• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

६५ हजारका लागि सर्वोच्च अदालतमा कार्यरत प्रहरी नै बने ‘लुटेरा’!

लागुऔषध बेच्ने सुराक पाएपछि दुई प्रहरीकै योजनामा यसरी लुटियो फार्मेसी पसल
64x64
नारायण अधिकारी शुक्रबार, फागुन २०, २०७८  १६:१८
1140x725
सर्वोच्च अदालतमा कार्यरत प्रहरी जवान सुवास रतोकी र लागुऔषध मुद्दामा जागिर गुमाएका पूर्व‍प्रहरी देवीप्रसाद धिताल। तस्बिर : नेपाल प्रहरी

काठमाडौं– ‘हामी प्रहरी हौं। तपाईंको पसलमा अवैध औषधि बिक्रीवितरण भइरहेको सूचना आएको छ। हामी खानतलासी गर्न आएका हौं’ काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई ८ जनाको एउटा समूहले धम्की दियो।

घटना यही फागुन १८ गते साँझ साढे ७ बजेको हो। प्रहरी भन्दै अनावश्यक धम्की दिँदै खानतलासीसम्म गर्ने बताएपछि साँकी पनि छक्क परे। उनले औषधिको रुपमा नाइट्राभेटहरु पनि बेच्दै आएका थिए। तर उक्त युवाको समूहले भने डाक्टरको अनुमित बिना बेच्न नमिल्ने ती औषधि लागुऔषधको रुपमा बेच्ने गरेको भन्दै अनावश्यक आरोप लगाउँदै साँकीलाई धम्की दिए।

प्रहरी बताउँदै आएको ८ जनाको समूहले मध्ये केहीले साँकीलाई नियन्त्रणमा लिए। खानतलासी गर्नुको साटो उनले लगाएका घडी, खल्तीको मोबाइलसम्म लुट्न सुरु भयो। त्यसपछि ग्लोबल आईएमई बैंकको खाताबाट उनीहरुको इ–सेवा आइडीमा १० हजार, स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको खातामा रहेको नगद ३५ सय, कुमारी बैंकको खाताबाट इ–सेवामा पठाउन लगाएर १७ सय समेत प्रहरी भन्दै धम्की दिएको समूहले लुटेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले नेपाल लाइभलाई जानकारी दिए। रकम र नगद गरेर उनीहरुले ६५ हजार रुपैयाँ बराबर लुटपाट गरेको एसपी कोइरालाले बताए।

खानतलासी गर्छौ भन्दै फार्मेसीमा आएर लुटपाट गरेपछि साँकीलाई उनीहरु प्रहरी हुनेमा आशंका लाग्यो। आफ्नो पसल लुटपाट भएको भन्दै उनले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा जोहरी दिए।

जाहेरी परेको केही दिनमै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेसँगै आफूलाई प्रहरी बताउँदै छापा हान्न गएको उक्त समूहबारे पर्दाफास भएको छ।

बहालवाला प्रहरीदेखि पूर्वप्रहरी समेतेको मिलेमतोमा छापा हान्ने निहुमा लुटपाट भएको उनीहरु पक्राउ परेसँगै खुलेको छ।बुधबार र बिहीबार गरेर काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट लुटपाटमा संलग्न भएका बहालवाला प्रहरीदेखि पूर्वप्रहरीसम्मलाई अपराध महाशाखाको टोलीले सार्वजनिक गरेको छ।

लागुऔषध मुद्दामा जागिर गएका प्रहरीदेखि बहालवाला प्रहरीसम्म पक्राउ 

पक्राउ परेका मध्ये दुई जना प्रहरी रहेको खुलेको छ। जसमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ झलारी घर भई सर्वोच्च अदालत सुरक्षा समन्वय इकाईमा कार्यरत प्रहरी  जवान २७ वर्षीय सुवास रतोकीदेखि जुम्लाको गुठिचौर गाउँपालिका–५ घर भएका पूर्वप्रहरी २६ वर्षीय देवीप्रसाद धितालसम्म छन्।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैगरी धादिङको धुनुबेशी नगरपालिका–३ का ३० वर्षीय शंकर रेग्मी, डडेलधुराको महाकाली नगरपालिका–२ का २८ वर्षीय हिक्मत महता, कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–२  झलारीका ३४ वर्षीय मिलन बोहरा, पाँचथरको याङ्गक गाउँपालिका–८ का ३२ वर्षीय लिम्बू भनिने भविन्द्र बेगा, दैलेखको नौमुले गाउँपालिका–५ सल्लेरीका २७ वर्षीय जीवन भनिने योगेन्द्रबहादुर चन्द र प्युठानको गौमुखी गाउँपालिका–६ का २१ वर्षीय भिटेन र संगीत थापा नामले चिनिने कमल सुनार छन्।

उनीहरुबाट प्रहरीले ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता, ५ थान एटिएम कार्ड र २ थान चेक बरामद गरेको छ।

सर्वोच्च अदालतमा कार्यरत प्रहरीकै सहयोगमा लुटपाट

हाल पक्राउ परेका रेग्मी पटके चोर हुन्। साथै उनी चोरी सम्बन्धीका सूचना बेला–बेला प्रहरीलाई दिएर सहयोग पनि गर्थे। चोरी घटनामै पक्राउ पर्दै जेल जाँदै गर्दा उनको प्रहरीसँग राम्रै हिमचिम भएको थियो। यसरी पक्राउ पर्ने र छुट्ने क्रममा केही समय अघिसम्म अपराध महाशाखामै कार्यरत प्रहरी जवान धितालसँग राम्रै चिनजान भएको थियो। धिताल लागुऔषधका सेवनकर्ता थिए।

प्रहरी स्रोतका अनुसार गत वर्ष भरतपुर तालिम केन्द्रमा तालिम गर्न गएको बेला धितालको साथबाट तीन पत्ता नाइट्रोभेट लागुऔषध प्रहरीले बरामद गरेको थियो। हिरासतमा राखेर उनीमाथि अनुसन्धान सुरु गरिएको थियो। पछि अदालतको आदेशमार्फत उनी धरौटीमा रिहा भएका थिए भने प्रहरी संगठनले विभागीय कारबाही गर्दै जागिरबाट बर्खास्त गरेको थियो। 

उनै धिताललाई रेग्मीले समृध फार्मेसीले लागुऔषधको रुपमा नाइट्रोभेट बेच्ने गरेको सूचना पुर्‍याएका थिए। त्यसपछि पूर्वप्रहरी धितालकै योजनामा उक्त फार्मेसीमा लुटपाट भएको प्रहरीको भनाइ छ।

धितालले नै बोलाएपछि बहालवाला प्रहरी जवान रतोकीसमेत लुटपाटमा संलग्न भएको प्रहरी अनुसन्धान अधिकारी बताउँछन्। ‘रतोकी र धितालको चिनजान पहिल्यैदेखि थियो। उनै धितालले बोलाएपछि रतोकी पनि गएको देखिन्छ’ एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने। 

यद्यपी रतोकीले भने आफूलाई लुटपाटको कुनै योजना नै थाहा नभएको र धितालले भेटघाट गर्नुपर्‍यो भनेर बोलाएकाले गएको मात्रै दाबी गर्दै आएका छन्। पक्राउ परेका अन्य व्यक्तिहरु पनि विभिन्न चोरी घटनाहरुमा संलग्न रहेको पाइएको छ। ‘उनीहरु दोहोरीतिर काम गर्ने तथा बसपार्क क्षेत्रलाई आधार बनाएर चोरी गर्ने व्यक्तिहरु हुन्’ एक अनुसन्धान अधिकारीले भने। 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्