काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंक स्थापनाको ३६ वर्ष पूरा गरी ३७औं वर्षमा प्रवेश गरेको छ।
वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले रक्तदान, वृद्धाश्रम/बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने काम गरेको थियो।
साथै बैंकले वार्षिकोत्सवकै अवसरमा वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’को विमोचन कार्यक्रमसमेत गरेको छ।
हाल बैंकले देशभर ८८ शाखा, ३१ विस्तारित÷राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ केन्द्र तथा १३१ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।
साथै वार्षिकोत्सवकै अवसरमा बैंकले ‘निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता’समेत सञ्चालनमा ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।