त्रिपोली- लिवियाको साब्रथा सहरमा भड्किएको हिंसाका कारण बिहीबार मात्रै झन्डै तीन हजार परिवार घर छोडेर भाग्न बाध्य भएका छन्।
'सरकारी निकायहरुलाई प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार तीन हजार परिवार आफ्नो घर छाडेर भाग्न बाध्य भएको पाइएको छ,' एक सरकारी अधिकारीले भने।
लिविया रेड क्रेसेन्टको सहयोगमा एक हजार विस्थापित परिवारलाई राहत सामग्रीहरुको व्यवस्था गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
सब्रथा भन्ने ठाँउ राजधानी त्रिपोली देखि ७० किलोमिटर पश्चिमतर्फ पर्दछ। यहाँ गत सेप्टेम्बरको मध्यदेखि प्रतिस्पर्धी सशस्त्र समूहबीच द्वन्द्व चलिरहेको छ।
द्वन्द्वका कारण दर्जनौ स्थानीय बासिन्दाको मृत्यु भएको छ भने हजारौ घाइते भएका र घरबार छाडेर भाग्न बाध्य भएका छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।