काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रुपमा रहेको नेपाल चेम्बर अफ कमर्शको कार्यसमिति सदस्यमा मनोनीत भएका छन्।
चेम्बरको ८औं बैठकले शाक्यलाई वस्तुगत संघको तर्फबाट सदस्यमा मनोनीत गरेको हो। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधान अनुरुप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताए।
चेम्बरले कार्यसमितिमा मनोनीत गरेकोमा अध्यक्ष शाक्यले खुशी व्यक्त गरे। उनले आफ्नो तर्फबाट चेम्बरको उद्देश्य पूर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।