• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

रुस-यूक्रेन तनावको नेपाल बाछिटा : आकाशिन सक्छ सुनदेखि खानेतेलसम्मको मूल्य

64x64
सुमित्रा कार्की सोमबार, फागुन १६, २०७८  ०९:२६
1140x725

काठमाडौं– युरोपियन देश रुस र युक्रेनबीच युद्ध सुरु भएको पाँच दिन भइसकेको छ। उक्त युद्धको असर नेपालको व्यापारिक क्षेत्रमा पनि पर्ने देखिएको छ। 

युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा विभिन्न बस्तुको मूल्य आकाशिन थालेको छ। नेपाल र युक्रेनबीच पनि सीधा व्यापारिक सम्बन्ध छ। जसकारण यसको असर नेपाल आयात हुने सुनदेखि खानेतेलसम्ममा पुग्न सक्ने जानकारहरूको भनाइ छ। 

गत आर्थिक वर्ष नेपाल युक्रेनबाट धेरै सामान निर्यात हुने देशको छैटौँ स्थानमा थियो। चालु आर्थिक वर्षमा भने नेपाल आठौँ स्थानमा छ। यसकारण पनि नेपालमा रुस–युक्रेन युद्धका बाछिटा देखिन थालेका हुन्।

रुसी सेनाले आइतबार मात्र तेल र ग्यास युरोप निर्यात गर्ने युक्रेनको पाइपलाइनमा आक्रमण गरेको छ। रुसी सेनाले युक्रेनको राजधानी किभबाट ३० किमि टाढा ‘भासिल्किएभ आयल टर्मिनल’मा मिसाइल आक्रमण गरी उक्त पाइपलाइन ध्वस्त बनाएको छ। रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खार्किभको प्राकृतिक ग्यास निर्यात गर्ने पाइपलाइनमा पनि विष्फोट गरेको छ। यसको असर रुसको प्राकृतिक ग्यास युरोप निर्यातमा पर्नेछ। जसबाट नेपाल पनि अप्रत्यक्ष प्रभावित हुनसक्छ।

कुन–कुन बस्तु आयातमा पर्छ असर?
युक्रेन युद्धको कारण नेपालमा बहुमूल्य धातुजन्य पदार्थ, पेट्रोलियम पदार्थ, खानेतेल आयात मात्र नभइ पर्यटन क्षेत्रमा पनि असर पर्ने विज्ञहरू बताउँछन्। परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले युद्ध लम्बिँदा नेपाल मात्र नभइ विश्वभरि विभिन्न क्षेत्रमा असर पुग्ने हुँदा यता पनि बाछिटा आउने बताए। ‘नेपालमा जति पनि सामान विदेशबाट आउँछ ती सबैमा प्रभाव पर्न सक्छ,’ उनले भने, ‘युक्रेन र रुसबाट आउने सामग्रीमा त प्रत्यक्ष असर पर्छ नै, अन्य देशबाट आउने कतिपय सामग्रीमा पनि कडाइ हुनसक्छ।’

युक्रेन संकटको असर तत्कालै सुन, पेट्रोलियम पदार्थ र खानेतेल आयातमा देखिने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए। उनी भन्छन्, ‘युद्ध सुरु भएको दिन बिहीबार सुनचाँदीको मूल्य हेर्ने हो भने सामान्य असर देखियो। सुनको मूल्य तोलाको ९६ हजार ५०० रुपैयाँबाट ९९ हजार रुपैयाँ पुग्यो। यद्यपि, त्यसपछि मूल्य घटेको छ। तर, युद्ध लम्बिँदा बढ्न सक्छ।’

सुन र कच्चा तेलको कारोबार र मूल्य अन्तर्राष्ट्रिय बजारबाट नियन्त्रण हुन्छ। त्यसैले युद्धको प्रभावले मूल्य बढ्न सक्ने परराष्ट्रविद् श्रेष्ठ बताउँछन्। यी वस्तुको मूल्य बढ्दा आयातका लागि थप रकम खर्च गर्नुपर्ने र नेपाली मुद्राको पनि मूल्य घट्न सक्ने श्रेष्ठको भनाइ छ। 

पछिल्लो समय निरन्तर उकालो लागेको पेट्रोलियम पर्दाथको मूल्य युद्धका कारण झन् आकाशिन सक्ने नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। उनी भन्छन्, ‘पछिल्लो समय यसै पनि नेपाल आयल निगम घाटामा छ। देशको युद्ध चर्किँदा पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा उकालो लाग्न सक्छ। यसले गर्दा मूल्य अझ बढाउनु पर्ने स्थिति सृजना हुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

