काठमाडौं– बर्जर पेन्टस् काठमाडौं ट्रिनालेको आयोजनामा त्रैवार्षिक रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कला प्रदर्शनीको प्रमुख साझेदार बनेको छ।
फागुन १७ देखि काठमडौंमा जारी प्रदर्शनीको साझेदार बन्ने विषयमा काठमाडौं ट्रिनाले र बर्जर पेन्टस् नेपालबीच सहकार्य भएको हो।
साझेदारीमार्फत नेपालमा पेन्टस् उत्पादन तथा विक्रीवितरणमा अग्रपंक्तिमा रहेको बर्जर पेन्टस्ले नेपालको कला र संस्कृतिलाई प्रबद्र्धन गर्ने जनाइएको छ।
चैत १७ सम्म चल्ने यस कला प्रदर्शनीमा ४० राष्ट्रका १०० जनाकलाकारले आफ्ना ३०० कलाकृति प्रदर्शन गर्नुका साथै विभिन्न विधामा आधारित रहेर काठमाडौंका सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका ५ ठाउँहरुमा आफ्ना कला प्रस्तुत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।