• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

फिल्म समीक्षाप्रति किन हुन्छ नेपाली चलचित्रकर्मीको वितृष्णा?

64x64
युवराज भट्टराई बुधबार, फागुन १८, २०७८  ०७:०३
1140x725

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को सोमबारको औपचारिक कार्यक्रमपछि  अनौपचारिक गफमा फिल्म लेखक शिभम् अधिकारीले रंग पत्रकार रीना मोक्तानलाई प्रश्न गरे, ‘तपाईंले मेरो फिल्म भएन भन्नु भयो। आफू फिल्म बनाएर देखाउनुहोस न त फिल्म कस्तो हुन्छ।’

प्रसंग थियो, शुक्रबारबाट प्रदर्शनमा आएको अधिकारीको लेखन तथा सुदर्शन थापाको लेखन/निर्देशनमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को। मोक्तानले उक्त फिल्ममाथि समीक्षा लेखेकी थिइन्। उक्त समीक्षाबाट फिल्मका लेखक अधिकारी पत्रकार मोक्तानप्रति असन्तुष्ट देखिए।

मोक्तान केही वर्षयता रंग पत्रकारितामा छिन्। त्यसैले यो घटना उनका लागि पहिलो थिएन। केही महिनाअघि ‘कठपुतली’ फिल्मको समीक्षा लेख्दा पनि निर्माण पक्ष उनको विपक्षमा खनिएको थियो। कठपुतलीमाथि नै अंकित खड्गीले पनि समीक्षा लेखेका थिए। फिल्मको निर्माण पक्षले उक्त समीक्षाको विषयलाई लिएर सामाजिक सञ्जालमा लामो स्टेटस राखेर आपत्ति जनाएको थियो। निर्माता पृथ्वी राना मगरले सामाजिक सञ्जालमा लामो स्टेटस लेख्दै कठपुतलीविरुद्ध कान्तिपुरले अभियानै चलाएको आरोप लगाएका थिए।

उल्लेखित प्रसंग पछिल्ला हुन्। फिल्मको समीक्षा लेख्ने पत्रकार वा समीक्षकविरुद्ध निर्माण पक्षले ‘खेदो’ गरेका अनेक उदाहरण छन्। पत्रकार पुष्पा थपलिया मनोरञ्जन क्षेत्रमै कलम चलाउने भए पनि बल्ल मात्र समीक्षा लेख्न सुरु गरेकी छिन्। तर, उनको अनुभव पनि सकारात्मक छैन। आफूले समीक्षा लेख्दा फिल्मको आलोचना गरेमा निर्माण पक्षदेखि निर्देशकसम्मले आपत्ति जनाउने गरेको उनी सुनाउँछिन्। 

यस्ता घटना उनले दुई वटा फिल्मको समीक्षा लेखेपश्चात भोगिन्। केही समयअघि ओटीटीमाध्यमबाट प्रदर्शन भएको ‘एक’ नामक फिल्ममाथि उनले ‘एक : मधेशमाथि मजाक’ शीर्षकमा समीक्षा लेखेकी थिइन्। त्यसपछि उनलाई फिल्मका निर्देशक मनोज पण्डितले ‘कथा नबुझेको’ आरोप लगाए। पुष्पाका अनुसार पण्डितले मोबाइलमा म्यासेज गरेर ‘फिल्मको कथा नबुझेर यस्तो लेखेको’ भनेका थिए। 

‘कठपुतली’ फिल्मको समीक्षा लेख्दा पनि उनले यस्तै घटना भोग्नु परेको थियो। फिल्मकी लेखक सम्पदा मल्लले पनि पुष्पालाई म्यासेज गर्दै अरु कुनै सञ्चारमाध्यममा छापिएको फिल्मको ‘सकारात्मक’ समीक्षा पठाएर ‘कथा नबुझेको’ आरोप लगाइन्।

नेपालका निर्माता/निर्देशकले फिल्मको समीक्षालाई ‘तातो भुङ्ग्रो’को रूपमा लिन्छन्। कसैले फिल्ममाथि गहन अध्ययन गरेर समीक्षात्मक रुपमा आलोचना गरेको छ भने पनि निर्माण पक्ष यसको विपक्षमा लाग्छ। थुप्रै रंग पत्रकार तथा फिल्म समीक्षकले यस्तो भोग्नु परेको छ। 

२०७६ जेठमा ‘स्ट्यान्डअप कमेडियन’ प्रनेश गौतम फिल्म समीक्षा गरेका कारण पक्राउ परेका थिए। मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘वीर विक्रम–२’को भिडियो समीक्षा गरेका थिए। त्यसविरुद्ध निर्देशन चाम्सले उजुरी दिएपछि गौतम पक्राउ परेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

