले ‘सांस्कृतिक कार्यक्रम’ (यौन)का लागि बाध्य पारेका थिए। ‘र्‍याल चुहाउने आँखाहरू’मा रहेको हिरोको फ्यान रहेकी एउटी युवतीले भोग्नु परेको यौन शोषणको कथा पनि सम्झिरहेको छु। यस्तै सम्झौता नगर्ने, तर यो क्षेत्रबाटै पलायन रोज्ने ‘बाख्रा चराइरहेकी ऐश्वर्या राय’ र ‘स्टारको ठेकेदार’का पात्रहरूले फेरि एकपटक भावुक बनाएका छन्।  

मनोरञ्जन बिटमा पत्रकारिता गरिरहँदा थुप्रैले मलाई आफ्ना भोगाइ सुनाएका थिए। तिनका मनका चोटपटक मैले अनुभूत गरेको छु। सबैको पीडा करिब समान थियो। हिरोइन/गायिका हुने सपना देखेवापत मूल्य चुकाएका ती महिलाहरूले अहिलेको माहोल नियालीरहेका होलान्! ती गायिकाले भोगेको बलात्कार र पूजा शर्माहरुको दृष्टिकोण तुलना गरिरहेका होलान्। आँखा बिझाउने यी दृष्यहरु ‘डलर माझी’ युट्युबेहरुका कथा प्लटमा हेरिरहेका होलान्। मनोरञ्जन क्षेत्र नामक ‘नरक’बाट बेलैमा टाढिएकोमा हर्ष मनाइरहेका होलान्।  

त्यो पूर्ण, यो पल
सबैले भन्ने गरेका छन्– मनोरञ्जन उद्योग रङ्गिन दुनियाँ हो। म आफ्नो पुरानै प्रश्न अहिले पनि दोहोर्‍याउँछु– कसका लागि रङ्गिन? यो उद्योग पुरुषका लागि रङ्गिन होला, महिलाका लागि छैन। यदि दुःखका दुई/चार रङ हुन्छन् भने मात्र मनोरञ्जन उद्योग महिलाका लागि पनि रङ्गिन छ।

एउटा ‘पल’ दमौली (जिल्ला प्रहरी कार्यालय तनहुँ)को हिरासतमा छन्। थुप्रै पलहरू यहीँ–कहीँ छन्। ‘पल’ पात्र मात्रै हुँदो हो त यसमा थप बहस जरुरी थिएन। तर, ‘पल’ प्रवृत्ति हो। त्यो प्रवृत्तिलाई स्वभाव बनाएका प्रशस्त ‘पलहरू’ यत्रतत्र छन्। कति पलहरु अहिले ती ‘पल’कै पक्षमा माहोल बनाउन दमौली पुगेका छन्। कति यतैकतै ती हिम्मतिली गायिकाका पूर्वकथा बनाएर/सुनाएर चरित्र उधिन्न व्यस्त छन्। 

व्यक्ति पलबारे धेरै केही भन्नु छैन। किनभने कानुनले ‘भन्ने प्रक्रिया’ सुरु गरेको छ। त्यसैले भनोस्। व्यक्तिगत रुपमा भने झन्डै १६ वर्षअघि सरस्वति क्याम्पसमा आइकम पढ्दा भेटिएको पूर्णविक्रम शाह भेट्न चाहन्छु। तर, त्यो सहपाठी पूर्ण, यो ‘पल’मा खोजेर पाउन मुस्किल छ। मनोरञ्जन दुनियाँको खराब माहोलबाट आफूलाई टाढा राख्न नसकेर प्रहरीको कठघरामा पुगेका पललाई कानुनले जुन रूपमा प्रस्तुत गर्छ, त्यही रुपमा स्वीकार्नुपर्छ। 

निर्देशक अभिनेता दीपकराज गिरिले यो प्रकरणमा नाबालिग गायिकाका विषय अनुभूति लेख्दै प्रश्न गरेका छन्, ‘उनी आज जे बनिन्, त्यसमा हाम्रो सहयोग थियो भने उनले आज जे भोगिरहेकि छिन्, त्यसमा पनि हाम्रो क्षेत्र, हाम्रै संगत, हाम्रै वातावरणको दोष छ कि छैन?’ उनले नाबालिग गायिकाका तर्फबाट लेखे। उनले ‘नाबालिग’का ठाउँमा ‘पल’ पेस्ट गरेर समेत हेर्नुपर्ने हुन्छ। मनोरञ्जन क्षेत्रको वातावरण स्वच्छ बनाउनै पर्ने छ। 

र, हल्ला गर्नुपर्छ
केही दिनअघि अभिनेत्री सञ्चिता लुइँटेलले लेखिन्– ‘दोषी र निर्दाेष छुट्याउने काम कानुन र अदालतको हो। त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन। सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्याय सम्पादनको प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ।’

न्यायका प्रक्रियामा हुनुपर्ने यही हो। नितान्त एउटा घटना हुँदो हो त अभिनेत्री लुइँटेलले भनेझैं ‘हो–हल्ला’ नगर्न जायज हुन्थ्यो। यो प्रवृत्ति हो। यो प्रकरण मनोरञ्जन क्षेत्रका लागि उपयुक्त ‘अवसर’ हो। यही विन्दुबाट धेरै पुरुषको मानसिकतामा रहेको फोहरमैलो बढार्ने अवसर आएको छ। फौदजारी अपराध संहितामाथि टेकेर अदालतमा हुने बहसले एउटालाई ‘न्याय’ दिन्छ। हाँस्य कलाकार मनोज गजुरेलको जस्तै हामी सबै ‘न्याय’का पक्षमा उभिनुपर्छ।

अदालतको आँखाले कसलाई ‘पीडित’ र कसलाई ‘दोषी’ ठहर्‍याउला त्यो त्यहीभित्र हुने बहस र प्रमाणले निर्धारण गर्छ। अदालतभन्दा बाहिर भइरहेको बहसलाई झन् धारिलो र फराकिलो बनाउनुपर्ने आवश्यकता छ। किनभने, यसले सम्भावित ‘अन्याय’ नै रोक्न मद्दत गर्छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्