नेपालमा पेट्रोलियम पर्दाथ भारतबाट आयात हुन्छ। भारतका विभिन्न सञ्चारमाध्यमले पनि पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने बताइरहेका छन्। भारतले अन्य देशबाट पेट्रोलियम पदार्थको कच्चा पदार्थ ल्याएर प्रशोधन गरेपछि नेपाललाई बेच्छ। यसकारण तेलको भाउ बढ्न सक्ने उपाध्याय बताउँछन्।

यता रुसका लागि पूर्वराजदूत सूर्यकिरण गुरुङ भने नेपाल र युक्रेनबीच प्रत्यक्ष हुने व्यापारको हिस्सा धेरै ठूलो नभएकाले सामान्य मात्र असर पर्न सक्ने बताउँछन्। युक्रेनबाट विभिन्न औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका उद्योगी/व्यवसायी भने प्रत्यक्ष प्रभावित हुने हुँदा त्यसको असर युद्ध सुरु भएपछि नै देखिन थालेको उनले बताए।

एक व्यवसायीले पनि युद्धको सुरुआत नहुँदै नेपालमा युक्रेनबाट आयात हुने औद्योगिक कच्चा पदार्थको मूल्य बढिसकेको र अब आयात पनि ठप्प हुने बताए। युक्रेनमा रहेका सीमित नेपाली व्यवसायीले पनि उक्त मुलुक छाडिसकेकाले नेपालका व्यापारी निश्चित रूपमा प्रभावित हुने उनको भनाइ छ।

पूर्वराजदूत गुरुङले केही व्यापारिक सामग्रीबाहेक अन्य क्षेत्रमा नेपालमा युद्धको असर न्यून मात्र पर्ने बताए। ‘नेपालबाट केही विद्यार्थी अध्ययनका लागि गएका छन्। केही रोजगारीमा छन्। उनीहरूले युक्रेन छाड्दा रोजगारी र अन्य सामाजिक विषयमा प्रभाव पर्छ,’ गुरुङ भन्छन्, ‘तर, त्यसले ठूलो सामाजिक महत्त्व राख्ने क्षमता हुँदैन।’

नेपालमा यूक्रेन र रुसबाट कुन बस्तु कति आउँछ?
नेपाल र युक्रेनबीच वार्षिक झण्डै साढे १७ अर्ब १७ करोड ४५ लाख रुपैयाँको व्यापार हुन्छ। चालु आर्थिक वर्षको पहिलो सात महिना (साउदेखि माघ मसान्तसम्म) मा नेपालले १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु युक्रेनबाट आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। यसैगरी १५ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन युक्रेन निर्यात भएको छ।

नेपालले युक्रेनबाट खानेतेल, केराउ, टेलिफोन र मोबाइलका उपकरण र तयारी कपडा आयात गर्दै आएको तथ्यांक छ। गत आर्थिक वर्ष २०७७/७८ मा ३५४ प्रकारका वस्तु नेपालले युक्रेनबाट आयात गरेको थियो।

सानो परिमाणमा भए पनि नेपालबाट कार्पेट, चिया र चित्रकला युक्रेन निर्यात भएको छ। आर्थिक वर्ष २०७४/७५ यता मात्रै नेपालले युक्रेनसँग करिब ५७ अर्ब रुपैयाँ बराबरको व्यापार गरिसकेको छ। 

यसैगरी चालु आर्थिक वर्षको सात महिनामा रुसबाट नेपालमा दुई अर्ब ४० करोड १० लाख रुपैयाँ बराबरको सामान आयात भएको भन्सार विभागले जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
३५० को सामान किन्दा १० लाख जित्ने पुडासैनी, १ लाख क-कसले जिते ? १६ देखि ३१ साउनसम्म सामान खरिद गरेका करदातामध्येबाट १० लाख विजेता तुल पुडासैनी रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। मंगलबार, भदौ २, २०८३
कति छ आज सुनको मूल्य ? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
कांग्रेस महाधिवेशनको प्रक्रिया आजबाट सुरु, गगन थापाले भने– ‘अब कार्यतालिका पछ्याउँछौँ’ मंगलबार, भदौ २, २०८३
मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि आशिकाले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार मंगलबार, भदौ २, २०८३
सुनसरी-सिरहा घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्