गौतमले गरेको समीक्षालाई लिएर चाम्सको टिप्पणी फरक थियो। दर्शककै लागि निर्माण भएको सिनेमामाथि समीक्षा गरिनु साधारण कुरा हो। तर, चाम्सले भने आफ्नो सिनेमामाथि गरिएको समीक्षालाई ‘अभद्र खालको टिप्पणी गरेर कलाकारको मानहानी गरेको’ प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेका थिए। वास्तवमा गौतमले फिल्म समीक्षाका लागि व्यंग्यात्मक शैली अपनाएका थिए, जसलाई चाम्सले मानहानी ठानेका थिए।

दुई वर्षपछि २०७८ जेठमा पाटन उच्च अदालतले गौतमलाई निर्दोष भएको फैसला सुनाएको थियो। अदालतले चलचित्रको समीक्षा गर्दैमा कसैको पनि चरित्र हत्या नहुने फैसला गरेको थियो।

२०७६ जेठमा ‘स्ट्यान्डअप कमेडियन’ प्रनेश गौतम फिल्म समीक्षा गरेका कारण पक्राउ परेका थिए। मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘वीर विक्रम–२’को भिडियो समीक्षा गरेका थिए। त्यसविरुद्ध निर्देशन चाम्सले उजुरी दिएपछि गौतम पक्राउ परेका थिए।

२०६९ असारमा फिल्म समीक्षक तथा निर्देशक दीपेन्द्र लामाले दिनेश डीसीको निर्देशनमा बनेको फिल्म ‘मायाज बार’माथि समीक्षा लेखेका थिए। नागरिक पत्रिकामा लेखिएको उक्त समीक्षाको हेडलाइन थियो, महंगो गिलासमा सस्तो रक्सी। समीक्षा प्रकाशन भएलगत्तै फिल्मका निर्देशक डीसीले सामाजिक सञ्जालमा लामालाई ‘त्यो पागल हो’ सम्म भनेर स्टेटस लेखेका थिए।

फिल्म लेखक तथा समीक्षक सुशील पौडेल फिल्मकर्मी र समीक्षकबीचको द्वन्द्व लामो भएको बताउँछन्। पहिल्यैदेखि चलिआएको यो द्वन्द्व अहिले ‘तल्लो स्तर’मा पुगेको उनी बताउँछन्। पौडेल भन्छन्, ‘समीक्षकमा फिल्मका गल्तीहरु औल्याउने तरिका र शैलीमा कमजोरी छ होला। तर, फिल्मकर्मीहरूले आफ्ना गल्ती स्वीकार्न नसक्नु, ओठे जवाफ फर्काउन लाग्नु गलत हो।’

फिल्म समीक्षकहरूको संख्या बढ्दै जाँदा फिल्मकर्मीहरूमा ‘प्रतिवाद’ गर्ने चलन बढ्दै गएको पौडेल बताउँछन्। फिल्मकर्मीहरूले आफ्नो मूल्याकंन र आत्मसमीक्षा गर्नेभन्दा ‘मेरो फिल्मबारे तैंले यस्तो लेख्ने?’ र ‘सक्छस् भने गरेर देखा’ भन्ने प्रवृति बढेको देखिन्छ। पौडेल भन्छन्, ‘फिल्मकर्मीमा समीक्षकलाई– तैंले के जानेको छस्, भन्ने रोष बढेको देखिन्छ।’

फिल्ममाथि लेखिने समीक्षा र लेख्ने व्यक्तिमाथि लगाउने आक्षेपको अर्थ चलचित्रकर्मीहरूले पत्रकार/समीक्षकको पेशा नबुझ्नु नै भएको पौडेल बताउँछन्। समीक्षा कसैको रुचिमा नभएर समीक्षकले आफ्नो धर्ममा बाँधिएर लेख्दा फिल्मकर्मीले गर्ने टिप्पणी अव्यवहारिक भएको उनी बताउँछन

‘फिल्म सार्वजनिक रूपमा जाँदा त्यो निर्देशक र निर्माताको मात्रै सम्पत्ति हुँदैन। सार्वजनिक रूपमा आएपछि त्यो दर्शकको हुन्छ,’ उनी भन्छन्, ‘सार्वजनिक रूपमा आएका विषयको समीक्षा हुन्छ। कुनैको समीक्षा निजी रूपमा हुन्छ, कुनैको मास मिडियामार्फत हुन्छ। यस्तोमा फिल्मकर्मीले समीक्षकलाई आक्षेप लगाउनु उचित होइन।’ 

