काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रन्थ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारीले हस्ताक्षर गरेका हुन्।
बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरुमा हुने जोखिम तथा सम्भावनाहरुको बारेमा यथार्थपरक ढंगबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढंगबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताए।
यसैगरी त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग भएको यस्तो सम्झौताबाट प्राप्त हुने अनुसन्धनात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए।
बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले पाँच जना विद्यार्थीलाई ४० हजार रुपैयाँदेखि बढिमा १ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।