काठमाडौं– पेयपदार्थ ब्रान्ड कोकाकोलाले सबैभन्दा सानो कान्छु बोतल नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपाली भाषाको कोकाकोला लोगोसहित बजारमा बिक्री सुरु गरिएको कान्छु प्याकले उपभोक्तासँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास कम्पनीको छ।
कान्छु बोतललाई वातावरणमैत्री बनाउन पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ। यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहने कम्पनीले बताएको छ।
रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालका सबै डिपार्टमेन्ट स्टोर र किराना पसलमा फ्यान्टा र स्प्राइटका लागि पनि उपलब्ध छ।
नयाँ रिटर्नेबल ग्लास बोतल कोकाकोलाको नेपालमा उपलब्ध पेय पदार्थमध्ये सबैभन्दा सानो रहेको बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले दाबी गरे।
स्थानीय उपभोक्तासँग बलियो सम्बन्ध निर्माण गर्ने प्रतिबद्धताअनुसार नेपाली उपभोक्ताका लागि नेपाली नामसहितका प्याक बजारमा बिक्री गरिँदै आएको कम्पनीले जनाएको छ।
कम्पनीले १७५ एमएलको कान्छु बोतलको नेपाली बजार मूल्य २५ रुपैयाँ तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।