स्वतन्त्र रुपमा फिल्म समीक्षा गरिरहेका समीक्षक तथा लेखक सुरज सुवेदी चलचित्रकर्मी र समीक्षकबीच दूरी धेरै भएकाले यस्तो अवस्था आएको बताउँछन्। समीक्षा लेख्दा समीक्षकले फिल्मकर्मीसँग दूरी बनाएर रहनुपर्ने अवस्था भएको उनी बताउँछन्।

‘समीक्षक र फिल्मकर्मीबीचमा दूरी भएका कारण हामी कति विषयमा अनविज्ञ पनि हुन्छौं,’ सुवेदी भन्छन्, ‘त्यसमाथि हाम्रोमा आफ्ना कमिकमजोरी स्वीकार्ने स्कुलिङ छैन। समीक्षक र फिल्मकर्मीबीचको दूरीका कारण समीक्षामा पनि कतिपय विषय छुटिरहेका हुनसक्छन्। सबैभन्दा प्रमुख कुरा हाम्रोमा राम्रो मात्रै सुन्न मन पराउने चलन छ। नराम्रो सुन्ने बित्तिकै त्यसलाई भित्तामा पुर्‍याउने चलन छ।’ 

निर्देशक सचिन घिमिरे फिल्मकर्मीले आफूमा सुधार ल्याउने सोच नहुने भएकाले समीक्षा मन नपराउने बताउँछन्। फिल्मलाई प्रेमपत्रसँग तुलना गर्दै घिमिरे भन्छन्, ‘प्रेम पत्र आफूले प्रेमिकालाई पठाउने र जवाफ आएपछि मुसुक हाँस्ने व्यक्तिगत कुरा हो। तर, फिल्म भनेको प्रेम पत्र होइन। सार्वजनिक रुपमा गइसकेपछि त्यो सिर्जना कसैको व्यक्तिगत हुँदैन। यसमा टिकाटिप्पणीहरु आउँछन्।’ निर्माता निर्देशकसँग आफूमा सुधार ल्याउने मनस्थिति नहुँदा समीक्षा मन नपराउने प्रवृत्ति भएको उनको भनाइ छ।

फिल्मकर्मीले आफ्नो सिर्जनालाई सार्वजनिक उत्पादनको रूपमा निर्माण गरेपछि त्यसमाथि आउने आलोचना तथा समीक्षा स्वीकार्न अपरिहार्य हुन्छ। घिमिरे भन्छन्, ‘आफ्नो कला मन पराउन् भन्ने चाहनाले सार्वजनिक रुपमा प्रस्तुत गरेपछि त्यसमाथि आउने समीक्षा स्वीकार्नु पर्छ।’

फिल्मकर्मीसँगै समीक्षकले पनि आफूलाई विकास नगरेको घिमिरे बताउँछन्। समिक्षकहरूले आफूमाथि पनि समीक्षा गर्न आवश्यक भएको उनको भनाइ छ। उनी भन्छन्, ‘पछिल्लो १० वर्षमा मैले समीक्षकहरुले आफूलाई विकास गरेको देखेको छैन। समीक्षक र फिल्मकर्मीले आफूलाई सँगसँगै विकास गराउनुपर्छ। फिल्मकर्मीले समीक्षकलाई दिने सुझावलाई पनि सुधार गर्ने अवसरका रूपमा बुझ्नु पर्छ।’

समीक्षक तथा फिल्म लेखक पौडेल फिल्मकर्मीले समीक्षा मन नपराउनु र चलिरहेकै विषयलाई निरन्तरता दिनुले नेपाली फिल्मक्षेत्रमा नयाँपन नआएको बताउँछन्। फिल्म क्षेत्रमा नयाँपन वा नयाँ कथा ल्याउने चलन कमै छ। जोखिम उठाउँदा सफल/असफल हुने सम्भावना उत्तिकै हुन्छ। फिल्मकर्मीहरूले जोखिम मोल्न नचाहने देखिएको पौडेल बताउँछन्।

पौडेल भन्छन्, ‘फिल्मकर्मीहरुलाई समिक्षकका यस्ता कुराहरु बिझाउँछ। किनकी उनीहरु आफू फरक कथा र फरक बाटोमा जान सकेका हुँदैनन्। यस्तोमा समीक्षकले कमी–कमजोरी भनिरहँदा उनीहरु त्यसको विरोधमा उत्रिन्छन्।’

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्