काठमाडौं– माई पे वालेट प्रयोगकर्ताले अब एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने भएका छन्। माई पेका अनुसार ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याइएको हो। कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन।
उक्त एक लाख रुपैयाँको दुर्घटना सुविधाप्राप्त गर्नका लागि माई पे एप डाउनलोड गरी केवाईसी भेरिफाइड भएको र नेपाली महिना अनुसार हरेक महिना माइ पेमार्फत न्यूनतम एक हजार रुपैयाँको कारोबार भएको हुनुपर्छ।
यसरी मासिक १ हजारको कारोबार भएको दुई दिन पछि उक्त ग्राहकको एक लाख रुपैयाँको बीमा योजनाका कार्यान्वयन हुने र त्यसको जानकारी एसएमएसमार्फत गराइने कम्पनीले जानकारी दिएको छ।
यस बीमा सुविधाका अतिरिक्त माई पेमार्फत हवाई टिकट बुकिङ गर्दा सबैभन्दा धेरै क्यासब्याक तथा एक रुपैयाँमै जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा पहिलेदेखि दिँदै आइरहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।